चण्डिका डिस्टिलरीका कामदारद्वारा आन्दोलन गर्ने चेतावनी

  • कार्तिक २९, २०७८
  • "कोशीपत्र संवाददाता"
alt

रंगेली/ श्रम ऐन अनुसार पुर्ण रुपमा सुविधा नपाएको भन्दै रंगेली नगरपालिका ८ स्थित चण्डिका डिष्टिलरीका मजदुरहरुले ९ सुत्रिय माग राख्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
श्रम ऐनमा व्यवस्था गरे अनुसारको पूर्ण रुपमा सुविधाहरु लागू नभएको भन्दै आन्दोलन गर्ने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । उनीहरुले नियमित कामदार तथा कर्मचारीहरु बाहेकका लागि पनि नियमित गर्दै सबै कामदार तथा कर्मचारीलाई वार्षिक बोनस ३ महिना बरावरको खाइ पाई आएको तलव भत्ता सहित दिने व्यवस्था गर्न माग गरेका छन् ।

दशै खर्च वापत ४५ दिन बराबरको खाई पाई आएको तलव भत्ता, श्रम ऐन २०७४ को परिच्छेद ९ मा निर्धारण गरेका सम्पूर्ण विदाहरुका साथै महिलाहरुलाई तीज र जितिया पर्वको थप बिदा यथासिघ्र लागू गर्न पनि माग गरेका छन् । प्रत्येक कामदार तथा कर्मचारीहरुलाई दश लाख सम्मको जीवन विमा, कम्पनीले दिदै आएको कपडा भत्ता रु. २५ सय रुपैयाँ दिदै आएकोमा वृद्धि गरी रु. सात हजारका दर कायम गरियोस, घर भाडा वापत २ सय ५९ दिने व्यवस्था गरियोस्, रात्री सिफ्टमा काम गर्ने कामदार तथा कर्मचारीहरुलाई सि ऐलोन्स स्वरुप मासिक तिन हजार पाँच सय र रात्री भत्ताको व्यवस्था गरियोस्, प्रतिष्ठान स्तरमा ट्रेड युनियन प्रतिनिधिहरुलाई माथिल्लो कमिटिले आयोजना गर्ने बैठक गोष्ठी, सेमिनार तथा वार्ताहरुमा उपस्थित हुनुपर्दा काज विदाको साथै युनियन अफिसको व्यवस्था गर्न माग गरेका छन् ।

यता कम्पनीका प्रमुख रवि केसीले नेपाल सरकारले तोकेको अनुसार ९ हजार ५ सय ५० रुपैयाँ र महंगी भत्ता ५ हजार ४ सय ५० रुपैयाँ गरि मासिक १५ हजार रुपैया तलब सुविधा दिइरहेको दाबी गरेका छन् । हरेक बर्ष आधादिन को तलब १ सय ५९ रुपैयाँ र घर भाडा वापत १० प्रतिशतले ९ सय ५५ रुपैयाँ तथा सञ्चय कोष उत्पादनको २० प्रतिशत को दरले १९ सय १० गरि जम्मा १८ हजार २४ रुपैयाँ पाउने व्यवस्था गरिएको बताए ।

त्यस बाहेक सिलिङ भत्ता डिपार्ट अनुसार फरक फरक दिईरहेको र बेटलिगमा मासिक रुपमा ४ सय ५० रुपैयाँ र बोइलरमा सिफ्ट अनुसार ८ सय ५० देखि १२ सय ५० रुपैयाँ र प्लान्टमा सिफ्ट अनुसार ७ सय ५० रुपैयाँ देखि २४ सय रुपैयाँ समेत दिदै आईरहेको उनले बताए । त्यसैगरी बार्षिक चाडपर्व बिदा पुरुषलाई १४ दिन तथा महिलाहरुलाई १५ दिन र घर बिदा बर्षमा १८ दिन बिरामी बिदा १२ दिन समेत दिदै आईरहेको समेत बताए । उनले भने, ‘हरेक शनिबार बिदा गरि जम्मा ९७ दिन बिदा समेत दिदै आईरहेको छ, जम्मा ३ सय ६५ दिनमा २ सय ६८ दिन काम गरेर १२ महिनाको तलब, दशै पेश्की, बोनस, कपडाको ३ हजार दिदै आईरहेको छ ।’

८ घन्टा भन्दा बडि काम गरे ओभरटईम बापत बेसिक तलबमा १ दशमलव ५ प्रतिशतका दरले दिएको उनको भनाई छ । बोनसको हकमा कम्पनी घाटामा हुँदा समेत १ महिनाको बोनस समेत दिएको र ब्यालेन्स सिट हेरेर बोनस खाउँ भन्दा समेत मजदुरले नमानेको र श्रम ऐन अनुसार दिदा पनि नभएकाले अब कम्पनि बन्द गर्नु बाहेक अरु बिकल्प समेत नरहेको केशीले बताए ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved