हेलचेक्राईले कोरोना संक्रमण कायमै

  • कार्तिक १२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

धरान । कोरोनाको जोखिम अझै पूर्ण रुपमा न्यूनिकरण नभइसकेको अवस्थामा अहिले सर्वसाधारणको हेलचेक्र्याई अत्याधिक बढेको छ । सार्वजनिक स्थलमा जाँदा साधारण स्वास्थ्य मापदण्ड समेत पालना भएको पाइदैन ।

धरानको मुख्य चौक भानुचौक, आसपासमा रहेका विभिन्न पसलहरु, धरान १५ विजयपुरमा रहेका मठमन्दिर तथा कोभिड अस्पताल नै रहेको प्रतिष्ठानमा समेत सरकारले तोेकेको सामान्य मापदण्ड समेत पालना गरेको पाइदैन । बढी भीडभाड हुने क्षेत्रमा सेनिटाइजरको प्रयोग हुन छाडेको छ भने भीडभाड क्षेत्रमा जाँदा सर्वसाधारणले मास्कको प्रयोग समेत गर्न छाडेका छन् ।

सर्वसाधारणको हेलचेक्र्याई बढ्दै गएपछि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत रहन आग्रह गरेको छ । सरकारले जारी गरेको साधारण मापदण्डमा समय समयमा सेनिटाइजर लगाउने, भीडभाडमा मास्क प्रयोग गर्ने उल्लेख भएपनि सर्वसाधारण खुल्लम खुल्ला भीडभाड हुने क्षेत्रमा जाने गरेकाले कोरोनाको जोखिम बढ्दै गएको भन्दै मन्त्रालयले सर्वसाधारणलाई सचेत गराएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोनाको जोखिम अझै रहेकोले सरकारले तोकेको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालययले चाडपर्व पछि कोरोना संक्रमण अवस्था भयावह हुने बताउँदै हेलचेक्र्याई नगर्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।

कोरोना संक्रमणकै बीच यस बर्षको दशै सम्पन्न भएको छ । तिहार नजिकिदै छ । दशैको समयमा मठमन्दिर तथा अन्य सार्वजनिक स्थलमा भीडभाड अचाकली थियो । यसले समेत कोरोना संक्रमण बढाउने चिकित्सकहरु बताउँछन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण सिंहले अझै पनि कोरोना संक्रमण कायमै रहेकोले सचेत हुन आवश्यक रहेको बताए । उनले भने, ‘कोरोनाको जोखिम अझै कायम छ, विशेष गरी बृद्धबृद्धा, बच्चालाई चाडो संक्रमण हुने खतरा छ, सचेत भएर जोगिन आवश्यक छ ।’ उनले कोरोना खोप लगाए पनि संक्रमित देखिएको हुँदा जोगिन आग्रह गरे । उनले भने, ‘कोरोना संक्रमणदर मात्र घटेको हो, अब कोरोना हरायो भनेर कसैले हेलचेक्रयाइँ नगरौ सबै सचेत बनौं ।’

नेपालहरुको महान चाड दशै सकिएको र तिहार नजिकिएको बताउदै डा सिंहले भौतिक दूरी पालन गरी, सेनिटाइजर र मास्कको प्रयोग गरेर तिहार मनाउन समेत आग्रह गरेका छन् ।

कोशीको करिब ३७ अर्ब ...

विराटनगर/  नेपालका सातै प्रदेश सरकारले आज आर् ...

पाँचथरमा निर्माणाधीन ...

फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेल ...

एस.ई.ई. स्पिकर फाइनल ...

धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूल ...

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved