विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश

  • कार्तिक १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

पथरी/ विभिन्न पार्टी परित्याग गरि मोरङको पथरीशनिश्चरे नगरपालिका दुई वटा वडाका ५६ घरधुरी एमाले प्रवेश गरेका छन् ।
पथरीशनिश्चरे न।पा।४ र ७ का विभिन्न पार्टीका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।

नेकपा एमाले नेता बिजय तामाङको नेतृत्वमा शनिबार भएको पार्टी प्रवेश कार्यक्रममा ५६ घरधुरी विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । राप्रपा नेपालबाट लामो समय राजनीति गरेका तथा पञ्चायतीकालमा २ पटक वडा अध्यक्षको कार्यभार समेत समालीसकेका रामकुमार राई र नेपाली काङग्रेसको भातृ सङगठन तरुणदल नेपाल पथरी शनिश्चरे नगर सदस्य भीम राई लगायत नेकपा माओबादी केन्द्रका नेता तथा कार्यकर्ता गरी ११४ जना एमालेमा प्रवेश गरेका थिए।

248992262_3077617279189625_1952818998580422064_n

कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा पथरीशनिश्चरे नगरपालिका नगर प्रमुख दिलीपकुमार राई, विशिष्ट अतिथिहरु प्रदेश कमिटि सदस्य द्वय युवराज बास्कोटा र मोहन तुम्बापो, जिल्ला कमिटि सदस्य द्वय जीवन खतिवडा र भगवतचन्द्र थपलिया, क्षेत्रीय कमिटि सदस्य तथा पथरी शनिश्चरे नगर उप–प्रमुख यमुना बिष्ट बास्तोला, पथरी शनिश्चरे नगर कमिटि सचिव रमेश दाहाल, वडा नम्बर ७ का इन्चार्ज उद्वव बस्नेत, वडा नम्बर ८ वडा कमिटि अध्यक्ष नविन कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा एमाले नगर कमिटि सदस्य तथा पथरीशनिश्चरे–७ नम्बर वडा अध्यक्ष कपिलमणि ढकाल, नगर कमिटि सदस्य तथा नगरकार्यपालिका सदस्य मैनाकुमारी लिम्बु, नगर कमिटि सदस्य कुमारी रोक्का, नगर कमिटि सदस्य श्याम बस्नेत, नगर कमिटि सदस्य प्रकाश कार्की, प्रस्तावित राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि सदस्य तथा ७– नम्बर वडा सदस्य कासीहाङ राई, प्रस्तावित राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटि सदस्य तथा ७–नम्बर वडा सदस्य विरोज मगर, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य तथा नगर कमिटि सदस्य संजीव गिरी–भक्त राई, राष्ट्रिय युवा संघ नेपाल नगर कमिटि अध्यक्ष किसन राई लगायतको आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

249439548_4542121062502691_4428893228647389195_n

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved