विराटनगरमा पच्चीस तले कम्प्लेक्स निर्माण हुने "महानगर र प्रदेश लागनी प्राधिकरणबीच हस्ताक्षर"

  • कार्तिक १२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगर महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा विराटनगरमा २५ तले व्यापारिक कमप्लेक्स निर्माण गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
विराटनगर वडा न.९ मा रहेको गुद्रीबजार क्षेत्रमा अवस्थित १४ कट्ठा जग्गामा व्यापारिक कमप्लेक्स निर्माण गर्न सम्झौता पत्रमा विहीबार हस्ताक्षर भएको हो ।
महानगरमा कार्यालयमा आयोजित कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत र एक नम्बर प्रदेश सरकारको लगानी प्राधिकरणका निर्देशक डा. सरोज कोइरालाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

परियोजनाको काम आगामी तीन महिनाभित्रै शुरुवात हुने र स्वदेशी लगानी करिब रु ५ अर्बमा निर्माण हुने कार्यक्रममा जानकारी दिइयो । त्यस अवसरमा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले व्यापारिक कम्प्लेक्स निर्माणले विराटनगरको व्यापारिक छविलाई थप टेवा पुग्ने बताए । नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेश १ को राजधानीको रुपमा रहेको विराटनगरमा अन्तर्राष्ट्रियस्तरको व्यापारिक कमप्लेक्स निर्माण हुनु आफैमा सकारात्मक विषय भएको बताए ।

व्यापारिक कम्प्लेक्स ३ वर्षभित्र निर्माण भई सक्ने र यसमा निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियावली,२०७६ मा भएको कानुनी व्यवस्थाको अधिनमा रही परियोजना सम्पन्न हुने बताइएको छ ।

 

पाँचथरमा निर्माणाधीन ...

फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेल ...

एस.ई.ई. स्पिकर फाइनल ...

धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूल ...

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved