कोशीपत्र दैनिकका निवर्तमान कार्यकारी सम्पादक कार्यपालिकाको सदस्यमा निर्वाचित

  • जेठ १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोशीपत्र राष्ट्रिय दैनिकका निवर्तमान कार्यकारी सम्पादक दिनेश गजमेर धरान उपमहानगरपालिकामा सोमबार भएको निर्वाचनबाट कार्यपालिकाको सदस्यमा निर्वाचित भएका छन् ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध गजमेर प्रेस चौतारी नेपाल सुनसरीका सचिव समेत रहेका थिए । उनीसँगै कार्यपालिकाका वहुमत संख्या एमालले जितेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य निर्वाचित कार्यपालिकाका सदस्यहरुमा महिलातर्फ सावित्रा परियार (५८), देवीमाया विश्वकर्मा (५६), विनिता बज्रचार्य (५६), रविना गुरुङ (५५) र सिर्जना नेपाल (५४) निवार्चित भएका छन् ।

गठबन्धनबाट उमेद्वार बनेका महिला सदस्यमा रहिसा कसजु ४५, रिता सुन्दास (४५), शुसिला श्रेष्ठ (४५), शोभा विक (४५) र शेषकुमारी घिमिरेले (४७) पराजय भोग्नु परेको छ ।

कार्यपालिका सदस्यमा दलित तथा अल्पसंख्यक सदस्यतर्फ पनि एमालेबाट अनुप देवान (५१), दिनेश गजमेर (५२) र विकास भाटी (५३) निवार्चित भएका छन् । गठबन्धनका उम्मेद्वार बनेका प्रेमकुमार राई (५०), सन्तोष विश्वकर्मा (४६) र सर्वजित राई (४८) पराजित भएका थिए

बैशाख ३० गते भएको दोस्रो स्थानीय तह निर्वाचनबाट निवार्चित १ सय २ जना जनप्रतिनिधिहरुले नगरसभा सदस्यहरु मतदानमार्फत चुनेका हुन । पाँच जना महिला नगरसभा सदस्य (वडा सदस्य)मा निवार्चित र निर्वाचित नभएका दलित तथा अल्पसंख्यक समुदायका तीन जनालाई संवैधानिक प्रावधान रहेको छ ।

निर्वाचित भएसँगै कार्यपालिकामा पनि एमालेको १८ जनाको बहुमत संख्या पुगेको छ । कार्यपालिका ३० जनाको हुन्छ । कुल १ सय २ जना नगरसभामा पनि एमालेको बहुमत संख्या ५६ रहेको छ । तर एमालेबाट निर्वाचित भएकाहरुले पूरै मत पाएको देखिदैन । स्थानीय निर्वाचनमा समेत अन्तरघात देखिएको एमालेभित्र कार्यपालिका निर्वाचनमा समेत अन्तरघात भएको स्पष्ट बुझ्न सकिन्छ ।

सुनसरीमा प्रहरीमाथि ...

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा ...

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved