दुर्गन्धित स्थल रमणीय पार्कमा परिणत

  • असार १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सहरको बीच भागमा दुर्घन्धित स्थान । धरान उपमहानगरपालिका वडा नं. २ र ३ को सीमानामा रहेको दोभान चौक जसलाई माछा भौडी भन्ने गरिएको छ । व्यस्त बजारको बीच भागमा रहेको यो स्थानमा बाटो हिड्ने दुर्गन्धका कारण नाक नथुनी हिड्नै सक्दैनन् थिए सर्वसाधारण तर त्यही ठाउमा अहिले त्यही ठाउँ आकर्षक पार्कको रुपमा परिणत भएको छ ।

विशेष गरी यो स्थानमा अहिले विविध कार्यक्रम गर्ने थलोको रुपमा परिचित भएको छ । कविता, कथा वाचन गर्ने संगम स्थल बनेको छ भने विदाको दिन बालबालिकालाई खेल्ने स्थान बनेको छ भने वृद्धवृद्धालाई भलाकुसारी गरेर समय विताउने स्थान बनेको छ ।

बुुधबार फलैचामा बसेर कुराकानी गर्दे गरेका दुई बृद्धाले यस ठाउ यस्तो हुन्छ भन्ने नसकेको बताए । घरमा काम नभएर उराठ लाग्दो भयो भने ती दुई जेष्ठ नागरिक दोभान चौकमा रहेको फैलचामा बसेर मनको वह एक अर्कालाई सुनाउने गरेका छन् । दैनिक एक देखि दुई घण्टा आएर समय विताउदै आएकी फत्तमाया गुरुङले भनिन्–‘घरमा बस्दा बस्दा वाक्क लागेपछि छिमेकी साथी लिएर आउछु, शितलमा बसेर गफ गर्दै बस्छौं, हाम्रो लाािग यो समया विताउने ठाउ भएको छ ।

शनिवार त झन यो ठाउमा केटाकेटीको भीड अत्यन्तै लाग्ने गरेको छ । बाला उद्यान निर्माण गरिएकोले यस ठाउमा अभिभावकले लिएर आउने गरेको स्थानीय उत्तम गुरुङको भनाई छ । उनले भने–‘ विगतमा सानो खोल्सो बर्षाद्का कारण ठूलो भौडी भयो, बढ्दै जादा खोल्साको रुप धारण ग¥यो, यसलाई सबैले डम्फिन साइडको रुपमा प्रयोग गर्न थाले, तर अहिले पार्क निर्माण भएपछि सबैको समय विताउने स्थल बनेको छ ।’

सोही स्थानका सुवोध पाख्रिनले पुस्तौ पुस्ता यही माछा भौडीमा वितेको बताए । पार्क निर्माण हुनुभन्दा यही बाटो भएर हिड्नेहरु नाक थुनेर हिड्थे, तर अहिले रमणीय पार्क बनेको छ, दुर्घन्ध छैन, कार्यक्रम स्थलसँगै बृद्धबृद्धाको समया विताउने स्थान भएको छ ।’

धरान उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख स्वर्गीय तारा सुब्बाले आफू निर्वाचित भएर आएपछि नगर गौरव योजना अन्तर्गत माछा भौडीलाई पार्कका रुपमा विकास गरेर अगाडि लाने योजना अगाडि सार्नुभएको थियो । पार्कमा बाल उद्यान, बृद्ध मिलन केन्द्र, विभिन्न साहित्यिक, सांस्कृतिक कार्यक्रम बनाउने योजना अगाडि सारिएको थियो । पार्कमा उपमहानगरको लगानीमा पूजा निर्माण सेवाले निर्माण ठेक्का लिई पार्कको निर्माण सम्पन्न भएको हो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved