धरान । सर्वसाधारणले महंगी बढेको गुनासो गर्न थाले पछि धरानमा अनुगमन गरिएको छ ।
धरानका विभिन्न व्यवसायिक फर्महरुमा अनुगमन गर्दा अनुगमनकर्ताहरुले कम तौल, म्याद गुज्रिएको सामग्री विक्री वितरण गर्ने पाइएको थियो । धरान उपमहानगरपालिका अन्तर्गतको अनुगमन समिति, घरेलु तथा साना उद्योग कार्यालय इटहरी, ईलाका प्रशासन कार्यालय धरान, राष्ट्रिय उपभोक्ता मञ्च, सुनसरी उद्योग वाणिज्य संघको टोलीले सोमबार अनुगमन गरेको थियो ।
सोमबार अनुगमन टोलीले ७ वटा होटल र अन्य खाद्य सामग्रीका पसलहरुमा अनुगमन गरेको थियो । अनुगमन टोलीले सुरज पापड मापदण्ड विपरीत सञ्चालन भएको भन्दै नष्ट गरेको थियो भने अन्य मापदण्ड विपरीत सञ्चालन भएका फर्महरुलाई उपमहानगरपालिकामा आउन निर्देशन दिएको छ ।