तालतलैयामा फोहोर व्यवस्थापन चुनौति

  • चैत २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पछिल्लो समय सिमसार क्षेत्रहरु पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । सीमसार क्षेत्रमा पुगेर प्रकृतिको मनोरम दृश्य अवलोकनसँगै त्यहाँ रहेका पार्क, चिडिया घर लगायतले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।

सिमसार क्षेत्रहरु जति पर्यटकीय स्थल बन्दै गएको छ, त्यतिनै दूषित पनि बन्दै गएको छ । सिमसार क्षेत्रको संरक्षण तथा फोहोर व्यवस्थापनमा चासो नदिदाँ प्रदुषित बन्दै गएको छ । सिमसार क्षेत्रमा आउने पानीको मुहान पनि सुक्दै गएका छन् ।

एकातिर वनभोज खान आउनेहरुले जथाभावि फोहोरले प्रदुषित बन्दै गएको छ भने तालतलैयामा रहेका जलकुम्भीका कारण आकर्षक तालतलैयाको सौन्दर्य नै हराउन थालेको छ । फोहोरले दुषित बनाउँदै गए पछि इटहरी स्थित तालतलैया क्षेत्रमा शनिबार सरसफाई गरिएको छ ।

तालमा भरिएका जलकुम्भीहरू नेपाली सेना, सशस्त्र प्रहरी वल लगायत स्थानीयहरूको सहयोगमा सरसफाइ गरिएको हो ।

जलकुम्भीले वातावरणमा नकरात्मक असर पर्ने र तालको सुन्दरता नै ढाकिने भएपछि सरसफाइ गरिएको तालतलैया संरक्षण समितीका अध्यक्ष लक्ष्मी प्रसाल खनालले बताए । उनले भने, ‘तालतलैयाको सुन्दरता देखेरै सयौ सर्वसाधारण तालतलैया घुम्न आउँछन् तर जलकुम्भीका कारण ताल कुरुप बन्दै गयो, यसको सुन्दरतामा निखार ल्याउन पनि हामीले सरसफाई गरेका हौं ।’

पछिल्लो समय तालतलैयामा रहेको पोखरी, चिल्ड्रेन पार्क, चिडिया घर र बिभिन्न आकृति खोपिएका ढुंगाका मुर्तिहरूले तालतलैयामा सर्वसाधारणको आकर्षण बढे पनि जलकुम्भीका कारण सुन्दरतामाथि नै आँच आउनसक्ने भएपछि सरसफाइ गरिएको उनले बताए ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved