धरान । उमेरले डाँडा काटेपनि आफ्नो कर्मलाई नछोड्नै नसक्ने जेष्ठ नागरिकको धरानमा कुनै कमी छैन । घरमा बसेर आराम गरेर नातिनातिना हेर्ने उमेरका जेष्ठ नागरिक अहिले पनि तातो घाम र पानी केही नभनी आफ्नो कर्मलाई निरन्तता दिँदै आएका छन् ।
उमेरल ६५ बर्ष पुगेकी देवी राई झिसमिसेमा उठिछन् । विहानको नृत्य कर्म सिध्याएर उनी धरान १३ मा रहेको कृषि बजार पुग्छिन । सर्वसाधारणको भान्सामा नभई नहुने भेराइटी सब्जी खरिद गर्छिन र डोकोमा हालेर घर घर विक्री गर्छिन । यो कर्म उनको अहिलेदेखिएको भने होइन उहाले यस्तो काम गरेको २५ बर्ष भन्दा बढी भइसक्यो । सरकारी जागिरे हो भने उनको पेन्सन आउँथ्यो, घरमा आधा तलब खाएर आनन्द जीवन बिताउँथिइन तर उनलाई यो काम गर्न बाध्यता रहेको छ । उनी हुन धरान १५ फूलबारी मार्गमा बस्दै आएकी छन् । परिवारकै जीविकोपार्जनका लागि सब्जी बेचेर गुजारा टार्नुपर्ने अवस्था रहेको बताइन् । धरान २ सिहदेवी लाइनमा डोको विसाएर सब्जी बेच्ने उनी भन्छिन्–‘मैले यो काम गरेको धेरै भयो, विगतमा त परिवारको गुजारा टार्न मुस्किल थियो, अहिले श्रीमान्ले पनि चौकीदारको काम गर्नुहुन्छ, हामीलाई घर खर्च टार्न केही सज भएका छ ।’
हुन त यही कर्म गरेर छोरीको विवाह गरिसकेको उनी बताउछन् । अहिले छोरा अहिले १२ कक्षाम अध्ययन गर्दै गरेको सुनाउने उनले छोराको भविष्यको लागि भएपनि आफूले यस कर्मलाई नछोडेको बताइन् ।
देवी राईमात्र हैन धरान ६ पानबारीकी ६० बर्षीय रेनुका विष्टको पनि दिनचर्या देवी राईको भन्दा फरक छैन । उनी त झन ५ किमी टाँटा रहेको आफ्नै गाउँ उब्जाएको सागसब्जी धरान बजारमा ल्याएर घर घरमा विक्री गर्छिनज । यसरी सब्जी डोकोमा डुलाएर बेचेको २० बर्ष भन्दा बढी भइसक्यो । छोराछोरीलाई लालनपालनसँगै शिक्षादिक्षा समेत सब्जी डोकोमा बेचेर चलाउदै आएकी विष्टलाई अहिले भने केही सहज भएको बताउछिन् । छोराले मिस्त्री काम गरेर घर खर्चका लागि केही सहयोग गरेपछि भने घर खर्च चलाउन सहज भएको उनी बताउछिन् । उनी भन्छिन्–‘मैले डोकोमा बजार बजार डुलेर सब्जी बेचेकोा २० बर्ष भयो, अहिले भने छोराले मिस्त्री काम गर्न थालेको छ, अहिले भने घर खर्च टार्न मलाई अलि सहज भएको छ ।’
यी त प्रतिनिधिपात्र हुन्, यस्ता धेरै जेष्ठ नागरिकहरु डोकोमा सब्जी डुलाएर जीविकोपार्जन गर्नेको संख्या धेरै छन । राज्यले जेष्ठ नागरिकलाई सम्मान गर्ने नीति ल्याए पनि वर्गलाई खासै केही नगरेका उनीहरुको दुखेसो छ । उनीहरुले जेष्ठ नागरिकलाई दिइने सामाजिक सुरक्षा भत्ता समेत सहज रुपमा पाउन नसकेको बताउने गरेका छन् । राज्यल गिरिवी निवारणका लागि काम गरे पनि वास्तविक गरिबहरु अहिले पनि राई र विष्ट जस्तै नियति भोगिरहेका छन् । यस्ता वर्गको स्वाथ्य र जीविकोपार्जनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले केही गर्न सकेको छैन ।