पुर्ब प्रधानमन्त्री नेपालद्बारा चतराधाममा धार्मिक संग्राहालय बनाउनुपर्नेमा जोड "चतराधाममा ज्ञान महायज्ञको समुद्घाटन"

  • कार्तिक २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र/ पुर्ब प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चतराधाममा नेपालका सबै धार्मिक शक्तिपीठको प्रतिनिधित्व समेटिनेगरी धार्मिक संग्राहालय बनाउनुपर्नेमा जोड दिएका छन् । पशुपतिनाथको देशको रुपमा संसारभर परिचित नेपाललाई धार्मिक केन्द्रको रुपमा बिकास गर्ने सबै धार्मिक स्थलको प्रतिनिधित्व हुने धार्मिक संग्रहालय बन्नु पर्ने र त्यसकालागि जगदगुरु वालसन्त मोहन शरणले नेतृत्व लिनु पर्ने बताए । उक्त संग्राहलय सुनसरीको चतरा उपयुक्त हुने समेत नेपालले बताए ।

प्रथम जगदगुरु पिठ एब् श्री राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठान चतराधामद्वारा जगदगुरु अनन्त श्री विभुषित वालसन्त मोहन सरण देवाचार्य महाराजश्रीको सङकल्पमा र सानिध्यताना आयोजित चतुर्मास व्रत समापनको उपलक्ष्यमा आयोजित श्रीमद भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथि रहेका नेपालले हाल सरकारको पर्यटन मन्त्री आफ्नै पार्टीको भएको बताउँदै चतराधामको कुम्भ मेलालाई सरकारले स्वामित्तव लिन मन्त्रीलाई ध्यानाकर्षण गराउने समेत बताए । नेपालले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई समेत धार्मिक संग्राहलयको लागि आफ्नो तर्फबाट पहल थाल्न कार्यक्रममै ध्यानाकर्षण गराएका थिए ।
नेपालले विश्वभरिका हिन्दूहरुलाई एक पटक नेपाल आउनेगरी धार्मिक क्षेत्रको विकास गर्न सके नेपालको पर्यटनले क्षेत्रले पनि फाइदा लिन सक्ने बताए ।

madhav1

सबै जैविक विविधताहरु हेर्दा नेपाल संसारमै उत्कृष्ट राष्ट्र भएको औँल्याउँदै नेता नेपालले देशलाई माया गर्ने भावना जगाइराख्नुपर्नेमा जोड दिए । जिम्मेवारी बोधको भावनालई बोध गर्ने तथा सत्ताको दम्भको प्रवृत्तिलाई त्याग्न सके मात्र आफ्नो प्रतिष्ठालाई बचाइराख्न सकिने भन्दै प्रमुख अतिथि नेपालले राष्ट्रलाई माया गर्न नसके नेपाली भएको अर्थ नरहने समेत स्पष्ट पारे ।
सबैले देशको प्रतिष्ठालाई उच्च राख्दै आफ्नो देशको गरिमालाई बढानुपर्नेमा नेता नेपालको जोड थियो ।

राजनैतिक कुरा नगरेका नेपालले संङ्केतिक रुपमा नेकपा एमालेका अध्यक्ष केपि ओलि अहङ्कारी र अरुलाई सम्मान गर्ने नसक्ने बताए ।
शुक्रवार चताराधामको आयोजनामा भएको महापुराणको उद्घाटन सत्रमा बोल्दै जगदगुरु अनन्त श्री विभुषित वालसन्त मोहन सरण देवाचार्य महाराजश्रीले कुम्भ नगरी चतराधामको संरक्षण गर्न सरकार लाग्नु पर्ने बताएका थिए ।
कार्यक्रममा प्रदेश नं १ का मुख्य मन्त्री राजेन्द्र राई, नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश नं १ कमिटी अध्यक्ष एव त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरी , नेकपा ९एकीकृत समाजवादी० पार्टीका केन्द्रीय सदस्य केशब तिमिल्सिना लगाएत नेकपा ९एकीकृत समाजवादी० पार्टीका प्रदेस नं १ भरिका नेता एव सासदहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रथम जगदगुरु पिठ एब् श्री राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठानले पुर्ब प्रधानमन्त्री नेपाललाई अभिन्दन एव् ९४ बर्षिय पुजारी मानवहादुर परियारलाई अभिन्दन समेत गरिएको थियो ।

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

कोशीको करिब ३७ अर्ब ...

विराटनगर/  नेपालका सातै प्रदेश सरकारले आज आर् ...

पाँचथरमा निर्माणाधीन ...

फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved