‘दलित समुदायका पण्डितलाई सम्मान’

  • कार्तिक २८, २०७८
  • "गोविन्द बस्नेत"
alt

धरान । जातीय विभेद अहिले पनि कायमै छ । मन्दिरमा प्रवेश गर्न खोज्दा हत्या भएका घट्ना पनि सार्वजनिक हुदै आएका छन् । होटलहरुमा पनि दुव्र्यवहार गरेका घट्नाहरु बाहिर सार्वजनिक हुने गरेका छन् ।
एका तिर विभेदपूर्ण समाजका घटनाहरु भइरहेका छन् भने कतै सम्मान पनि भइरहेका छन् । खोटाङ जिल्लाको च्यानडाँडाका ९५ बर्षीय मानबहादुर विश्वकर्मालाई पण्डित कर्म गरैकै कारण एक भव्य समारोहबीच सम्मान गरिएको हो ।

कार्तिक २६ गते पं. विश्वकर्मालाई बराहक्षेत्र नगरपालिका चतरामा प्रथम जगतगुरु पीठमा आयोजना भइरहेको महायज्ञमा सम्मान गरिएको हो । विकलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा जगतगुरु महाराज मोहनशरण देवाचार्यले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् ।
पहाडको दुर्गम गाउँ, विद्यालय स्थापना नहुँदा धुलौटे पार्टीमा बासको सिन्कोले कखरा सिकिसकेपछि सामान्य ज्ञान घरमा प्राप्त गरेका विश्वकर्माले पण्डितको ज्ञान पनि प्राप्त गरेकोले उनलाई सम्मान गरिएको विश्व हिन्दु परिषदका अध्यक्ष देजराज अधिकारीले बताए । उनका अनुसार १२ बर्षकै उमेरमा उनले चण्डी, रुद्री, लगायत अध्ययन गरेका थिए ।

उनले भने, ‘रुद्री, चण्डी मात्र हैन भागवत, देवी भागवत, महाभारत लगायतका वेद समेतका शास्त्रहरुको आर्जन गरेको पाइयो, अध्ययन गर्ने क्रममा विश्वकर्मा विभिन्न क्षेत्रमा, विभिन्न विद्वानसँग संगत गर्न पुगेको देखियो, आफूहरुले उहाँको विषयमा अध्ययन गरिसकेपछि सम्मान गर्न ढिलाई भएको महसुस गरेका थियौ ।’ उनले त्यो समयमा विश्वकर्माले पण्डितहरुसँग सत्संगमा सामेल मात्र नभएर ठाउँ ठाउँमा गएर पुस्तकहरुका संकलन गर्ने अध्ययन गर्ने गरेको पाइएको छ ।

ढिलै भएपनि सम्मान गरिएकोमा नाति गंगा कालिकोटे खुशी व्यक्त गरे । बराह ग्रुप अफ कम्पनीका प्रशासकीय अधिकृत समेत रहेका कालिकोटेले ढिलै भएपनि विश्वहिन्दु परिषद्का अध्यक्ष देवराज अधिकारीको पहलमा सम्मानित हुनु भएकोमा खुशी लागेको बताए । उनले भने, ‘आफू ७÷८ बर्षको उमेर हुँदै हजुरबुबाले असहज परिस्थितिमा अन्य पण्डित सरह एक दलितले ज्ञान आर्जन गर्नुभएकोले ९५ बर्ष पश्चात सम्मान गरेकोमा मलाई धेरै खुशी लागेको छ ।’ त्यो परिस्थिति र अवस्थामा पनि अरु पण्डित सो सरह ज्ञान प्राप्त चानचुने कुरा नभएको उनले बताए ।

उनले भने, ‘मैले थाहा पाएदेखि नजिकका धेरै जिल्लाहरुमा ठूला ठूला पुराणमा सृष्टि ज्ञानको प्रवचन गर्ने काम गर्नुभयो ।’ उनले अहिले पनि हजुरबुबाले मृगाआसन गरेको छाला, नित्यकर्म गरेका पूजाका सामाग्री रहेको बताए । उनले भने, ‘शुरुमा त हामीलाई पूजा मात्र गरेको जस्तो लाग्थ्यो, तर पछि बुझ्दै जादा मात्र ठूलो ज्ञान प्राप्त भएको थाहा भयो ।’ उनले ढिलै भएपनि हजुरबुबाको कामलाई मुल्यांकन गरेर सम्मान गरेकोमा धन्यवाद दिए ।

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

कोशीको करिब ३७ अर्ब ...

विराटनगर/  नेपालका सातै प्रदेश सरकारले आज आर् ...

पाँचथरमा निर्माणाधीन ...

फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेल ...

एस.ई.ई. स्पिकर फाइनल ...

धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved