माओवादीका वडाअध्यक्ष सहित एमाले प्रवेश

  • माघ २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा एमालेले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब ८ सय जना एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र धरानको २ वटा वडा कमिटीका अध्यक्ष र पदाधिकारीहरु सहित नेपाली कांग्रेस लगायत अन्य दलका जिल्ला सदस्य देखि वडा सदस्यहरु समेत रहेका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय महासचिव शंकर पोखरेल लगायत पार्टीका नेताहरुले अबिर र रुद्राक्षको माला लगाईदिदै स्वागत गरेका थिए । एमालेको शनिबार धरानमा आयोजित कार्यक्रममा माओवादी केन्द्रको धरान वडा नं १२ र वडा नं १६ का अध्यक्षसहित पदाधिकारीहरु एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा वडा नं १६ का अध्यक्ष हिमाल कार्की, सचिव कैलाश लिम्बुसहित १ सय जना माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका हुन् ।

यस्तै, वडा नं १२ का अध्यक्ष खगेन्द्र लिम्बुको नेतृत्वमा पनि माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । यसैगरि, पुर्वमाओवादी नेता एवं हाल एमाले प्रदेश कमिटी सदस्य पशुपति राई नुलामका अनुसार पुर्व बिग्रेड कमाण्डर सुर्य खड्का, माओवादी केन्द्रका नगर सदस्य राम राई पनि एमाले प्रवेश गरेका छन् ।

माओवादी केन्द्र परित्याग गरि पदाधिकारीहरुसहित एमाले प्रवेश गरेका हिमाल कार्कीले एमालेमा प्रवेश गरे पछि मुलबाटो भेटिएको बताए । उनले सानातिना बाटोहरुमार्फत खोजी गर्न जादा नभेटिएको तर मुलबाटोमा हिडेपछि भेटिएको बताउँदै देशको ठुलो पार्टी एमालेमा आउदा मुलबाटो भेटिएको बताए । उनले भने, ‘आज हामी देशको ठुलो पार्टी एमालेमा, मुलबाटोमा फर्केका छौ, भोली वडा र नगर कमिटीबाट आउने क्रम जारी छ ।’

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved