महिला उद्यमी केसी मृत फेला

  • फागुन २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानको सामाजिक काममा फरक पहिचान बनाउँदै महिला उद्यमी तथा सञ्चारकर्मीको रुपमा स्थापित भइसकेकी सुनिता केसी राई आइतबार मृत अवश्थामा फेला परेकी छिन् ।

धरानका विभिन्न सामाजिक संघसस्थामा आवद्ध भई महिला उद्यमीका रुपमा पहिचान बनाएकी क्लिक धरान मिडिया प्रालिकी प्रबन्ध निर्देशक समेत रहेकी केसी आइतबार धरान १५ स्थित आफ्नै निवासमा मृत भेटिएकी हुन् । केसी झुण्डिएको अवस्थामा रहेको र आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय धरानबाट सर्जमिन मुचुल्का गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि राखिएको छ ।

केसी पेट्रोलियम पम्पको व्यवसाय गर्ने नेपालकै एक मात्र महिला हुन् । उनी पेट्रोलियम डिलर एसोसियसनकी केन्द्रिय सदस्य समेत हुन् । उनी महिला सञ्जाल धरानकी नगर सदस्य, आसरा सुधार केन्द्रको सदस्य, इलाका प्रहरी कार्यालय धरानको परिषरमा बन्दै गरेको हिरासत भवन निर्माण समितीकी कोषाध्यक्ष समेत हुन् ।

उनी विजयपुर एफएममा लामो समय समाचारवाचिकाको रुपमा कार्यरत रहिन् । पछि पिस रिक्रियसन ग्रुपद्वारा प्रकाशित पुर्णाङ्क साप्ताहिककी प्रबन्ध निर्देशक, नेपाल पत्रकार महासंघ सुनसरीका साधारण सदस्य हुन् ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved