‘एकतर्फी पार्किङले सिटीसफारी विस्थापित ’

  • साउन २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । एकतर्फी पार्किङको नाममा सिटी सफारीलाई विस्थापित गर्न खोजेको भन्दै सिटीसफारी चालकहरुले आइतबार धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

नेकपा माओवादी केन्द्र सम्बद्ध मजदुरहरुको संगठन अखिल नेपाल यातायात मजदुर सगठनको एक नम्बर प्रदेशका अध्यक्ष एवम केन्द्रीय महासचिव लिलाबहादुर प्रधानको नेतृत्वमा नगरपालिका पुगेका हुन् ।

उनीहरुले उपमहानगरपालिका गेट अगाडि सिटीसफारी राखेर धर्ना समेत दिएका थिए । नेता प्रधानले उपमहानगरपालिकालाई ध्यानाकर्षण गराउदै भने–‘एकतर्फी पार्किङको नाममा मोटरसाइकल लगायतका अन्य सवारी साधनलाई व्यवस्थित गरिरहँदा सिटी सफारीको स्थान कहाँ हो भन्ने एकिन नगरिदा विस्थापित हुने अवस्थामा पुगेका छौ । हामीले विगतदेखि नै पार्किङ गर्दै गरेको ठाउँलाई यथावत गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

उनले मेयर हर्क साम्पाङले यस विषयमा साउन ५गतेसम्म सिटीसवारीलाई विगतकै यथावत स्थानमा राखेर पार्किङ गर्ने र ५ गते यातायात व्यवसायी, राजनीतिक दलहरुसँग छलफल गरेर व्यवस्थित  गर्ने आश्वासन दिएको बताए । उनले भने–‘त्यतिन्जेलसम्म मेयर साहेवले भनेको कुरामा हामी सहमत छौं, छलफलले स्थायी पार्किङको व्यवस्थापन होस् भन्ने हाम्रो भनाई हो ।’

सुनसरीमा प्रहरीमाथि ...

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा ...

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved