धाननाच र पालम गाएर प्रदेशको माग

  • श्रावण ११, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । प्रदेश सरकारको कार्यकाल सकिन लाग्दा पछिल्लो समय प्रदेशको नामको विषय पेचिलो बन्दै गएको छ । पहिचानवादीहरुले पहिचानको आधारमा नामाकरण गरिनुपर्ने चर्को आवाज उठाउदै आन्दोलन चर्काइरेका छन् ।

दलहरुबीच नै प्रदेशको नामाकरणका विषयमा अन्यौलता रहेका बेला पहिचानवादीहरु भने पहिचानको आधारमा नामाकरण गरिनुपर्ने अडानमा अडिक छन् ।

सधै मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने, ज्ञापनपत्र बुझाउने गरेका उनीहरुले मंगलबार भने साँस्कृतिक नाँच प्रदर्शन गर्दै नामाकरणमा माग गरेका छन् ।

प्रदेश १ को नाम लिम्बुवान, किरात हुनुपर्ने माग राख्दै लिम्बुवान किरात संयुक्त संघर्ष समितिले प्रदेश सभा अगाडि जातीय भेषभूषा सहित धान नाच, केलाङ –च्याब्रुङ) नाचेर प्रदर्शनी गरेका हुन् ।

देशमा संघीयता आएसँगै गठन भएको प्रदेश सरकारको पहिलो कार्यकाल सकिन लाग्दा प्रदेश सरकार र प्रदेशसभा सदस्यहरू यति बेला प्रदेशको नाम जुराउने कसरतमा लागिरहेका बेला उनीहरुले धान नाँँच र ज्याब्रुङ बजाएर पहिचानको आधारमा नामाकरण गर्नुपर्ने दबाब दिएका हुन् ।

लिम्बु विद्यार्थी मञ्च धरानले केलाङ (ढोल नाच) र धान नाचेर प्रदर्शनी गरेका हुन् । उनीहरूले पालमबाट नै प्रदेश १ को नाम लिम्बुवान, किरात हुनुपर्छ भन्दै प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका थिए । उनीहरूले पालम लिम्बू भाषाबाट गाएका थिए ।

३५ वटा पहिचानवादी संस्थाहरूले मंगलबार पनि सामूहिक रुपमा प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै प्रदर्शनी गरिरहेको समयमा लिम्बु विद्यार्थी मञ्च धरानले भने धाननाच प्रदर्शन गरेर प्रदेश सरकारलाई दबाब दिएका थिए ।

पहिचानवादीहरुले पछिल्लो समय चर्को दबाब दिएका समयमा केही सांसदहरु पनि पहिचानको विषयमा वकालत गर्दै आइरहेका छन् । सोमबार प्रदेश १ को नामकरणको बहस चर्किरहेको बेला प्रदेशसभा भित्र समेत पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने भन्दै चर्को भाषण गरेका थिए । बैठकमा सांसद पूर्णप्रसाद राई याम्फुले शून्य समय लिएर झण्डै ३ मिनेट नै मुन्धुम गीत गाए ।

किराँतीहरूको मुन्धुमको कुरा राख्ने अनुमति चाहन्छु भन्दै उनले शून्य समयमा गीत गाए । उनले अन्तिममा प्रकृतिको वर्णन मुन्धुममा गरिएको भन्दै किराँत पहिचानको व्याख्या गर्न खोजेका थिए । यस्तै प्रदेशसभाको मंगलबारको बैठकमा पनि पहिचानवादी सांसदहरू सीतादेवी थेबे, सौभाग्यवती देवी राईले नेपालको इतिहास किरात भएको भन्दै संसदमाा चर्को भाषण गरे ।

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved