किरात राई यायोख्खा १३ नं. वडा कार्यसमितिको आफ्नै भवन

  • जेठ ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विभिन्न माध्यमबाट पहिचानको मुद्दा उठाउदै आएको किरात राई यायोख्खाक १३ वडा कार्यसमिति धरानको आफनै भवन निर्माण भएको छ ।

किराया खिम अर्थात भवनको उद्घाटन शनिवार प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले एक कार्यक्रम गरेका छन् ।

भवन उद्घाटन पछि बोल्दै सभामुख भण्डारीले भवन निर्माणले किरात समुदायको पहिचानमा थप सहयोग पुग्ने बताए । उनले भने–‘किराती समुदायको सँस्कृति, भेषभुषा, भाषा, शैलीहरु मलाई साह्रै मन पर्छ । ’

१८ लाख भन्दा बढी लागत लागेको निर्माण समपन्न भवनका लागि धरान उपमहानगरपालिका वडा नं. १३ बाट ८ लाख, तत्कालीन मेयर तिलक राईबाट मेयरकोषबाट प्रदान गरिएको १ लाख २५ हजार तथा युके, हङकङमा बसोबास गरेका सर्वसाधारणको सहयोग रहेको किराया वडा १३ का सहकोषाध्यक्ष वसन्त राईले बताए ।

सो अवसरमा भवन निर्माणमा सहयोग पु¥याउनेलाई सम्मान समेत गरिएको थियो । भवन निर्माणको लागि जग्गा प्रदान गर्ने तथा आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई कदर पत्रमार्फत सम्मान गरिएको हो । भवन निर्माणका लागि नगद ३ लाख ५ सय ५ रुपैया नगदसहित जग्गा प्रदान गर्ने अनेरी सुवेदार मेजर देशबहादुर राई र श्रीमति राधा राइ र जग्गा प्रदान गर्ने पूर्ण राई र श्रीमति पुर्णिमा राइलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा जग्गा दाताबाहेक भवन निर्माणको लागि १ लाख ४४ हजार रुपैया आर्थिक सहयोग गर्ने अनेरी सुवेदार मेजर रामकुमार राई, १ लाख ५० हजार ५ सय ५५ रुपैयाको अक्षयकोष दाता विजय राई, भवन निर्माणमा १ लाख रुपैया आर्थिक सहयोग गर्ने धरान १३ कोलेनी निबासी कुबिर सि राई र ७० हजारको विद्युतीय सामग्री र जडान पनि गरिदिने किरात राई योयाख्खा धरानन नगर समितिलाई सम्मान गरिएको थियो ।

सुनसरीमा प्रहरीमाथि ...

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा ...

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved