‘भेडेटारको पर्यटन प्रवद्र्धनका लागि गुरु योजना आवश्यक छ’

  • पुष १४, २०७८
  • कोशीपत्र/संवाददाता
alt

पुर्वकै उत्कृष्ठ पर्यटकीय गन्तव्य बनेको धनकुटा र सुनसरीको सिमानामा रहेको भेडेटारमा विगत ९ वर्ष देखि भारतीय पर्यटकहरुलाई केन्द्रित गरेर फुड फेस्टिवल हुँदै आएको छ । अघिल्लो वर्ष कोरोनाका कारण फेस्टिवल हुन सकेन् । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अंगे्रजी वर्षको अवसरमा होटल एशोसीयशन अफ भेडेटारले फुड फेस्टिवल हुँदै आएको हो । स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्दै पर्यटकलाई आकर्षित गर्न ३ दिन सम्म चल्ने फुड फेस्टिवल यस वर्ष पुष १६ गते देखि १८ गते सम्म आयोजना हुने भएको छ । निजी लगानीमा वर्षेनी फुड फेस्टिवलको आयोजना गरिए पनि सरकारको ध्यान पुग्न सकेको छैन् । भौतिक पुर्वाधारको विकाश गर्न कुनै सरकारको निति तथा कार्यक्रम बन्न सकेको छैन् । भेडेटारलाई सुविधा सम्पन्न पर्यटकीय गन्तव्य बनाउन देखिएका चुनौती तथा आवश्यक्ताका विषयमा होटल एशोसियसनका अध्यक्ष जितेन्द्र रुम्दाली राई सँग गरिएको कुराकानीको सम्पादित अंश ।

● भेडेटारको पर्यटन प्रर्वद्धनका चुनौतीहरु के के छन् ?
भेडेटार एउटा आन्तरीक तथा वाह्य पर्यटकहरुको रोजाईमा पर्दै आएको एउटा रमणीय गन्तब्य हो । यहाँ रमाउन आउने पर्यटकहरुको संख्या बाक्लै छ । यहाँको मुख्य चुनौती भनेको सार्वजनिक पार्किङ स्थल छैन । एउटा राम्रो पार्किङस्थलको व्यवस्था गर्न सके यहाँ आउने पर्यटकहरुलाई थप सहज हुन्थ्यो । त्यसका लागी हामीले स्थानीय तहहरु सँग पहल गरिरहेका छौं । त्यस्तै यो दुई वटा ठुला शहर धरान धनकुटाको संगम स्थल पनि हो । यहाँ स्थित राजमार्ग मुख्य राजमार्ग पनि भएकाले हो यहाँ आउने पर्यटकहरुलाई प्रहरीले अनावश्यक दुःख दिएको गुनासोहरु हामीलाई धेरै आउने गर्छ । सुरक्षाको विषयमा कुनैपनि सम्झौता गर्न हामी तयार छैनौं तर, त्यसलाई व्यवस्थापन गरेर सहज बनाउनु पर्छ भन्ने हाम्रो कुरा हो । व्यवसायीक हिसाबले भन्ने हो भने हामीलाई दक्ष कामदार पाउन गाह्रो छ । पाएपनि वहाँहरुलाई कोभिडको कारण पुरा पारिश्रमीक दिएर राख्न गाह्रो छ । भेडेटार आफैमा प्रकृतीले भरीपूर्ण ठाउँलाई हामी सम्पूर्ण यहाँका स्थानीय सरोकारवालाहरु मिलेर फरक ढङ्गबाट यसको विकास र प्रर्वद्धन गर्न जरुरी छ ।

● कोभिडका कारण यो क्षेत्रमा कति नोक्सान भयो ?
कोभिडको समयमा हामीले अर्बाै रुपैयां बराबरको क्षती व्यर्होनु प¥यो । दुई वर्षसम्म त हामी काम बिहिन भएरै बस्यौं । याँहा रोजगार गरिरहेका सयौं युवाहरुको रोजगार गुम्यो । ठ्याक्कै यतीनै नोक्सान भयो भन्ने तथ्याङक हामीले निकालेका छैनौं । तर, यहाँका एउटा होटलले वार्षीक रुपमा लाखौंको कारोबार गर्ने भएकाले अर्वौं रुपैया बराबरको क्षती व्यहोर्नु परेको आंकलन गरिएको छ । राज्यले पर्यटन वर्ष २०२० घोषणा गरेकाले यहाँका व्यवसायीले थप ऋण लिएर व्यवसाय संचालन गरेका थिए । लगत्तै कोरोनाको महामारी शुरु भयो । व्यवसायीले ऋण तिर्न पाएनन् । बैंकको ब्याज बढेको बढै भयो । त्यसले पनि ठुलो क्षति व्यहोर्नु परेको अवश्था छ ।

● कोभिडका कारण कति व्यवसायहरु बन्द भए त?
यहाँको कुनै पनि होटल व्यवसायहरु बन्द त भएनन् बरु अरु नयाँ व्यवसायीहरु आएर सञ्चालन गरिरहनु भएको छ भने कति नयाँ संरचनाहरु निर्माणको काम भइरहेको छ । बैंकबाट ऋण लिएर भए पनि व्यवसाय बन्द हुन दिइएन् । सरकारले कुनै पनि प्रकारको सुविधा दिएन् । यहाँबाट हजारौं परिवार पालिएका छन् । चाहे त्यो सवारी चालक हुन्, वा सवारी मालिकनै हुन्, उनीहरुको गुजारा पनि यहीबाटै चलेको थियो । यहाँका कृषि उत्पादन बन्द रहे । यसले ठुलो क्षति व्यहोर्नु पर्यो तर व्यवसायहरु बन्द भएनन् । फाट्टफुट्ट आएका आन्तरिक पर्यटकहरुले थोरै भए पनि टिकाएको थियो ।

●सरकार सँग तपाईहरुको माग के छन् ?
अब अहिले देश संघीयतामा गएको छ । ठाउँ ठाउँमा स्थानीय सरकारहरु बनेका छन् । हामीले स्थानीय सरकार सँग सबैभन्दा पहिला एउटा सार्वजनिक पार्किङ स्थलको निर्माणको लागी पहल गरिरहेका छौं । त्यो काम सम्पन्न गर्न सकियो भने यहाँ आउने पर्यटकहरुको संख्यामा वृद्धी हुन्छ साथै हामीले दिने सेवा पनि स्तरीय हुन्छन् । साथै गरिहाल्नु पर्ने अर्काे भेडेटारको पर्यटनको गुरु योजना बनाएर कुन ठाउँमा कस्तो खालको विकास गर्नु पर्ने हो त्यो अनुसार बजेट बनाएर कामको सुरुवात गर्नु पर्ने देखिन्छ ।

● पर्यटन प्रर्वद्धन गर्न तपाईहरुले गर्नु भएको कामहरु के के छन् र भावी योजना कस्तो छ ?
हामीले यहाँको पर्यटन प्रर्वद्धनको लागी वेवसाईट निर्माण देखि लिएर सामाजीक सञ्जाल मार्फत यहाँको अवस्थाबारे हामीले बहिरका मानिसहरुलाई जानकारी दिइरहेका छौं । हाम्रै पहल र अगुवाइमा नमस्ते झरना जाने बाटो निर्माण भएको हो । हामीले प्रचार प्रसार गरेपछि मात्रै स्थानीय सरकार सरोकारवालाहरुले त्यसको प्रर्वद्धनमा काम थालेका हुन् । त्यस्तै गएको साल देखी हाम्रै संयोजनमा यहाँ आउने पर्यटकहरुलाई फोटो खिच्नका लागी विभिन्न जातीका पोशाकहरुको व्यवस्थापन गरेका छौं । हाम्रो योजाा अन्तर्गत तत्काल यहाँका यातायात व्यवसायीहरु सँग छलफल गरेर गन्तब्य स्थल सम्म पुग्नलाई एउटा भाडा दर कायम गर्दैछौं । हामीले त्यसकालागी प्याकेज निर्माण गरेर त्यो काम गर्न हामी लागीरहेका छौं ।
हाम्रै पहलमा विगतको सातौं भेडेटार फेस्टीबलबाट हेलीराइडको सुरुवात गरेका थियौं अहिले कम्पनी आफै इच्छुक भएर सेवा दिइरहको छ । होटल एसोसियसन अफ भेडेटारले आफ्नो स्थापनकाल देखी नै सकृय रुपमा लागीरहेको छ ।

●रात्रीकालीन बजारको लागी तपाईहरुको योजना के छ ?
हामीले त्यस विषयमा धेरै सोचेका छौं । त्यसका लागी पनि सरोकारवालाहरुले त्यसको व्यवस्थापन गर्ने हो भने हामीलाई अनुमती दिने हो भने हामी सेवा दिन तयार छौं त्यसका लागी राज्यले हामीलाई अनुमति दिनु पर्याे ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved