तामाङ संस्कृतीमा आधारित चलचित्र ‘अभियान’ चाँडै रिलिज हुँदै

  • असार ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । तामाङ जातिको ऐतिहासिक थातथलो (किपट) र संस्कृतिमा आधारित नेपाली कथानाक चलचित्र ‘अभियान’ चाँडै रिलिज हुने भएको छ।

चलचित्रको पोष्ट प्रोडक्सन कोशी भिजन फिल्मस् प्रा.लि. इटहरीले पत्रकार सम्मेलन आयोजना गरेर यस्तो जानकारी दिएको हो ।

नेपाली कथानक चलचित्र ‘अभियान’का लेखक÷निर्देशक लाखमान तामाङले फिल्मको छायांकन लगायतको सम्पूर्ण काम सकिएको भन्दै पत्रकार सम्मेलनमा ट्रेलर रिलिज गरेका छन्। उनले अभियान चलचित्रको मुख्य छायांकन धनकुटाको उत्तरपानी बजारमा गरिएको बताए। उत्तरपानीमा ९० प्रतिशत तामाङहरुको मात्र बसोबास रहेकोले त्यहाँ छायांकन गरिएको उनले बताए ।

त्यसैगरी सो चलचित्रको प्रदेश १ को मुख्य पर्यटकीय स्थल तथा गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) र सुनसरीको इटहरी, तरहरा स्थित तामाङ गाउँ वस्तीहरुमा गरिएको निर्देशक तामाङले पत्रकार सम्मेलनमा जानकारी दिए। टिएमजेमा विश्वमा पाइने ३२ प्रजातिका लालीगुराँसमध्ये २८ प्रकारका लालीगुराँस पाइन्छन्।

तामाङले भने, ‘आधुनिक नेपाल निर्माणको क्रममा राज्यका शासकहरुले तामाङ जातिमाथि गरेको विभेद, उत्पीडन, दमन र अत्याचारको कारण आजसम्म तामाङ जाति पछि परेको कथावस्तु फिल्ममा समेटिएको छ।’ विशेष गरेर फिल्ममा काभ्रे जिल्लाको तेमालमा तामाङहरुको राजा ह्रिन्छेन दोर्जे तामाङले २ सय ५६ वर्ष पहिले शासन गरेको कथा वस्तुलाई पनि मुख्य विषयको रुपमा उठाएको निर्देशक तामाङले बताए। जतिबेला राज्यले तामाङ जातिलाई सरकारी पद दिँदा ढोके, डोले, पिपा जस्ता दर्जा दिएर विभेद गरेको कारणले अहिलेसम्म राज्यका हरेक निकायमा तामाङ समुदाय पछि परेको कथा वस्तु चलचित्र समेटिएको छ।

फिल्ममा ख्याति प्राप्त कलाकार स्व.जयनन्द लामाले खलनायकको भूमिका निर्वाह गरेका छन्। लामाको फिल्म निर्माणको क्रममा केही समय अघि निधन भएको थियो। फिल्मको मुख्य भूमिकामा नायकहरु अमर पाख्रीन तामाङ, दावा फिन्जो तामाङ, रितेशजंग खत्री रहेका छन् भने नायिकाहरू श्याममाया तामाङ, रश्मिला वाईवा तामाङ र पूजा मोक्तान तामाङ रहेका छन् ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved