‘काँग्रेस अनुकूल चुनाव चिन्हमा हरियो रंग’ "पार्टी चोइट्याउनेहरु तर्सिन थाले"

  • चैत ७, २०७८
  • " भगीरथ भण्डारी"
alt

धरान । पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले काँग्रेसलाई अनुकूल हुने गरी चुनाव चिन्हमा हरियो रंग लगाएको आरोप लगाएका छन् ।

इलामको सूर्योदयमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा आयोगले काँग्रेसलाई अनुकूल हुने गरिको काम गरेको आरोप लगाएका हुन् । उनले भने, ‘रुखलाई हरियो पार्न सूर्यलाई पनि हरियो बनाउने ?, काँग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो ? काँग्रेसको रुख निलो पार्न निलो रंग चाहियो ?, दलहरूसँग निर्वाचन आयोगले के परामर्श ग¥यो ? किन काँग्रेसको अनुकूल हुने गरी काम गरिरहेको छ, सूर्य हरियो हुन्छ कहीँ, सूर्यलाई पनि हरियो बनाउने ?’

एमाले अध्यक्ष ओलीले जनतामा निहित सार्वभौम सत्ता सर्बोच्च अदालतले पनि मान्नुपर्ने बताएका छन् । उनले भने, ‘सार्वभौम सत्ता अदालतमा होइन जनतामा निहित छ, संविधानको सर्बोच्चता सर्बोच्च अदालतले मान्नुपर्छ, सर्बोच्चले संविधानको ब्याख्या गर्ने हो, संशोधन गर्ने होइन ।’ उनले माओवादीले गरेको आन्दोलनको फाइदा केही टाठाबाठाहरुले मात्रै लिएको टिप्पणी गरेका छन् । एमाले अरु पार्टीले जस्तो झुक्याउने पार्टी नभएको भन्दै ओलीले भने, ‘हिजो माओवादीले युवाहरुलाई सपना देखायो, युवाहरु बलिदान गर्न तयार भए त्यसको फाइदा केही टाठाबाठा आफन्त र नातेदारले लिइरहेको छन । बलिदान गर्ने, इमान्दार लडाकुले केही पाएनन् ।’

ओलीले स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताको लागि छुट्टाएको समय प्रति पनि आपत्ति जनाएका छन् । ‘गठबन्धनको खटपट मिलाउन दुई दिनको समय छुट्टाएको हो ?’ उनले निर्वाचन आयोगलाई प्रश्न गरे । ‘सधैँ मनोनयनको लागि एक दिन दिने गथ्र्यो, यसपल्ट वैशाख ११ र १२ गते दुई दिनलाई दिने भयो’, उनले भने, ‘दुई दिन किन चाहियो ? पाँच दलीय गठबन्धनमा खटपट परेर एक दिनमा नभ्याइन सक्छ, कुरा नमिल्न सक्छ, भोलिपल्ट मिलाउन निर्वाचनले दुईदिनको समय राखेको हो ।’

कार्यक्रममा ओलीले एमालेबाट चुनाव जितेर पार्टी छाडेका नेताले जनप्रतिनिधिको पद त्याग गर्नुपर्ने बताए । उनले एमालेले चुनाव जिताइदिए पनि पार्टी त्यागेका जनप्रतिनिधि पदमा टाँसिइरहना लाज लाग्नुपर्ने बताए । अध्यक्ष ओलीले झलनाथ खनाललाई इंगित गर्दै भने, ‘एमालेका जनताले जिताएर सांसद बनाइदिएको फुली अझै छात्तीमा टाँसेर हिँड्न लाजसरम छैन ? पार्टी नै छाडिसकेपछि त्यो फुली फुकाल्नुपर्दैन ?’ उनले एमालेबाट चुनाव जितेर पार्टी छाडेका जनप्रतिनिधिले पनि ‘फुली’ लगाएर हिँड्न नमिल्ने बताए । उनले एमालेबाट चुनाव जितेर पार्टी त्यागेका नेताले मतदातालाई ढाँटेको र धोका दिएको प्रतिक्रिया दिए ।

पार्टी चोइट्याउनेहरु तर्सिन थाले

नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले पार्टी चोइट्याएर गएका नेताहरू अहिले निर्वाचनको नाम सुन्नेबित्तिकै तर्सिन थालेको बताएका छन ।

सूर्योदयमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले एमालेलाई अबको निर्वाचनमा मतदाताले पहिलो दल बनाउने बताए । आमसभामा नेम्बाङले यही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन जितेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको आलोचनामा धेरै समय बिताए । तर, उनले खनालको नाम लिएनन् ।

‘यहाँका जनताको मत लिएर माथि पुगेपछि अन्तरे–जन्तरेहरूले अब जनतासँग ३ पटक ढोगेर माफी माग्नुपर्छ,’ उनले भने, ‘गल्ती गरें भनेर नमस्कार गर्दै माफी माग्नुपर्छ ।’ खनाल लगायतले एमालेबाट चुनाव जितेर पार्टी र मतदातालाई धोका दिँदै विपक्षीलाई सत्तामा पु¥याएको नेम्बाङले बताए । ‘एमाले र मतदातालाई धोका दिएर परमादेशी सरकार बनाउन उहाँहरूले सहयोग गर्नुभएको छ,’ नेम्बाङले मतदातालाई भने, ‘तपाइँहरूको मतले जितेर गएकाहरू अहिले चुनाव आएपछि तर्सिन थालेको वताए ।’

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved