‘कांग्रेसले गठबन्धन गर्नु पर्दैन’

  • चैत ७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कसैसित पनि गठबन्धन नगरी आगामी निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस विराटनगर वडा नम्बर १२ को कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दैै नेता कोइरालाले एकढिक्का भएमा कांग्रेसलाई कसैले हराउन नसक्ने उद्घोष गरे । केन्द्रमा समेत आफूहरू एकढिक्का भएको चर्चा गर्दै नेता कोइरालाले आगामी निर्वाचनमा कसैसित गठबन्धन नगरी कांग्रेसले जित्ने दाबी गरे । “हामी एकढिक्का भएर चुनावमा गए कसैले पनि कांग्रेसलाई हराउन सक्दैन,” कोइरालाले भने, “अधिवेशनताका भएका तिक्तता छन् भने बिर्सिदिनुहोस् । मैले त बिर्सिसकें । हामी सबै एकढिक्का हुनुपर्छ । त्यसो भयो भने कसैसित पनि गठबन्धन नगरी चुनाव जित्न सक्छौं ।”

पार्टीभित्र हुने गुट उपगुटलाई स्वभाविक रुपमा लिनुपर्ने उनको भनाइ थियो । नेता कोइरालाले कांग्रेसभित्रको गुट उपगुट अधिवेशनसँगै समाप्त भएको दाबी गरे । “अधिवशेनमा कसैले जित्नु भयो कसैले हार्नुभयो । अब अधिवेशनको तुष र तिक्तता मनमा लिनुहुँदैन,” कोइरालाले थपे, “महाधिवेशनमा मैले पनि जित्न सकिन । तर मैले महाधिवेशन सकिएसँगै मनभित्रको सबै तिक्तता हटाइसकें ।”

तीनै तहको निर्वाचनमा पार्टीका जुनसुकै व्यक्तिले टिकट पाए पनि जिताउनेतर्फ सबै लाग्नुपर्ने उनको धारणा थियो । पार्टीले टिकट दिएका उम्मेदवारलाई हराउन लाग्ने र बागी उठ्नेलाई यसपटक पार्टीबाट तत्काल निष्काशन गर्ने उनले प्रस्ट्याए । उनले भने, “अब विगतमा जस्तो पार्टीका उम्मेदवारलाई हराउनेलाई छुट हुँदैन । ठाउँको ठाउँ निष्काशन हुन्छ ।”

नेता कोइरालाले पार्टीले सबैलाई न्याय गर्ने उल्लेख गर्दै निर्वाचनमा टिकट नपाउनेहरूलाई पार्टीभित्रै भूमिका दिइने बताए । कोइरालाले अधिवेशनको तिक्ततालाई बिर्सिएर संगठनलाई बलियो बनाउन आग्रहसमेत गरे । कार्यक्रममा नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले कांग्रेसले मात्रै जनताका समस्या समाधान गर्दै देशको विकास गर्ने बताए । उनले राजनैतिक परिवर्तनमा जस्तै अब मुलुकको आर्थिक विकास र समृद्धि कांग्रेसको नेतृत्वबाट मात्रै सम्भव हुने उपसभापति कोइरालाको भनाइ थियो । “कांग्रेसको नेतृत्वमा देशको हरेक राजनैतिक आन्दोलन सफल भएको छ,” उनले भने, “अब आर्थिक विकास र समृद्धिको नेतृत्व कांग्रेसले गर्छ, त्यसका लागि आगामी तीनै तहको निर्वाचनमा कांग्रेसले जित्नु आवश्यक छ ।”

वडा सभापति हरिनारायण यादवको अध्यक्षतामा भएको समारोहमा क्षेत्रीय सभापति देवराज तामाङ, विराटनगर नगर समितिका सभापति दीपक चापागाईं, क्षेत्र नम्बर ६ (ख) का सचिव जितेन्द्र गोल्छालगायतको उपस्थिति रहेको थियो ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved