यौन शोषण गरेको आरोपमा झापाका एक शिक्षक पक्राउ

  • कार्तिक १२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

झापा/ आफ्नै विद्यालयका एक छात्रालाई यौन शोषण गरेको आरोपमा झापाबाट एक शिक्षक प्रक्राउ परेका छन् ।

झापा अर्जनुधारा–६ का जितेन बस्नेतलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

विर्तामोडस्थित न्यूटन एकाडेमीमा अध्ययनरत् छात्रालाई बस्नेतले केहि समयदेखी फकाइफुल्याई यौन शोषण गरेको आरोप लागेको छ। परीक्षामा सहयोग गर्ने भन्दै शिक्षक बस्नेतले विर्तामोडका विभिन्न होटलमा खाजा खान बोलाएर यौन शोषण गरेको खुलेको प्रहरीले बताएको छ।

पिडित १५ वर्षीया बालिकालाई फेसबुकमा समेत अश्लिल म्यासेज गरेको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो।

बस्नेत असोज महिनादेखि न्यूटनमा कार्यरत् नरहेको प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए। अध्ययनका लागि भारत जाने भनेपछि विद्यालयले बिदा दिएको उनले बताए भनाइ छ।

न्यूटनमा बस्नेत गणित शिक्षकका रुपमा कार्यरत् थिए। उनी कार्यरत् रहँदै विद्यार्थीमाथि यौन शोषण गरेको आरोप छ।

पीडित बालिकाको बुधबार नै स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved