नमूना कलेजको ‘नमुना स्मारीका’ विमोचन

  • चैत २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नमूना कलेज इटहरीले प्राध्यापक तथा विद्यार्थीको लेख समेटिएको ‘नमुना स्मारीका’ विमोचन गरेको छ ।

मंगलबार एक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर डिल्लीराज शर्माको प्रमुख आतिथ्यमा नमुना कलेजको स्मारिका विमोचन गरिएको हो । विमोचन सँगै व्यवस्थापन संकायका विद्यार्थीलाई अभिभुखिकरण पनि प्रदान गरेको छ । कलेजको स्मारीकामा विभिन्न संकायका बारेमा चर्चा गर्दै वर्तमान वजारमा यसको महत्व र सम्भाव्यताका बारेमा लेख प्रकाशन भएका छन् । यसका साथै विद्यार्थीका कथा, कविता पनि यो स्मारीकामा समावेश गरिएको छ । स्मारीका माथि समिक्षा गर्दै प्राध्यापक दिवस राईले प्राध्यापकका तर्फबाट लेखिएका लेखबाट विद्यार्थीलाई भिन्न भिन्न संकायको महत्व र उपयोगिताबारे जानकारी प्राप्त हुने उल्लेख गरे ।

प्रमुख अतिथि शर्माले आगामी दिनमा पनि स्मारीका प्रकाशनले निरन्तरता पाउने विश्वास लिएको बताए । अहिले शिक्षित जनशक्ति विदेश पलायन भइरहेको भन्दै त्यसलाई नेपालमा नै रोक्न र त्यसको लागि आवश्यक अवसर सिर्जना गर्न लागिपर्नुपर्ने उनले जोड दिए । व्यवस्थापन संकाय पढेका विद्यार्थीहरू अहिले स्तरीय रोजगारी र पारिश्रमिकका लागि विदेशिने क्रम बढेकाले त्यसलाई रोक्न देशमा नै होटल तथा व्यवसाय विस्तारमा जोड दिनुपर्ने उनले बताए ।

यही चैत्र महिना भित्र कलेजले खोजमूलक जर्नल पनि प्रकाशन गर्ने जानकारी दिएको छ । कार्यक्रममा त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरे, साहित्यकारद्वय बद्री भिखारी र मनु मज्जिल, प्राध्यापक उमेश भण्डारी तथा पत्रकार विराट अनुपमको पनि उपस्थिति रहेको थियो ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved