नभ्यता र आरम्भलाई मिस्टर एण्ड मिस लिटलको उपाधि

  • चैत ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । चौथों संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी नभ्यता ढकाल र आरम्भ ढकालले जितेका छन् ।

जय मिडिया मेनेजमेन्ट प्रालिले विराटनगरमा आयोजना गरेको प्रतियोगितामा मिस लिटलको उपाधि नभ्यता र मिस्टर लिटलतर्फको उपाधि आरम्भले जितेका हुन् । उनीहरूले जनही ३० हजारका दरले नगद पुरस्कार सहित विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गरे ।

मिस लिटलतर्फको अर्गनाइजर च्वाइस विजेतामा विराटनगरका अदिती ढकाल र मिस्टर लिटल तिर विराटनगरका विशेस कार्की घोषित भए । उप विजेतामा इटहरीकी आरोही सुवेदी र विराटनगरका अविरल घिमिरे भएको सिइओ निशा खतिवडाले जानकारी दिए ।

मिस लिटलतर्फको सेकेन्ड रनरअप धरानकी एम्मा गुरूङ्ग, थर्ड रनरअप विराटनगरकी दिप्रभा रेग्मी भइन् । फोर्थ रनरअप मोरङ सुन्दरहरैचाकी स्नेहा रेग्मी घोषित भइन् ।

यसैगरि मिस्टर लिटलतर्फको सेकेण्ड रनरअप विराटनगरका प्रिसं ओझा, थर्ड रनरअप विराटनगरकै शिवासं तिमसिना र फोर्थ रनरअप इटहरीका निश्चल गुरूङ्ग भए ।

मिस ट्यालेन्ट सुमिना राई, मिस्टर ट्यालेन्ट शिखर तामाङ, मिस पोपुलर सुमिना राई, मिस्टर पोपुलर प्रसन्न तामाङ भए । मिस क्याटवक आस्था गिरी, मिस्टर क्याटवक अविरल घिमिरे, मिस फ्रेन्डसिप युविका कार्की, मिस्टर फ्रेन्डसिप शिखर तामाङ घोषित भए । यस्तै मिस फिÞिजक सुभासना श्रेस्ठ, मिस्टर फिÞजिक देवांश बजाज, मिस फोटोजेनिक रूवी सेढाइ र मिस्टर फोटोजेनिकको एवार्ड एनिफ यादवले जिते ।

मिस बेस्ट ट्रान्स्फरमेसन अनुजा कार्की, मिस्टर बेस्ट ट्रान्स्फरमेसन मनिष कट्वाल भए । मिस बब्ली सोजिना लिम्बु, मिस्टर बब्ली विशेष कार्की तथा मिस क्यूट प्रसंसा शर्मा र मिस्टर क्यूट हर्सित चौधरी घोषित भए । मिस डिसिप्लीन अन्शु कार्की, मिस्टर डिसिप्लीन अनमोल घिमीरे भए ।

यस्तै मिस चार्मिङ स्रीष्टी खत्री, मिस्टर चार्मिङ प्रिसं ओझा, मिस इन्टेलेक्ट आर्सी देव, मिस्टर इन्टेलेक्ट आरम्भ ढकाल भए । मिस कन्फिडेन्ट अदिती ढकाल, मिस्टर कन्फिडेन्ट शिवासं तिम्सिना, मिस पब्लिक च्वाइस स्नेहा रेग्मी, मिस्टर पब्लिक च्वाइस आरम्भ ढकाल घोषित भए ।

मिस मल्टीमिडिया आश्री निरौला, मिस्टर मल्टीमिडियाः अर्नभ प्रसाई, मिस्टर हेन्डसम इशान अधिकारी, मिस साइनिङ स्टार अमिशा अधिकारी, मिस पर्सनालिटी दिप्रभा रेग्मी, मिस ब्यूटी वित ब्रेन आरोही सुवेदी, मिस भर्टुवस शुभानी चौधरी, मिस ब्यूटीफुल हेयर आयुषा शर्मा, मिस ब्यूटीफुल आइज इसानी दत्त, मिस ब्यूटीफुल अबिप्सा पौडेल, मिस ग्लामरस लुक गरिमा आचार्य, मिस हार्डवर्कीङ आरूषी पोखरेल, मिस एलेगेन्ट निर्भाना भट्टराई, मिस स्माइल मिमान्शा सिहं बस्नेत भए । मिस फेयर स्किन नभ्यता ढकाल, मिस ग्रेसफुल ओरीका पोखरेल, मिस एक्टिभ आरियाना शर्मा, मिस फेसन आइकन एम्मा गुरूङ, मिस आउटस्टान्डीङ पर्फरमेन्स राधिका नेपाल भइन् ।

प्रतियोगिताको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली रहेका थिए । स्पेशल सेलेब्रेटी अभिनेता बिपिन कार्की रहे । प्रतियोगिताको निर्णायकहरुमा मोडल दिक्पाल कार्की, कोरीयाग्राफर .प्रिया रानी लामा, मिस कोशी २०२१ सिजन ६ का बिजेता प्रशिका श्रेष्ठ र एपी वानका पूर्व जिएम बिकास लामिछाने रहेका थिए । बालवालिकाहरूमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको चियरम्यान जय राज रायले जानकारी दिए ।

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved