‘पर्ख र हेर’ मा इटहरीका मेयर

  • कार्तिक २८, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी/ शुक्रबार बिहान इटहरीका मेयर द्वारिकलाल चौधरीको घरमा बसेर नेकपा समाजवादीका केन्द्रिय अध्यक्ष माधव नेपाल, प्रदेश एकका मुख्य मन्त्री राजेन्द्र कुमार राइ लगायत एक दर्जन नेताहरूले भोज खाएको तस्विरहरू सार्वजनिक भए ।

तस्विर संगै केहि समय पछि मेयर चौधरी सहित थुप्रै एमाले कार्यकर्ताहरू नेकपा एसमा प्रवेश गर्दै भन्ने समाचार बाहिरन थाले जुन एकाएक भाइरल बन्यो । समाचारकै कारण स्थानीय नगरवासी देखि, जिल्ला र प्रदेश हुदै केन्द्र सम्म हलचल मच्चीयो । कुनै समय एमालेका कट्टर मानिने मेयर चौधरी एकाएक माधव नेपालले नेतृत्व गरेको नेकपा एसमा समाहित हुने समाचारले सबै तिन छक्क परे भने एमाले जिल्ला पार्टी कार्यालय सुनसरीमा हलचल नै मच्चीयो ।

केहि समयपछि मेयर चौधरीको सचिवालयबाट हल्ला निराधार र कपोकल्पित भन्ने पुष्टी भएपछि यो काण्ड यतिमै सिमित बन्यो । मेयर चौधरीले पनि आफु तत्काल एमाले नछाड्ने बताएपछि हल्ला निराधार भएको पुष्टि भयो । सुनसरीको बराहक्षेत्र स्थित चतराधाममा हुने महायज्ञको उदघाटन गर्न जाने शिलशिलामा नेकपा एसका अध्यक्ष माधव नेपाल र प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राइ लगायत अन्य नेताहरूलाइ बिहानको अतिथि सत्कार सहित मेयर चौधरीले भोज खुवाएर बिदा गरेका थिए ।

कहाबाट मच्चीयो हल्ला ?
शुक्रबार बिहान नेकपा एस इटहरीको फेशबुक पेजबाट मेयर चौधरी सहित एमालेबाट वडा नं ४ का वडाध्यक्ष चन्द्र प्रसाद भट्टराइ लगायत दजर्नाै एमाले कार्यकर्ताहरू नेकपा एसमा प्रवेश गर्ने भनि पोस्ट भएको थियो । वडा नं ४ का अध्यक्ष भट्टराइले शुक्रबार नै खबर झुटो भएको भनि आपत्ती सहित खण्डन गरिसकेका छन । पोस्ट के आधारमा र कसरी आयो भन्ने विषयमा कुनै रहस्य खुलाइएको छैन ।

मेयरको दुवै हातमा लडडु
वर्षाैदेखि सक्रिय राजनीति संगै बेग्लै पहिचान बनाइसकेका इटहरीका मेयर द्वारिकलाल चौधरी नेकपा एमाले प्रदेश एक कमिटि सदस्य पनि हुन । पछिल्लो केहि महिना यता पार्टी भित्रै अन्तरबिरोध हुन थालेपछि उनी एक्लिदै गएका छन् । कुनै समय जिल्लामा नेतृत्व समेत पाइसकेका नेता तथा मेयर चौधरी अब भने पार्टी भित्रै बिद्रोहमा उत्रिन थालेका छन । उनले जिल्ला देखि प्रदेश कमिटि सम्ममा अमान्य हुन थालेपछि पार्टीभित्रै बिद्रोह गर्दै आएका छन ।

केहि दिन अघि पनि मेयर चौधरीले नेकपा एसका केन्द्रिय नेताहरू संग छलफल गरेको तस्विर उनि आफैले सार्वजनिक गरेका थिए । शुरूमा तस्विर सार्वजनिक हुनु त्यसपछि केन्द्रिय अध्यक्ष सहित नेताहरूको लावा लस्कर उनकै घरमा भेला भएर भोज खानुले मेयर चौधरी नेकपा एस सँग नजिकिन थालेको पुस्टि गर्छ । तर मेयर चौधरी भने तत्काल एमाले नछाडने पक्षमा छन । भोज खुवाइसकेपछि गरिएको प्रश्नमा उनले अतिथिहरूलाइ सामान्य सत्कार गरेर बिदा मात्र गरेको हो पार्टीगत केहि कुरा नभएको बताए ।

उनले भने, ‘म हिजो पनि एमाले हु, आज पनि छु र सधै एमाले नै रहनेछु ।’ यता नेकपा एमाले जिल्ला पार्टी कार्यालय सुनसरीले भने यो हर्कत सामान्य नरहेको बताउँदै आएको छ । जिल्लाका एक नेताले भने, ‘यसको बिषयमा पार्टीले छलफल गर्ला अहिले कहि भन्न सकिदैन ।’
यसैबिच इटहरीका मेयर द्वारिकलाल चौधरीले एक नं प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईलाइ एक ध्यानाकर्षण पत्र बुझाएका छन । प्रदेश सरकारको निती तथा बजेटको बक्तब्यमा समेत परिसकेको तर कार्यन्वयनमा नआएको इटहरीको बृहतर बाहिरी चक्रपथ लगाएतका योजना साथै इटहरीको बिकास निर्माण र समस्याका बारेमा बुँदागत विषयहरू ध्यानाकर्षण गराउदै मुख्यमन्त्री राइलाइ पत्र
बुझाएका थिए । मेयर चौधरीले मुख्यमन्त्री राइलाइ ध्यनाकर्षण पत्र बुझाउदा छेउमै बसेका नेकपा एसका केन्द्रिय अध्यक्ष माधव नेपाल भने हेरेको हेर्यै भएका थिए ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved