क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

  • चैत ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । क्याम्पसका अति आवश्यक सुविधाहरुको सुधारको माग गर्दै नेपाली कांग्रेस सम्बद्ध नेविसंघले धनकुटा वहुमुखी क्याम्पसमा प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

फागुन २२ गते बुझाएको सात बुँदे मागपत्र सम्बोधन नगरेको भन्दै उनीहरुले क्याम्पस प्रमुख होमबहादुर बस्नेतलाई कार्यकक्षबाट बाहिर निकाली कुर्सी समेत जलाइदिएका छन् भने कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

संघले विज्ञप्ति जारी गरेर क्याम्पसमा पिउने पानीको व्यवस्था, शौचालय सुधार, पुस्तकालयमा नयाँ पाठ्यक्रम अनुसारका पुस्तकको व्यवस्था, छात्रावास सुधार लगायत ७ बुदे मागपत्र क्याम्पस प्रमुख समक्ष बुझाएका थिए । माग सम्बोधन नभएकाले तालाबन्दी गरेको र अब पनि माग सम्बोधन नभए प्रशासनिक कामकाज ठप्प गर्ने नेवि संघका क्याम्पस इकाइ सभापति सुवास भण्डारीले बताए । उनले भने, ‘हामीले राखेको जायज माग समेत क्याम्पसले पूरा गर्न गम्भीरता देखाएन, माग पुरा गर्न पटक पटक मौखिक भन्दा समेत क्याम्पस प्रमुखले वेवास्ता गरे, त्यही भएर हामी आन्दोलनमा उत्रन बाध्य भयौं।’

पठनपाठन सञ्चालन गर्न विद्यार्थीसग छलफल गर्दै उनीहरूका मागहरू क्याम्पसले क्रमिक रुपमा पूरा गर्ने सोच बनाएको भए पनि आक्रोशित भएर समस्या थप चर्काएको आरोप धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतले लगाए । प्रमुख बस्नेतले भने, ‘विद्यार्थीले राखेका माग जायज छन्, यसलाई विस्तारै पूरा गर्ने सोचमा हामी थियौ, यस विषयमा सबैसंग छलफल पनि भइरहेको छ, चाडै नै समाधान हुन्छ ।’

क्याम्पस प्रमुखको पक्षमा अनेरास्ववियु

क्याम्पस प्रमुखको कुर्सी जलाइएकोमा अनेरास्ववियु क्याम्पस इकाइ समितिले भने विरोध गरेको छ । अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै नेवि संघको नाममा केही अराजक व्यक्तिले क्याम्पस प्रशासनमा गरेको सार्वजनिक सम्पत्तिको तोडफोड तथा क्याम्पस प्रमुखको कुर्सी जलाएकोमा आपत्ति जनाएको छ ।

अनेरास्ववियुले क्याम्पसको सार्वजनिक सम्पत्ति तोडफोड र नष्ट गर्ने अराजक व्यक्तिहरूलाई कारबाही गर्न क्याम्पस प्रशासन समक्ष माग गरेको छ । क्याम्पस प्रशासनमा लगाइएको ताला २४ घण्टाभित्र नखोलिए अनेरास्ववियुले विद्यार्थीको हकहितका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको अनेरास्ववियु क्याम्पस इकाइ समितिका अध्यक्ष बालकृष्ण बसेल र सचिव कुमार सापकोटाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved