आइतबारबाट बोलबम शुरु: पाँचलाख भक्तजन आउने अपेक्षा

  • साउन २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । यस बर्षको बोलबम मेला आइतबारबाट शुरु भएको छ । विगत दुई बर्ष कोरोनाका कारण मेला लाग्न सकेको थिएन । यसपटक अत्याधिक भीड हुने देखेर भक्तजनको सुविधाका लागि सुरक्षाका लागि सुरक्षा निकाय, लाइन व्यवस्थापनको लागि विभिन्न संघ संस्थाबाट स्वयमसेवक परिचलन, प्राथमिक उपचारका लागि चिकित्सकको टोली तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले आ आफ्नो ढंगबाट साउनका बोलबमभरि सहयोग पु¥याउने भएका छन् ।

प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीद्वारा पिण्डेश्वर मन्दिरमा जल अभिषेक गरी कार्यक्रम शुभारम्म गरिएको हो । शुभारम्म कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, धरान उपमहानगपालिका प्रमुख हर्कराज राई लगायतले संयुक्त रुपमा धरान १४ विजयपुरमा रहेको पिण्डेश्वरमन्दिरको शिवलिंंगमा जल चढाएका थिए ।

सो अवरमा बोल्दै सभामुख भण्डारीले धरानको विजयपुरमा रहेका मठमन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा लाने योजना प्रदेश सरकारको समेत रहेकोले विगतदेखि नै मन्दिरको भौतिक संरचना लगायतका कुरामा सहयोग पु¥याउदै आएको बताए । उनले भने–‘धरान १४ धरानमात्र हैन प्रदेश एककै धार्मिक पर्यटकीय क्षेत्र हो, यसको विकासमाा प्रदेशा सरकार सदैव सकारात्मक छ ।’

इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराईले सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित कार्यालयलाई पत्रचार गरिएको बताए । उनले विगतमा समन्वय नभए पनि यो बर्ष सबैसंग समन्वय गरेका कारण भक्तजनहरुले सहज रुपमा जल चढाउन पाउने वातावरण मिल्ने बताए । उनले भने–‘हामीले सुरक्षा निकाय, ट्राफिक प्रहरी कार्यालयलाई बोलबम मेलालाई व्यवस्थित गर्न पत्राचार गरिसकेका छौं, विगतको भन्दा यस बर्षको बोलबम मेला व्यवस्थित हुन्छ ।

यस्तै धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले धरानको इतिहास बोकेका मठमन्दिरको संरक्षणसँगै सडक, भौतिक पूर्वाधारमा स्थानीय सरकारले महत्वका साथ हेरेको बताउदै धरानको विजयपुरका मठमन्दिरसँगै धरान २० को एतिहासिक मन्दिर विष्णुपादुकासम्म सडकको स्तरोन्नतिमा स्थानीय सरकारले जोड दिने बताए । ‘ऐतिहासिक क्षेत्रको विकाससँगै संरक्षणमा स्थानीय सरकारले विशेष जोड दिनेछ ।

साउन महिनाभर चल्ने सो वोलबम धार्मिक मेलामा कोैशीकी नदी अर्थात सप्तकोशी नदिको जल ल्याएर चढाउने परंम्परा छ । पहेलो वस्त्र अर्थात गेरु वस्त्र धारण गरी सप्तकोशी नदिको जल ल्याएर पिण्डेश्वर वावाको मन्दिरमा चढाउदा मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वास रही आएको छ । त्यसैले साउन महिना भर भगवान शिवको आराधाना गरी जल चढाएमा मनोकामना पुरा हुने विश्वासका कारण यो बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउ लगायत भारतको विहार, पश्चिम वंगाल ,दार्जिलिङ, खर्साङ, सिक्किम लगायतका स्थानवाट भत्तजनहरु आउने गरेका छन् । धरानमा बोलबम मेला २०३९ सालबाट शुरु भएको बताइएको छ ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved