धरान/ कुनै पनि विषयमा अध्ययन गर्ने विद्यार्थीहरुले राम्रो काम गर्ने र आफ्नो सुनौलो भविष्य कसरी निर्माण गर्ने भन्ने विषयमा सोचेका हुन्छन् । यो सपना एमविएस विषयमा अध्ययन गर्ने होस् वा मानविकी, म्यानेजमेन्ट अथवा शिक्षा संकायका विद्यार्थी हुन् उनीहरुको पहिलो उद्देश्य नै राम्रो र धेरै कमाइ हुने ठाउमा जागिर खाने नै हो । तर केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा पोषण विज्ञानमा अध्ययन सकेका विद्यार्थीहरु बेरोजगार बस्नुपर्ने बाध्यता छ ।
यसको प्रमुख कारण हो यो विषयलाई कुन निकाय अन्तर्गत राख्ने भन्ने सरकारी अन्यौलतासंगै अध्ययन गरिसकेका विद्यार्थीका लागि लोकसेवा नखुल्दा पढाइको सदुपयोग गर्न पाएका छैनन् । यसैको कुण्ठा पोषण तथा आहार विज्ञान (न्युट्रिसन) को चार बर्षे डिप्लोमा कोर्ष सकेर बसेका विद्यार्थीहरुले आफूले अध्ययन गरेका केन्द्रीय प्रविधि क्याम्पसमा नै गएर समयमा समयमा पोख्ने गरेका छन् ।
केन्द्रीय प्रविधि क्याम्पसबाट पोषण विज्ञानबाट डिप्लोमा सकिसकेकी मुना बस्नेत अहिले वेरोजगार झै छिन् । पढाई अनुसारको काम नपाउदा उनी के गर्ने भन्ने अन्यौलतामा छिन् । उनी भन्छिन्–‘पोषणलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन शुरु ग¥यो, सरकारले प्रत्येक अस्पतालमा एक जना डाइटिएसन राख्नकै लागि यो विषय शुरु भएपनि अहिलेसम्म त्यो हुन सकेको छैन ।’उनल जुन उद्देश्यका साथ अध्ययन गरेको त्यो अनुरुप नभएको बताइन् ।
यसै कुरालाई लिएर केन्द्रीय प्रविधि क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले समय समयमा आन्दोलनसमेत गर्ने गरेका छन् । केही समय अगाडि न्युट्रेसनका विद्यार्थीहरुले क्याम्पस अगाडि नाराबाजी गर्नुृका साथै एक घण्टा तालाबन्दी गरे । समस्याको समाधान चाडो गरिदिन भन्दै उनीहरुले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र समेत बुझाए । तर अहिलेसम्म यसको समस्याको समाधान हुन सकेको छैन ।
राष्ट्रिय योजनाको प्राथमिकताको सूचिमा परी त्रिभुवन विश्व विद्यालय विज्ञान प्रविधि संस्थान अन्तर्गत नेपालमै पहिलो पटक केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा ०६६÷०६७ देखि पोषण तथा आहार विज्ञानमा स्नातक तहको अध्ययन अध्यापन भइरहेको छ । यहा अध्यन गरेका विद्याथीहरुको अध्ययन सकेपछि नेपालका ठूला अस्पताल, जिल्ला जनस्वास्थ्य तथा तारे होटल लगायत विभिन्न संस्थाहरुमा काम पाउने र बेरोजगार बस्नु नपर्ने भनिए पनि अहिले पोषण विज्ञानलाई केमा समावेश गर्ने भन्ने विषयमा अन्यौलतासंगै लोकसेवा नखुल्दा वेरोजगार हुनुपरेको पोषण तथा आहार विज्ञानका विद्यार्थी चुडामणि पौडेलले बताए । उनले भने–‘सरकारले यस विषयमा केही नगर्दा हामी अहिले अन्यौलमा छौ, हाम्रो भविष्यमाथि नै खेलबार्ड भएको छ, चाडो समाधान गर्न हामी माग गछौं ।’
०६६ सालदेखि शुरु भएको यो विषयमा हालसम्म ५ वटा व्याचले अध्ययन गरिसकेको र अहिले पनि निरन्तता रहेको बताउदै विगतमा २४ जना विद्यार्थी भर्ना लिदै आएकोमा दुई बर्ष अगाडिदेखि यसको संख्या ३० बनाउदै सरकारले अझ वेरोजगारीका संख्या बढाएको पौडेलेको आरोप छ । उनी भन्छन्–‘प्रत्येक बर्ष कोटा बढाउने तर पढाइ सकेकालाई व्यवस्थापन नगर्ने, यसले वेरोजगारीको संख्या बढाएको बढाइ छ ।’
नेपालमा पोषण विज्ञका आवश्यकता अत्याधिक भए पनि सरकारले त्यस्ता ठाउमा उपयोग गर्न नसकेका उनीहरुको गुनासो छ । उनीहरुले नेपालमा ५ बर्ष मुनिका बालबालिकामा ३६ प्रतिशतमा पुड्कोपन, १० प्रतिशतमा ख्याउटेपन, २७ प्रतिशत कम तौल र ५३ प्रतिशतमा रक्त अल्पता छ । उनीहरुले यो समस्यालाई न्यूनिकरण गर्नका लागि नेपाल सरकारको विभिन्न पोषण कार्यक्रम वहुउद्देश्यीय पोषण योजना, मातृशिशु तथा बाल्यकालिन पोषण, किशोरी पोषण लगायतका कार्यक्रम भएपनि यी कार्यक्रमहरुमा पोषण दक्षको उपस्थिति विना हचुवाको भरमा कार्यक्रम सञ्चालन गरेको आरोप लगाउदै यस्ता कार्यक्रममा पोषण दक्ष जनशक्ति राख्न समेत सरकारलाई माग गरेका छन् ।
उनीहरुले हाल यस क्याम्पसमा स्नातक तहसम्ममात्र अध्ययन गराइने भएकोले भविष्यमा एमएसी न्युटे«सन एण्ड डाइटेटिक्स कोष चालु आर्थिक बर्षदेखि सञ्चालन गर्नुपर्ने, हालसम्म कुनै पनि काउन्सिलमा यो विषय दर्ता नभएकोले एनएचपिसी वा उपयुक्त विकल्पको खोजी गरी यो विषयलाई समावेश गर्नुपर्ने, लोकसेवा आयोगमा दरबन्दी सिर्जना गर्नुपर्ने लगायतका क्याम्पस प्रशासन समक्ष विगतदेखि दबाब दिदै आएका छन्