स्वास्थ्य सेवा व्यवस्थापक सङ्घमा नयाँ नेतृत्व

  • चैत २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान÷ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घका केन्द्रीय समिति अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित भएका छन् ।
हालै सम्पन्न सङ्घको पहिलो केन्द्रीय साधारणसभाबाट वरिस्ठ उपाध्यक्षमा मनिष दवाडी निर्वाचित भएका छन् ।

२१ सदस्यीय नवगठित समितिका उपाध्यक्षमा इन्दु नेपाल योञ्जन, अभिषेक रोशन, विक्रम अधिकारी, हेमन्त श्रेष्ठ, छमबहादुर अधिकारी, कान्तप्रसाद सुवेदी र कृष्णराज ढुङ्गाना छानिएका छन् । उपाध्यक्षहरूलाई क्रमशः प्रदेश नं.१, मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा संयोजकको जिम्मेवारी पनि दिइएको छ ।

यसैगरी, समितिका महासचिवमा होमप्रसाद अधिकारी निर्वाचित भएका छन् भने सचिव र कोषाध्यक्षमा क्रमशः धीरज मैनाली र प्रकुति आचार्य छानिएका छन् । समितिका केन्द्रीय सदस्यहरूमा ब्रह्मशंकर चौधरी, लबेन्द्र कुँवर, हेमकुमार बिडारी, देवेश कर्ण, मञ्जु दाहाल, वर्षा कोइराला, यशध्वज जोशी र समीर शर्मा छानिएका छन् । सङ्घकी निवर्तमान केन्द्रीय अध्यक्ष कविता खनालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

स्वास्थ्य सेवा व्यवस्था तथा अस्पताल व्यवस्थापन विषयमा उच्च शिक्षा लिएर देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ सेवा व्यवस्थापकहरूको हकहितको संरक्षण गर्न सङ्घको स्थापना गरिएको नवगठित समितिका उपाध्यक्ष एवम् धरानस्थित विजयपुर हस्पिटल प्रालिका वरिष्ठ अस्पताल प्रशासक योञ्जनले जानकारी दिए । सङ्घका प्रदेश १ संयोजकसमेत रहेका उनले जिल्ला समितिहरू गठन गर्दै सङ्घलाई प्रदेशभरि विस्तार गरिने बताए । प्रदेशभरि छरिएर रहेका स्वास्थ्य सेवा व्यवस्थापकहरूलाई सङ्गठित बनाउँदै पेशागत हकहित संरक्षणका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरिने योञ्जनको भनाइ छ । स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्य संस्थाहरूसँग पनि समन्वय र सहकार्य गर्दै अगि बढ्ने उपाध्यक्ष योञ्जनले जनाए ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved