नवोदय स्कुलमा अभिभावक दिवस

  • चैत २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न पछिल्लो समय विद्यालयहरुले बार्षिक रुपमा विभिन्न कार्यक्रमहरु गर्ने गरेका छन् । विद्यालयको बार्षिक उत्सव, अभिभावक दिवस लगायतका कार्यक्रममा विद्यार्थीहरुले देखाएको अतिरिक्त क्रियाकलापले अभिभावकहरु समेत मन्त्रमुग्ध हुने गरेका छन् । यसै क्रममा धरान १६ लेखनाथचौकमा रहेको नवोदय विद्या मन्दिर सेकेन्डरी स्कूलले अभिभावक दिवस मनाइरहँदा विद्यार्थीहरुले प्रर्दशन गरेको अतिरिक्त क्रियाकलापले त्यहाँ उपस्थिति सबै मन्त्रमुग्ध भएका थिए । विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा–१० सम्मका विद्यार्थीले नृत्यकला, गायनकला, विज्ञानकला लगायतको प्रतिभा देखाउँदा अभिभावक समेत दंग बनेका थिए ।

दुई बर्ष कोरोना संक्रमणका कारण विद्यार्थी, अभिभावक र शिक्षक एकै ठाउमा जम्मा भएर कार्यक्रम गर्न नपाएका उनीहरुले कोरोना सहज हुदै गएपछि आयोजना भएको अभिभावक दिवसले सबैको मनमा एक प्रकारको उत्साह थपिदिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनु भएका ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवम् अग्रज पत्रकार राजकुमार कार्कीले विद्यालयमा पढाइका अलावा अतिरिक्त क्रियाकलापले विद्यार्थीहरु हरेक क्षेत्रमा निखारिने बताए । उनले भने, ‘अभिभावक दिवसका अवसरमा अभिभावकको उल्लेख्य उपस्थिति, विद्यार्थीले देखाएको अतिरिक्त क्रियाकलापले म दंग परे । विद्यार्थीलाई पढाइका अलावा अतिरिक्त क्रियाकलाप पनि आवश्यक रहेको मैले महसुस गरे ।’

युएन कलेजका क्याम्पस प्रमुख तथा नवोदय स्कुलका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले कोरोनाले शिक्षा क्षेत्रलाई ठूलो प्रभावित बनाएको बताए । उनले भने, ‘कोरोनाका कारण विद्यालयमा विद्यार्थीको पढाई राम्रो सञ्चालन गर्न पाइएन, अतिरिक्त क्रियाकलाप शून्यप्रायः भयो, यसले विद्यार्थीको क्षमतामा नै ह्रास ल्याइदियो, बल्लतल्ल कोरोना सहज भएको छ, यसले फेरि सबैलाई एकै ठाउमा जम्मा हुने सौभाग्य मिलेको छ । माहौल नै फरक भएको छ ।’

उनले लामो समयपछि अभिभावकसामु आफ्ना बालबालिकाले प्रतिभा देखाएर पढाइका साथै अतिरिक्त क्रियाकलाप देखाउन पाएको बताए । उनले युएन, नवोदयमा प्ले गु्रपदेखि डिग्रीसम्म पठनपाठन हुने बताए । कार्यक्रममा वर्षभरीमा उत्कृष्ट १६ विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

‘एसईई स्पिकर–२०८१’ स ...

धरान/ एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved