दुई बर्ष कोरोनाको कारण बोलबम मेला लागेन: यो बर्ष भक्तजन बढ्ने

  • साउन १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । यस बर्ष बोलबम मेला लाग्ने भएको छ । मेलाको तयारीमा स्थानीय सरकार, पिण्डेश्वर बाबाधाम समिति, जुटेका छन् । स्थानीय सरकार र पिण्डेश्वर बाबाधाम समितिले सुरक्षा निकाय, स्वास्थ्य संस्था लगायतका अन्य संघसंस्थासँग छलफल अगाडि बढाएको छ ।

प्रत्येक साउनको सोमबार प्रदेश नंं १ का शिवालयहरुमा जल चढाउने भक्तजनहरुको भीड लाग्ने गरेको छ ।

विगत दुई बर्ष कोरोना संक्रमणका कारण मेला लाग्न सकेको थिएन । स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी नेपाल सरकारले लगाएका लकडाउनका कारण मन्दिर सुनसान थियो तर यो बर्ष सहज अवस्था भएकै कारण बोलबम मेला भव्यताका साथ लगाउने तयारीमा जुटेका हुन ।

धरान उपमहानगरपालिका वडा नं. १४ ले बोलबम मेलाको तयारीका लागि पिण्डेश्वर मन्दिर वरपर सफाई शुरु गरेको छ भने मेलालाई भव्य र सव्य बनाउन छलफलमा जुटेको छ ।

बोलबममा समयमा प्रदेश १ कै प्रमुख धार्मिक तिर्थ स्थल धरानको १४ रुद्राक्षरण्य क्षेत्रमा यस पटक बोलबमको अध्याधिक चाप बढ्ने देखिएकोले सुरक्षा निकाय, स्वास्थ्यमा काम गर्ने विभिन्न संघ संस्था तथा स्थानीय सरकारसँग छलफल अगाडि बढाइएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताए । उनले भने–‘कोरोना संक्रमणक कारण दुई बर्ष कोरोनाका कारण बोलबम हुन सकेन, अहिले सहज अवस्था भएको छ यस बर्ष भक्तजनको संख्यामा समेत वृद्धि हुने देखिन्छ ।’

उनले श्रावणमहिनाको सोमबार मन्दिरमा अत्याधिक भीड हुने बताउदै सोमबारमात्र हैन साउन महिना नै शिवजीको प्रिय महिना भएकोले अन्य दिनमा समेत भक्तजन आए भीड कम हुने बताए । उनले भने–‘बोलबमलाई शुरुवात गर्न हामीले आइतबार बोलबम एवम् जल शुभारम्भ कार्यक्रम समेत राखेका छौ ।’

१४ नं. वडा समितिका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले कोरोनाका कारण दुई बर्ष बोलबम मेला नहुदा यस बर्ष भक्तजनहरु बढ्न सक्ने सम्भावना रहेकोले सुरक्षा, ट्राफिक व्यवस्थापन, प्राथमिक उपचार जस्ता कुराका लागि वडाले सम्बन्धित पक्षसँग छलफल शुरु गरिएको बताए । उनले भने–‘हामीले ठूला सवारी साधनलाई मन्दिरसम्म आउन नदिई तल नै पार्किङको व्यवस्था गर्न ट्राफिक प्रहरीसँग छलफल गरिसकेका छौं, यस्तै सुरक्षा मजबुत बनाउन इलाका प्रशासनसँग पनि छलफल गरिसकेका छौं ।’ उनले पिण्डेश्वर मन्दिर परिषरमा सरसफाईसँगै फोहोर फाल्न समेत मनाही गरिएको बताए ।

साउन महिनाभर चल्ने सो वोलबम धार्मिक मेलामा कोैशीकी नदी अर्थात सप्तकोशी नदिको जल ल्याएर चढाउने परंम्परा छ । पहेलो वस्त्र अर्थात गेरु वस्त्र धारण गरी सप्तकोशी नदिको जल ल्याएर पिण्डेश्वर वावाको मन्दिरमा चढाउदा मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वास रही आएको छ । त्यसैले साउन महिना भर भगवान शिवको आराधाना गरी जल चढाएमा मनोकामना पुरा हुने विश्वासका कारण यो बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउ लगायत भारतको विहार, पश्चिम वंगाल ,दार्जिलिङ, खर्साङ, सिक्किम लगायतका स्थानवाट भत्तजनहरु आउने गरेका छन् ।

भगवान शिवले समुद्र मन्थन गरेर निस्कीएको अमृतको मुख्य पिण्ड नै धरानको यो विजयपुर रुद्रक्षमय पिण्डेश्वर वावा धाम हो भन्ने विश्वास हिन्दु धर्मग्रन्थमा उल्लेख छ । त्यसैले पनि यो विण्डेश्वर वावाधाम प्रति हिन्दुधर्मावलम्वीहरुमा ठुलो विश्वास छ । धरानसँगै प्रदेश नं १मा झापाको अर्जुनधारा, खोटाङको हलेसी , सुनसरीको रामधुनि लगायतका शिवालयहरुको गेरु वस्त्र धारी श्रद्धालुहरुले जल चढाउने गरेका छन् ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved