प्रदेश एकमा ४९ प्रतिशत धान रोपाइ

  • साउन ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश १ मा हालसम्म ४९ प्रतिशतमात्र धान रोपाई सकिएको छ । धान रोप्ने बेलामै पानी पर्न रोकिएपछि प्रदेश एकका विभिन्न ठाउँको धान रोपाइँ पुरै प्रभावित भएको हो ।

असार अन्तिम साता रोपाइँ उद्देश्यले बिऊ काढेर ठिक्क पारेका बिउ टन्टलापुर घामले डढाएपछि अहिले कृषक चिन्तामा छन् ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार । असार ३२ सम्ममा देशभर कुल ९ लाख ७० हजार ४८४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन कुल रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत हो । गत वर्ष यो अवधिमा ११ लाख २२ हजार ८०७ हेक्टर क्षेत्रफल अर्थात ७६ प्रतिशत मात्र रोपाइँ भएको भएको छ ा

असारको अन्तिममा आएर पानी पर्न छोडेपछि त्यसको असर नराम्ररी परेको मन्त्रालय जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो बर्ष गत बर्षको भन्दा ११ प्रतिशत कम धान रोपाइ भएको जनाएको छ । प्रवक्ता सञ्जललेभने ‘यसवर्ष कम मात्रामा रोपाइँ भएको छ यसको मुख्य कारण मनसुन ब्रेक हो, यसको असर प्रदेश एक र मधेश प्रदेशमा परेको छ ।’

कृषि विभागका अनुसार असार मसान्तसम्म मधेश प्रदेशमा ५७ र प्रदेश एकमा ४९ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । गत बर्षमा यी क्षेत्रमा क्रमश ६९ र ६४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको विभागका उपसचिव महानन्द जोशीले बताए । प्रदेश एकमा ३ लाख ४० हजार ८२९ हेक्टर र मधेश प्रदेशमा ४ लाख ५ हजार ४५० हेक्टर रोपाइँ योग्य जमिन छ ।

विभागका अनुसार यस वर्ष देशभर रोपाइँ योग्य खेतको क्षेत्रफल करिब २७ हजार हेक्टर बढेको छ । गत वर्ष १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएकामा यस वर्ष यस्तो क्षेत्रफल १५ लाख ४ हजार ४८६ हेक्टर पुग्ने विभागको अनुमान छ ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved