६ वर्ष लाग्यो सेउती खोलाको पक्की पुल बन्न

  • कार्तिक २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पर्याप्त बजेट नहुँदा ढिलाई भएको धरानको वडा नम्बर १५ र वडा नम्बर ४ जोड्ने पक्की पुल ६ वर्ष पछि सम्पन्न भएको छ ।
ग्रामिण क्षेत्रलाई धरान बजार सँग जोड्न २०७२ सालमा पक्की पुल निर्माण शुरु भएको थियो । तत्कालिन निर्वाचन क्षेत्र विकाश कोषबाट विनियोजित बजेट र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानीमा पुल निर्माण थालिएको थियो । तर पर्याप्त बजेट विनियोजन नहुँदा पुल निर्माण सम्पन्न हुन ६ वर्ष लागेको हो ।

१० वर्ष अघि स्थानीयले काठे पुल बनाएका थिए । ६ वर्ष अघि काठे पुल सेउती खोलाको बाढीले बगाए पछि पक्की पुल निर्माण थालिएको थियो । राष्ट्रिय योजनामा समावेश गर्ने प्रतिबद्धता सहित तत्कालिन सांसद मिन विश्वकर्माले ३० लाख रुपैया बजेट विनियोजन गरिदिए पछि काम शुरु भएको थियो । तर राष्ट्रिय योजनामा नपरे पछि ३ वटा पिल्लर मात्रै ३ वर्ष सम्म ठडिएको थियो ।

निर्माण समितीका सचिव तथा वडा नम्बर ४ का वडा सदस्य धन बहादुर कुलुङका अनुसार शुरुवाती ३ बर्ष १५ लाख ४० हजार जनसहभागिता सहित ९७ लाख उपभोक्ता समितिमार्फत खर्च भएको थियो । त्यसमध्ये निर्वाचन क्षेत्र विकास कोषबाट सांसद मीन बिकले २ पटक गरि ४७ लाख र सभासद कृष्णकुमार राई ले ३० लाख उपलब्ध गराएका थिए । यो बजेटले ३ वटा पिलर ठडिएपछि बजेट अभावले निर्माण कार्य प्रभावित भएको थियो । ६ वर्षमा यो पुल निर्माण गर्न कुल ३ करोड ३३ लाख खर्च भएको समितिका सचिव कुलुङले जानकारी दिए ।

सभामुख प्रदिपकुमार भण्डारी, सांसद जयकुमार राई, कार्यवाहक मेयर हुँदा उपमेयर मञ्जु भण्डारी सुवेदीको पहलबाट केन्द्रीय सरकारबाट बजेट विनियोजन भएर ठेक्कामार्फत निर्माण कार्य सम्पन्न भएको पनि सचिव कुलुङले जानकारी दिए । उनका अनुसार संघीय सरकारको भौतिक पुर्वधार मन्त्रालयबाट २ करोड ३६ लाखको ठेक्कामार्फत स्लाब, साइडवाल, बिम लगायतको निर्माण भएको छ ।

मन्त्रालयले उपमहानगरपालिकालाई अख्तियारी दिएपछि टेण्डर गर्दा खाम्पासे निर्माण सेवाले पाएको थियो । पुल निर्माणको सुपरीवेक्षण कार्य भने इटहरीस्थित एलआरडिपिले गरेको थियो ।

पुल तयार भएर हाल यातायात आवत जावत पनि शुरु भइसकेको छ । तर, पुलको औपचारिक उद्घाटन भने बाँकी रहेको पुल निर्माण समितिका सचिव एवं वडा नं ४ का वडा सदस्य धनबहादुर कुलुङले जानकारी दिए । उनले भने, ‘यो पुल तयार भएपछि हामीलाई एकदमै सुविधा भएको छ, हामी वडा नं ४ बासी ज्यादै खुशी भएका छौ ।’ पुल बनेपछि खैरेनीटार, वसन्तटार, दानाबारी, देवी गाउँ, हर्दियालगायत धनकुटा क्षेत्रका बासिन्दालाई पनि जुनसुकै समयमा धरानको मुख्य बजारमा आउजाउ गर्न सक्ने भएका छन् ।

धनकुटाको झण्डी डाँडा ...

 धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिक ...

३३औँ स्थापना दिवसमा ...

इटहरी/  नेपाल प्रेस युनियन सुनसरीले आफ्नो ३३औ ...

शिक्षाविद् गोकुल श्र ...

धरान/  शिक्षाविद् गोकुलप्रसाद श्रेष्ठको आत्मक ...

तराई–मधेसमा श्रद्धाप ...

दुहबी/ सुनसरीको दुहबीसहित तराई–मधेसका विभिन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved