धरानका मेयरको अढाई वर्ष: ‘खानेपानी विरतणमा समस्या छ’

  • बैशाख २७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा संचालन भएको धरानको खानेपानी परियोजनामा उत्पादन र वितरणमा समस्या देखिएकाले खानेपानी व्यवस्थापनमा समस्या देखिएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताएका छन् ।

खानेपानी समस्या समाधान नै पहिलो प्राथमिकता रहेको बताउँदै उनले गत २०७६ मंसिर १४ गते उपनिर्वाचनबाट मेयरमा निर्वाचित भएका थिए । सोमबार आफ्नो अढाई वर्षे कालमा गरिएका कामहरु सार्वजनिक गर्दै मेयर राईले पानीको उत्पादन र वितरणमा पनि समस्या देखिएकाले योजना पुर्ण रुपमा सम्पन्न नभएको बताए । उनले खानेपानीमा देखिएका २१ वटा बुँदा समस्याहरु पनि सार्वजनिक गरेको छन् । कार्यकाल सकिनै लाग्दा उनले पुरानो र नयाँ पाइप लाईन व्यवस्थापन, इन्टरकनेक्सनमा समस्या रहेको बताए ।

उनले भनेका छन्, ‘कतै पानी आउने, कतै नआउने, दुई घर पर आउने अर्कोकोमा नआउने परिस्थिती छ, उत्पादन र वितरणलाई गर्न नसक्दा खानेपानीको अभाव भएको हो ।’ खानेपानीको वितरणमा शुरुवात देखि नै धरानले अपनत्व महशुष गर्न नसक्दा परियोजना समयमै नसकिएको बताए । उनले समस्याहरुमा लेखेका छन्, ‘आयोजना कार्यान्यवनका बेला नगरवासीमा आवश्यक्ता भन्दा बढी महत्वकांक्षा जगाईदिदा अविश्वास देखिएको हो । खानेपानी संस्थानसँगको समन्वयको अभाव र तित्ततापुर्ण व्यवहारका कारण मुख्य शहरको भुभागमा मुख्य काम अपुरो रहेको छ, खानेपानी संस्थानको पुरानो जिर्ण संरचना इलोक्ट्रो मेकानिकल क्षेत्रको कुनै काम नभएको, पम्पहरु हप्ता हप्तामा बिग्रिएर पानी उत्पादन र वितरणमा समस्या देखिएको छ ।’
उनका अनुसार परियोजनाको काम सकिन अझै बजेटको अभाव भएकाले विज्ञहरुको प्रतिवेदन अनुसार सरकार सँग २६ देखि २८ करोड रुपैया शसर्त अनुदान मागिएको छ । केही दिन मन्त्रालयका पदाधिकारी सहित बसेको बैठकले परियोजना सम्पन्न गर्न बजेट विनियोजन गर्ने जनाएको उनले बताए । धरानमा दिर्घकालिन रुपमा खानेपानीको समस्या समाधान गर्न करिब ६ अर्ब रुपैया बराबरको डिपिआर समेत तयार भइरहेको बताए ।

उनले कोरोनाका कारण सोचे जस्तो काम गर्न नसकेको पनि बताए । उनले भने, ‘म निर्वाचित भए लगत्तै कोरोनाको महामारी शुरु भयो, सोचे जस्तो काम गर्न सकिन्, मेरो कार्यकालमा म पुर्ण सन्तुष्ट हुन सकेको छैन् ।’ यस पटक मेयरका लागि टिकट नपाए पनि उनले अर्को पटक आउन सक्ने संकेत दिए । उनको अढाई वर्षको कार्यकालमा करिब २० किलोमिटर कालोपत्रे सडक, ड्रेन, ग्राभेल सडक निर्माण गरिएको जानकारी दिए । उनले प्रदेश, संघको समन्वयमा धरानमा विकाश निर्माणका कामहरु गरिएको बताए l

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved