साम्पाङका सात अभियान

  • असार २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अभियन्ता हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयर बनिसकेपछि पनि आफ्नो अभियानलाई छोडेका छैनन् ।

१४ बर्ष अभियानमा लागेर २०७९ सालमा भएको दोस्रो निर्वाचनमा स्वतन्त्रका तर्फबाट मेयर बनेका साम्पाङले धरानको खानेपानी समस्या समाधान, वृृक्षरोपणमार्फत धरानलाई स्वच्छ सफा बनाउने, दुव्र्यसनीमुक्त सहर बनाउने, भ्रष्टाचार न्यूनिकरण गर्ने, मितव्ययिता अपाउने, सरसफाई अभियान चलाउने र तारलाई व्यवस्थित गर्ने अभियानलाई निरन्तता दिइरहेका छन् । उनको अभियानलाई सार्थक बनाउन पछिल्लो समय धरानेहरुले समेत साथ दिन थालेका छन् । धरान २० पकुवा खोलामा पुगेर धरानका सर्वसाधारण, विभिन्न सरोकारवाला संघ संस्थाहरुले जनश्रमदान नै गरे । यसैगरी उनी नगरप्रहरीको सहयोगमा धरानको मुहान मानिएको जलाधार क्षेत्रमा गएर सरसफाई अभियान नै चलाए । त्यहा नगरप्रहरीपोष्ट समेत स्थापना गरे ।

मेयरमा निर्वाचिन भएर सपथ खाएकै दिन उनले भनेका थिए–‘धरानेहरुको जीवनयापन सहज बनाउनकै लागि दीर्घकालीन खानेपानी समस्या समाधा हुन आवश्यक छ, म धरानमा रहेका जलाधार क्षेत्रको संरक्षण गर्दै भविष्यमा कोशीबाट पानी ल्याएरै दीर्घकालीन समस्या समाधान गर्छु । यसका लागि उनले केही समय अगाडि प्रदेश नं. १ को खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारीहरुसँग गएर कोशीको पानीको सम्भव्यता अध्ययन समेत गरेका थिए ।

उनले त्यसबेला भनेका थिए–‘सप्तकोशीबाट पानी ल्याएर खुवाउनु कुनै असम्भव कुरा होइन, मान्छे चन्द्रमा, मंगलग्रह पुगिसके, असम्भव भन्ने कुरा केही छैन ।’

अहिले पनि उनी यसमा हरतवर लागि परेका छन् । उनको अर्को अभियान भनेको धरानलाई स्वच्छ र सफा बनाउदै आकर्षका पर्यटकीय स्थल बनाउने हो । उनी मेयर भएर आएको केही दिनमै धरानको व्यस्त बजार भानुचौकमा आफै सहभागी भएर सरसफाइमा जुटे । सरसफाइकै दिन उनले भनेका थिए,–‘सरसफाई आफैबाट गर्नुपर्छ भन्ने सचेतना बढाउनकै लागि भएपनि धरानको मुटु मानिएको भानुचौकबाट सरसफाई शुरु गरेका हौं ।’ उनले त्यसबेला सार्वजनिक सवारी साधनका यात्रुहरुलाई जथाभावि फोहर नफाली निश्चित ठाउँमा फोहोर पाल्न अनुरोध गरेका थिए ।

उनको अर्को अभियान भने वृृक्षरोपणमार्फत धरानलाई स्वच्छ सफा बनाउने हो । उनले यो अभियान अन्तर्गत धरानका जलाधार क्षेत्र, पर्यटकीय एवम् ऐतिहासिक क्षेत्रमा आफै गएर फलफूल लगायत विभिन्न प्रजातिका बोट विरुवा रोपेका थिए । यसले वातावरण स्वच्छ हुनुका साथै जंगलबाट आश्रित पशुपंक्षीको संरक्षण हुने तर्क राखेका छन् । प्रत्येक शनिवार धरानका यस्ता स्थानको पहिचान गरी वृक्षारोपण गर्दै आएका उनले हालासम्म विभिन्न स्थानमा सात सय भन्दा बढी वृक्षरोपण गरिसेका छन् । हिजो शनिवार उनले धरान १४ विजयपुरमा रहेको पर्यटकीय स्थल पञ्चकन्यामा २ सय भन्दा बढी विभिन्न प्रजातिका फलफूल रोपेका थिए । उनले भनेका छन्–‘वातावरण पर्यावरणसँगै पशुपंक्षी जोगाउने अभियान अन्तर्गत वृक्षारोपणलाई निरन्तता दिएका हौ ।’ उनले धरानको बाँदर वनजंगल मासिदै जाँदा धरान पसेको तर्क राख्दै यसको समाधान वन जंगल जोगाउनु रहेको बताए । उनले भने–‘अहिले धरान बजारमा बाँदर छ्यास्छ्यास्ती छन्, जंगलमा खानेकुरा भए यी बाँदारहरु बजार पस्ने थिएनन्, बजारका सडक, विल्डिङ भवन हेर्न त पक्कै आएका होइनन, जगलको संरक्षण गरे, जंगलमै खानपाए बाँदर धरानको बजार बजारमा भेटिदैन ।’

उनको अर्को अभियान भनेको धरानलाई दुव्र्यसनीमुक्त सहर बनाउने । धरान पछिल्लो समय लागू औषधको ट्रान्जिस्ट पोइन्ट बनेको तर्क राख्दै यसको न्यूनिकरण भनेको सचेतना भएको बताए । अहिले उनले प्रत्येक शुक्रबार ‘नो ड्रक्स’ उल्लेखित व्यार्नरसहित चौक चँौकमा अभियान सञ्चालन गरेका छन् । पहिलो कार्यक्रम धरानको भानुचौकमा गरेका उनले दोस्रो कार्यक्रम हिजो शुक्रबार धरानको छातचौकमा गरेका थिए । तेस्रो हप्ता उनले धरान १३ जिरो प्वाइन्टमा गर्ने जनाएका छन् । अभियान चलाउनुको उद्देश्यमाथि प्रष्ट पार्दै उनले भनेका छन्–‘दुव्र्यसनीमुक्त सहर धरानलाई बनाउने योजना मेरो रहेको छ, धरानका धेरै युवायुवती दुव्र्यसनीमा फसेका छन्, यसको न्यूनिकरण गर्न मात्र सकियो भयो भने धरानमा समुन्नत समाज बनाउन सकिन्छ ।’ उनले यो अभियानमा आफू एक्लै नभएर प्रहरी प्रशासन, धरानका सामाजिक संघ संस्था, दुव्र्यसनी न्यूनिकरणमा लागेका संघ संस्थाहरुलाई समेत साथ लिएर जाने बताए ।

धरान उपमहानगरपालिकाभित्र मितव्ययिता राख्ने उनको अर्को अभियान रहेको छ । उनले निर्वाचित भएकै समयमा फजुल खर्च नगर्ने प्रतिबद्धता जनाएका थिए । उनले मेयर चढ्ने सवारी साधन धरानभित्र नचढ्ने घोषणा गरेका थिए भने धरान बाहिर जाँदा भने सवारी साधन प्रयोग गर्ने बताएका थिए । उनले त्यसबेला भनेका थिए–‘म सकेसम्म नगरपालिकाको बजेटमा फजुल खर्च गर्दिन, मलाई प्रयोग गर्न दिएको सवारी साधन धरानभित्र म प्रयोग गर्दिन, धरान बाहिरको हकमा भने म प्रयोग गर्छु । ’ यही अन्तर्गत अहिले उनी धरानभित्रका विभिन्न कार्यक्रममा सरिक हुन जाँदा मोटरसाइकल प्रयोग गर्ने गर्छन ।

उनको अर्को अभियान भनेको धरानमा रहेका व्यवस्थित तार । धरानको सौन्दर्यताको लागि अव्यस्तित तारलाई व्यवस्थित गर्न सक्दा पनि धरानको सौन्दर्यकरणमा थप सहयोग पुग्ने साम्पाङको बुझाई छ । यस अभियान अन्तर्गत पहिलो पटक धरान उपमहानगरपालिका वडा न. २ ले सम्पन्न गरिसकेको छ । धरानको व्यस्त बजारको रुपमा रहेका जथाभावि छरिएर रहेका विजुली, विभिन्न नेटवर्कका तारहरुलाई एकमुष्ट बनाउने काम भएको छ । धरान २ का वडाध्यक्ष रमेश राईले तारका कारण धरानको सुन्दरतामात्र हैन, बादरले जथाभावि तारमा चढेर चलाउदा आगलागी तथा करेन्ट लाग्ने सम्भावना बढी भएकै कारण यसलाई व्यवस्थित ग।िएको बताए । उनले भने–‘क्रमिक रुपमा सुधार गर्ने क्रम जारी छ, पहिलो निर्णय नै हामीले तारलाई व्यवस्थित गर्ने गरेका थियौ, सोही अनुरुप हामीले तार व्यवस्थापनमा लागेका हौं ।’

उनको अर्को अभियान भनेको भ्रष्टाचारमुक्त सहर बनाउने । उनले अभियन्ता हुँदा धरान उपहानगरपालिकाभित्रका भ्रष्टाचार, व्यथिति तथा धरानस्थित बीपी कोइरालाा स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रका भ्रष्टाचार र व्याथितिका विरुद्धमा आवाज उठाउदै आएका थिए । अहिले उनी निर्णायक तहमा पुगेका छन्, अहिले पनि यो अभियानलाई उनले निरन्तता दिएका छन् । उनले विगतमा धरानको खानेपानी परियोजनामा व्यापक भ्रष्टाचार भएको आरोप लगाइरहदा निर्वाचित भएसँगै यसको वास्तविकता बुझ्ने बताएका थिए । उनले भनेका थिए–‘म पहिला अभियन्ता थिए, अहिले उपमहानगरपालिकाको मेयर जस्तो निर्णय गर्ने ठाउँमा पुगेको छ, एसियाली विकास बैंकको सहयोगमा आएको परियोजनाका विषयमा बुझ्ने प्रयास गर्दैछु, ढिलै भएपनि वास्तविकता बाहिर ल्याउछु ।’

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved