नमूना कलेजको ‘नमुना स्मारीका’ विमोचन

  • चैत २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नमूना कलेज इटहरीले प्राध्यापक तथा विद्यार्थीको लेख समेटिएको ‘नमुना स्मारीका’ विमोचन गरेको छ ।

मंगलबार एक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर डिल्लीराज शर्माको प्रमुख आतिथ्यमा नमुना कलेजको स्मारिका विमोचन गरिएको हो । विमोचन सँगै व्यवस्थापन संकायका विद्यार्थीलाई अभिभुखिकरण पनि प्रदान गरेको छ । कलेजको स्मारीकामा विभिन्न संकायका बारेमा चर्चा गर्दै वर्तमान वजारमा यसको महत्व र सम्भाव्यताका बारेमा लेख प्रकाशन भएका छन् । यसका साथै विद्यार्थीका कथा, कविता पनि यो स्मारीकामा समावेश गरिएको छ । स्मारीका माथि समिक्षा गर्दै प्राध्यापक दिवस राईले प्राध्यापकका तर्फबाट लेखिएका लेखबाट विद्यार्थीलाई भिन्न भिन्न संकायको महत्व र उपयोगिताबारे जानकारी प्राप्त हुने उल्लेख गरे ।

प्रमुख अतिथि शर्माले आगामी दिनमा पनि स्मारीका प्रकाशनले निरन्तरता पाउने विश्वास लिएको बताए । अहिले शिक्षित जनशक्ति विदेश पलायन भइरहेको भन्दै त्यसलाई नेपालमा नै रोक्न र त्यसको लागि आवश्यक अवसर सिर्जना गर्न लागिपर्नुपर्ने उनले जोड दिए । व्यवस्थापन संकाय पढेका विद्यार्थीहरू अहिले स्तरीय रोजगारी र पारिश्रमिकका लागि विदेशिने क्रम बढेकाले त्यसलाई रोक्न देशमा नै होटल तथा व्यवसाय विस्तारमा जोड दिनुपर्ने उनले बताए ।

यही चैत्र महिना भित्र कलेजले खोजमूलक जर्नल पनि प्रकाशन गर्ने जानकारी दिएको छ । कार्यक्रममा त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरे, साहित्यकारद्वय बद्री भिखारी र मनु मज्जिल, प्राध्यापक उमेश भण्डारी तथा पत्रकार विराट अनुपमको पनि उपस्थिति रहेको थियो ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved