बेतना सिमसार पर्यटकको पहिलो रोजाई

  • फागुन १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पछिल्लो समय मोरङको बेलबारी नगरपालिका भित्र रहेको रमणीय वेतना सिमसार आन्तरिक तथा वाह्य पर्यटको रोजाइमा पर्न थालेको छ ।

रमणीय स्थलसँगै विभिन्न प्रजातिका चराचुरुङ्गी दृश्यावलोकन सँगै तालमा बोटका मजा लिन पाउने भएकै कारण पछिल्लो समय बेलबारीको बेतना सिमसार आन्तरिक तथा वाह्य पर्यटथकको रोजाइमा परेको हो ।

पूर्वकै मुख्य पर्यटकीय हवका रुपमा विकास भएको बेलबारीको बेतना सिमसारको दृश्यावलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । विवाह, पिकनिक तथा विभिन्न कार्यक्रम समेत यस सिमसारमा हुने गरेको छ । वेतना सिमसारको विकास तथा संरक्षण गर्न ०६१ सालदेखि समिति बनाएर सञ्चालन गर्न थालेपछि यसको विकास द्रुत गतिमा हुदै गएको छ ।

यहाँ नेपाल लगायत भारतका विभिन्न स्थानबाट पर्यटकहरु आउने गरेको समितिले जनाएको छ । अन्य दिन १५ देखि २० हजार सर्वसाधारण दृश्यावलोकनका लागि आउने गरे पनि शनिवारका दिन भने १ लाख पुग्ने बेतना सिमसार संरक्षण समितिका अध्यक्ष डम्बर बस्नेतले बताए । उनले भने, ‘घुम्न आउने पर्यटकका लागि वेतना सिमसार पछिल्लो समय रोजाइको रमणीय स्थल बन्दै गएको छ, संरक्षणसँगै अझ विकास गर्न सके वेतनामा पर्यटकको आगमनमा वृद्धि हुन्छ ।’ उनले विगतको तुलनामा अहिले वेतना सिमसार क्षेत्रमा घुम्न आउने सर्वसाधारण बढ्दै गएको बताए ।

यता घुम्न आउने सर्वसाधारणले समेत बेतना सिमसार अत्यन्तै रमणीय भएको प्रतिक्रिया दिएका छन् । रामेछापबाट बेतना सिमसार दृश्यावलोकनका लागि आएका भएका आन्तरिक पर्यटकले वेतना अत्यन्तै रमणीय स्थल भएको बताए । वेतना सिमसार घुमिसकेपछि रामेछापका तीर्थराज सुनुवारले पूर्वको पर्यटकीय स्थलमध्ये वेतना सिमसार अत्यन्तै आकर्षण भएको बताए । उनले भने, ‘रमणीय स्थल, पोखरीमा बोटिङको मज्जासँगै मिनी चिडिया खानाको रुपमा विकास गरिएको छ, अत्यन्तै राम्रो लाग्यो, अर्को पटक आउदा परिवार लिएर आउने सोचमा छु ।’

यस्तै उदयपुरका टिकाराम सुनुवारले सिमसारको संरक्षणसँगै पर्यटकीय हवको रुपमा वेतनालार्ई विकास गर्न सके यसको भविष्य उज्जवल रहेको बताए । उनले भने, ‘पछिल्लो समय सिमसार मासिदै गएका छन्, यसको संरक्षण गर्दै आन्तरिक तथा वाहय पर्यटक भित्र्याउने योजना स्थानीय, प्रदेश र संघीय सरकारले ल्याउनुपर्छ ।’

स्वच्द्ध, सुन्दर पोखरी सहित मिनि चिडियाखानाको रुपमा विकास हुदै आएको बेतनाको क्षेत्रफल कुल १ सय ७४ दशमलव ९१ हेक्टर क्षेत्रफलमा फैलिएको समितिले जनाएको छ । यहाँ विभिन्न चराचुरुङ्गी हेर्न सकिनेमात्र हैन पोखरीमा रहेको बोटिङमा सर्वसाधारण झ्यामिने गरेका छन् । सिमसारको संरक्षण र विकासका लागि ०७५ सालमा गुरुयोजना तयार भएको थियो । सिमसार संरक्षण, जैविक विविधताको संरक्षण र पुरातात्विक क्षेत्रको संरक्षण गर्ने वृहत योजना सहित २० वर्षे गुरुयोजनाको खाका तयार भएको थियो ।

बेतना सिमसार सामुदायिक वनले २०७४÷०७५ देखि ०९३/०९४सम्मको लागि पर्यापर्यटन विकास मार्फत आर्थिक लाभ हासिल गर्ने लक्ष्य राखेको छ । सरकारले सिमसार क्षेत्रको संरक्षणसँगै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य लिए अनुसार स्थानीय सरकार समेत लागि परेको छ ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved