न्यायिक समितिको सक्रियता बढ्यो : दक्षजनशक्तिको कमी भने अझै यथावत

  • चैत ४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रत्येक स्थानीय तहमा न्यायिक समिति हुन्छ । स्थानीय तहबाटै न्याय सम्पादन गर्ने उद्देश्यले स्थापना गरिएको समितिको संयोजक भने उपमेयर रहने प्रावधान रहेको छ ।

तर पनि न्याय सम्पादनमा केही काम भएपनि खासै काम भएको भने देखिएको छैन । यस्तै समस्या बराहक्षेत्र नगरपालिकामा समेत रहेको छ । न्यायिक समितिमा कानुनको अधिकृत सरहको कर्मचारी चाहिने भएपनि बराहक्षेत्र नगरपालिकामा भने त्यो नहँुदा समस्या हुने गरेको छ ।

बराहक्षेत्र नगरपालिकाकी उपमेयर कमला मगरले शुरुमा आफूहरुको क्षेत्राधिकार थाहा नहुदा समस्या भएपनि अहिले भने न्यायिक समितिमा केही सहज भएको बताउछिन् । अहिले वडावडाबाट न्यायिक सम्पादनको काम हुने बताउदै न्यायिक समितिको क्षेत्राधिकार, मेलमिलापकर्ताहरुलाई तालिम दिनुपर्ने लगायतका कुराहरुलाई निराकण गर्दै वडागत रुपमा मेलमिलाप कर्ता रखिएको बताइन । उनले भनिन्–‘न्यायिक समितिमा अहिले सबैभन्दा ठूलो समस्या भनेको कानुनको अधिकृत सरहको कर्मचारी राख्न नसक्दा न्यायमा समस्या आएको छ । यसले काम कारबाहीमा केही.समस्या आएको छ ।’

सर्वसाधारणको मुद्धा आइसकेपछि प्रत्येक महिना शुक्रबार समितिकै तर्फबाट इजलास बस्ने गरेको उनले बताइन् । बराहक्षेत्रमा दैनिक २ देखि ३ वटासम्म मुद्धा आउने गरे पनि धेरै जसो घरेलु हिंसा, महिला हिंसा, जग्गा र सीमानाका मुद्धाहरु बढी मात्रामा आउने गरेको उनको भनाई छ ।

मुद्धाहरु हेर्दा सम्बन्धित पक्षलाई फिरादपत्र माग्ने गरिएको छ भने दोस्रो पक्षलाई प्रत्युत्तरका लागि १५ दिनको म्याद समितिले दिने गरेको छ । सम्बन्धित पक्षले यी दुवै कुरा ल्याइसकेपछि प्रत्येक इजलास बसेर मुद्धा छिनोफानो गर्ने गरिएको उप्रमुख मगरको भनाई छ । आएका मुद्धाहरु धेरै जसो मिलापत्रमै टुंगिने गरेको छ भने कतिपयले न्यायिक समितिको क्षेत्राधिकारभित्र नै नपर्ने फौजदारी मुद्धा, सम्बन्ध विच्छेदm कुटपिट लगाउनका मुद्धाहरु हेर्न नमिल्ने भएकोले यस्ता मुद्धा लिएर आउनेलाई सल्लाह सुझाव दिएर पठाउने गरेको छ । ऐलानी जग्गाको विषयमा विवादका मुद्धाहरु भने धेरै आउने भएकोले यो विषय न्यायिक समितिका लागि टाउको दुखाई भएको उनी बताउनुहुन्छ ।

संघीयता आएपछि स्थानीय सरकारले जनसहभागितामा धेरै काम हुदा हरेक काम प्रभावकारी बन्दै गएको छ । समग्रमा स्थानीय सरकारको मातहतम रहेको न्यायिक समितिले न्याय सम्पादनमा कोशिश गरेको भने पाइन्छ ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved