प्रिय तारा: हजारौं माइल टाढाबाट स्मृतिमा

  • श्रावण १, २०७९
  • शेरबहादुर परियार,धरान (हाल यूरोप)
alt

 परिस्थिति र अवस्था यस्तो भैदिन्छ कि कहिले काँही कल्पना नै नगरेको विषयले ९घटनाक्रमले० मन–मष्तिष्कलाई खल्बल्याई दिन्छ र अत्यन्तै चिन्तित बनाउँछ । बाध्यात्मक भनौं त्यसको सामना गर्नै पर्ने हुन्छ ।धरानको विकासमा नयाँ सोचका प्रणेता, जनमुखी राजनीतिका भक्त तथा विचारमा प्रष्ट धरान उपमहानगरपालीकाको जनताका अतिप्रिय मेयर तारा सुब्बाको चौथो स्मृति दिन अर्थात एउटा अटेरी र अजीवको मान्छे गुमाएको दिन।

साउन १ मा मात्रै तारा सुब्बालाई सम्झिनुपर्ने कुनै अनिवार्यता त छैन तर आज मैले उनलाई सम्झना गरेको छु । त्यो पनि आर्थिक अभावले उपचारमा ढिलाई भएर भएको सत्य तर आफ्नो मन र मष्तिष्कले कहिले स्विकार गर्न तयार नभएको उनकै मृत्युबाट।

ताराका बाँच्ने र बचाउने कुरा

तेह्रथुम जिल्लाको खाम्लालुङमा २०२३ साल माघ १८ गते जन्मिएका तारा सुब्बाले २०३७ सालमा धरानको शिक्षा निकेतन विद्यालयमा भर्ना भएपछि अनेरास्ववियु पाँचौबाट राजनीतिक जीवन शुरु गरेका थिए । ०५४ को स्थानीय निर्वाचनमा धरान १७ बाट वडा सदस्यमा निर्वाचित भई जिल्ला समितिमा समेत रहेका थिए। २०७३ असार २६ गते २० हजार ९ सय ७५ मत प्राप्त गरी धरान उपमहानगरपालिकाको पहिलो मेयरमा निर्वाचित भई ३७२ दिन काम गरेर धराने जनतालाई कहिले नमेटिने शोकमा डुबाउँदै ०७५ साउन १ गते काठमाडौं स्थित ग्राण्डी अस्पतालमा सधैका लागि बिदा लिए।

विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले शारीरिक अवस्था कमजोर थियो त्यसमा थप उपमहानरगरको कामको धपेडीका कारण छातीमा निमोनियाको इन्फेक्सन तथा समयमै अस्पताल जान नभ्याएकाले समस्या जटिल बनेकोले उनको मृत्यु भएको थियो।

एकातिर दल र राजकीय सत्ताको चास्नीले उनका सहकर्मीहरुलाई पनि आकर्षित गर्‍यो भने अर्कोतिर उनका कठोर संघर्षको यात्राका सहकर्मी हौँ भनेर फुइ लाउनेहरु औपचारिकतामा मात्र सिमीत देखिए। आफूलाई उनको राजनीति उत्तराधिकारी ठान्नेहरु न अस्पताल पुर्‍याउनेमा थिए न कोही राजनीतिक सहकर्मी बिरामी उपचारको खर्च व्यवस्थापनमा थिए। थिए त केवल उनको हेलिकोप्टरबाट ल्याइएको गलेको शवको वरिपरीको पहरेदारीमा र सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिन आतुरको अग्रपंत्तीमा ।

आर्थिक अभावले उपचारमा ढिलाई भएको र समयमा उनको उपचार हुन नसकेको नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ एभेङ स्विकार्छन्। तत्कालीन पार्टी र उपमहानगरको नेतृत्वले समयमा उपचारको लागि पहल गरेको भए शायद उहाँलाई बचाउन सकिन्थ्यो होला भन्ने कुराले आफूलाई सधैं घोचिरहने बताउँछन्।

तत्कालीन मेयर तारा सुब्बाका प्रेस संयोजक योगेशबाबु काफ्ले भन्छन् ुधरानको वडा नम्बर १४ मा खानेपानी संस्थानको खानेपानीको ट्याङ्की बनाउने क्रममा विवाद उत्पन्न भएको थियो। विजयपुर दरबारको भग्नावशेष क्षेत्रको बिषयलाई यति ठूलो बनाइयो की विरोधीहरुले उहाँको जिउॅदैमा कथित अन्तिम संस्कार गरेपछि मानसिक रुपमा अलिक कमजोर भएको देख्न सकिन्थ्यो यद्यपि उहाँले त्यो स्विकार्नु हुन्नथ्यो।यदी सबै गम्भीर भएर लागेको भए नगरवसीले समेत औषधिका लागि पैसा दिने अबस्था थियो।सार्थक पहल भएको भए राज्यका निकायकै खर्चमा उच्च सुविधासम्पन्न विदेशका अस्पतालमा उपचार हुन सक्थ्यो किनकी तत्कालीन सरकार केपी ओली प्रधानमन्त्री रहेको उहाँ आवद्ध पार्टीकै थियो।उहाँको उपचारमा संलग्न डाक्टरहरूले विदेश लानु भएमा उपचार सम्भव छ भनेका थिए तर दुर्भाग्य त्यो हुन सकेन।ु

सुब्बा एमाले धरानको अध्यक्ष हुँदाका लामो समय पार्टी कार्यालय सचिव रहेका भरत सुवेदी भन्छन् ुभरतजी गैरकानुनी हिसाबले होइन तर जीवनमा पैसाको आवश्यक हुन्छ है मित्र भन्नुहुन्थ्यो। मलाई लाग्छ आर्थिक अभावको स्वाभिमानी पीडा थियो त्यो उहाँको।उपमहानगरको नेतृत्वले समयमै चाहेको भए उहाँलाई बचाउन सकिन्थ्यो भन्ने धरानका जनतालाई लागेको आफूलाई महसुस हुन्छ।ु

सबैका प्रिय तारा

धरानलाई स्मार्ट सिटी, सुन्दर बस्ती बसपार्क निर्माण, डाँडाघोपामा एयरपोर्ट निर्माण, खानेपानीको दीर्घकालीन समाधान ,सुकम्बासी नमुना बस्ती बनाउने, सुकुम्बासीहरुलाई सहुलियत दरमा ऋण उपलव्ध गराउने, केवलकार सञ्चालन गर्नेदेखि शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई मुख्य योजना बनाएका धरानका नायक तारा सुब्बाको अनन्त यात्राले सबैलाई दुःखी तुल्यायो। सामाजिक, धार्मिक,खेलकुद र राजनीतिक क्षेत्र पनि स्तब्ध बन्यो। समाजप्रतिको प्रेम र सद्भाव, धार्मिक क्षेत्रप्रतिको हेराइ र राजनीतिक क्षेत्रबाट गरेको योगदान धरानवासीले कहिल्यै भुल्ने छैनन्।

उनी स्वयं लामो समयदेखि रोगसँग लडिरहेका थिए तर जो तिमीकहाँ आउँछ ऊ खुसी र उत्साहित बनेर फर्कियोस्’ भनाइलाई सार्थक बनाए ताराले सबैलाई प्रोत्साहन गरे । विधावारिधी गरेका डाक्टर भीम सरदेखि चिया पसल गर्ने भगवती देवीहरु सम्मलाई हेर्ने उनको दृष्टिकोणमा कहिल्यै भिन्नता आएन, त्यसैले त धरानको प्रिय तारा बने।

ुकार्यकर्ताहरुको भावना र समस्यालाई बुझ्न सक्ने ,पार्टी संगठन र राजकीय क्षेत्रको कामको फरकपनलाई छुट्याउने र आफ्नो निर्णयमा अडिग रहने एक कुशल संगठक थिए तारा सुब्बा। जसको निधनले एमाले पार्टीले मात्र होइन सिङ्गो धरानले ठूलो मुल्य चुकाउनु परिरहेको छु भन्छन् लामो समय स्वर्गीय सुब्बाका राजनीति सहकर्मी नेकपा९एमाले० १ नम्बर प्रदेश सचिवालय सदस्य रमेशकुमार बस्नेत।

धरान उपमहानगरपालिकाका उप प्रमुख अइन्द्र विक्रम बेघा स्वर्गीय तारा सुब्बालाई यस पंक्तिकारलाई प्रेमपूर्वक आफ्नो हस्त लिखित पत्र नै पठाउॅदै यसरी सम्झन्छन् ुकम्युनिष्ट आन्दोलनको भट्टीबाट संघर्ष गर्दे आएका मृतशेष तारा सुब्बा विकास प्रेमी, मिलनसार स्वभावका थिए।पार्टी भित्र रहेका गुट उपगुटलाई मिलाएर नेतृत्व गर्न सक्ने एक कुशल लिडर थिए। अन्तर पार्टी बीचमा भएको असहमतिलाई सहमति गराएर विकासका काममा संगठनको सिङ्गो शक्तिलाई परिचालन र अग्रसर लिन सक्ने नेताको रुममा चिन्दछुु।

नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङ तारा सुब्बाबारे यस्तो भन्छन् ुउहाँ एक इमानदारीपूर्वक निष्ठाका साथ पार्टीले दिएका जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने नेता हो।आफ्नो सम्पूर्ण जीवन पार्टीलाई समर्पित गरेको कुशल नेता हुनुहुन्थ्यो। सबै खाले पार्टी भित्रका अन्तर्विरोधलाई व्यवस्थापन गरेर अघि बढे मात्र हरेक कुरामा सफलता मिल्छ भन्ने दृष्टिकोण थियो।जस्तोसुकै कठिन परिस्थितिमा पनि पार्टी र जनताका काममा इमानदारीपूर्वक लाग्नु पर्छ भनेर फरक मतलाई पनि रुपान्तरण गर्न सक्ने उहाँमा समन्वयात्मक क्षमता थियो । २०५८ देखि २०७५ असारसम्म सँगसँगै राजनीति यात्रामा हिड्दा कहिेले निर्णयहरुमा एक त कहिले फरक बिचारका साथ काम गरियो ।राजनीतिक यात्राको सिलसिलामा अप्रिय लाग्ने वा पूरै अन्याय भएको महसुस उहाँबाट कहिले पनि भएन यसै कारण मृत्युपरान्त नेकपा एमालेका कार्यकर्ताका लागि मात्र नभई उहॉ धराने जनताको मनमनमा छाउन सफल हुनुहुन्छ।

धरान उपमहानगरपालीकाद्वारा प्रकाशित भएको तारा सुब्बा स्मृति–ग्रन्थ सम्पादन समितिका संयोजक प्रा। डा। भीम खतिवडा भन्छन् ुतारा सुब्बा विद्यार्थी, युवाहुँदै क्रमशस् राजनैतिक नेतृत्वको लामो अभ्यास र आन्तरिक स्वस्थ प्रतिस्पर्धाबाट नै एमालेको नगर अध्यक्षमा पुग्न सफल देखिँदा आजको गुटप्रसाद र टीकाप्रसादबाट पददान पाउने विकृतियुक्त परम्पराभन्दा पृथक् जनस्तरबाट व्यावहारिक र सैद्धान्तिक साधनाबाट नेतृत्वमा स्थापित नेताका रूपमा लिन्छु ।

मानवीय कमजोरी स्वाभाविक मान्नुपर्छ जीवनका वैयक्तिक भोगाइ र शैली पनि हुन्छन् ।राजनीति पेसा हैन सेवा हो भन्ने भावना र चेतना दिनसक्ने नेतृत्वको खडेरीमा ताराजत्तिका सादगी र निरन्तर लगनशील संगठकको अभाव खड्किएको अनुभव सायद संस्थागत रूपमै पनि कुशल र असल नेतागणमा भइरहेकै छ ।लुटतन्त्रमा अनुहार छोपेर दलीय झन्डाका आधारमा वैयक्तिक र पारिवारिक स्वार्थका दाउमा लाग्नेबाहेक सबैमा प्रिय साथी, भाइ, नेता र अगुवा ताराको अभाव महसुस भइरहेको छ भन्ने लाग्छ।

तारा सुब्बा एमाले धरानको नेतृत्वमा हुँदा कार्यालय सचिवको जिम्मेवारीमा रहेका भरत सुवेदी उनलाई यसरी सम्झन्छन् ुताराजी एमाले धरानको संगठन निर्माणको एकमात्र इतिहास हो।उहाँको जस्तो नमूना धरान बनाउने योजना शायदै कोहीसंग होला त्यसैले धरान पछि पर्यो।पार्टी अहिले कहाँ छ भनेर खोज्नु पर्ने अबस्थामा छ, जसले जे भने पनि स्विकार गर्न गाह्रो भए पनि तितो सत्य चाहिं यही हो।

धरान उपमहानगरपालीका वडा नम्बर १ मा एमालेको पार्टी कार्यालय रहेको छ।पार्टी कार्यालयको छेउमा भगवती देवी कार्कीको सानो चिया पसल रहेको छ जहॉ पार्टीको कार्यक्रम वा बैठक नभएको समयमा एमालेका कार्यकर्ताहरुको भेटघाट र राजनीतिक संवाद हुन्छ। कार्की तारा सुब्बालाई सम्झदै भन्छिन् ुतारा सुब्बा सार्है राम्रो मान्छे हुनुहुन्थ्यो कयौं पटक कार्यकर्तालाई बिरामी तथा दुःख पर्दा खर्च दिएको समेत देखेकी छु।उहाँले धरानलाई फुलैफुलको सहर बनाउनु भयो त्यति ठूलो मान्छे तर सरल र दयालु।अब फेरि त्यस्तो मेयर त धरानले के पाउला र खै।

नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की ुतारा सर अहिलेसम्म हामीले देखेका मेयर मध्ये मिजासिला, मुद्दामा अडिग, सबै पक्षलाइ मिलाउन सक्ने क्षमताका धनी र एक कुशल संगठक हुनुहुन्थ्यो।धरानको अव्यवस्थित बस्तीका समस्यालाई उहाँले समाधान गर्नु हुन्थ्यो भन्ने हाम्रो आसा थियो तर त्यो हुन पाएन हामी दुःखी छौं भन्छन्।

अन्तिममा, धराने जनताले आफ्नो प्यारो नगरपिता प्रति दृश्य अदृश्यमा भएका अन्यायको हिसाव कुनै न कुनै रुपमा मागिरहेका छन् सायद अझै माग्नेछन् जब सम्म विश्वासिलो उत्तर प्राप्त हुँदैन।चम्किला ताराको बॉच्दा सम्मको भूमिका गर्विलो रह्यो, न यिनको न उनको,न यो बिचारको न त्यो सबैको लागि।तिमी गए पनि धराने जनताको मनमा सधैं रहिरहनेछौ। तिम्रो अभाव खट्किरहेको छ, सधैं खट्किनै रहनेछ। फेरि तिमीलाई ह्रदयको कुनामा सधैं राख्दै हजारौं माइल टाढाबाट अन्तिम शब्द श्रद्धासुमनु कमरेड तारा।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved