सिंघिया खोलाको पुल जीर्ण: दुर्घटनाको जोखिम उच्च

  • कार्तिक १२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगर र मोरङ कटहरी औद्योगिक क्षेत्रलाई जोड्ने सिंघिया खोला माथिको पुल जीर्ण बनेको छ ।
विराटनगरलाई कटहरी सहित पुरानो जिल्ला सदरमुकाम रंगेलीबाट हुने आउँजाउँ हुने पुल जीर्ण भएका कारण अफ्ठेरो भएको छ । यो पुल हुलाकी मार्गमा पर्ने भएपनि यसको पुर्ननिर्माण र जिर्णोद्धारमा राज्यले चासो दिएको छैन ।

पुलको पिलरको धेरै भाग पानीले बगाएर माथिसम्म आएको छ भने रेलिङ भांचिएको छ । पुलका बीच भागमा परेका ठूलाठूला भ्वाङका कारण सर्वसाधारणलाई आउँजाउँ गर्न र औद्योगिक उत्पादन पार गराउन समेत समस्या हुन थालेको छ । पुल भएर भारतबाट ल्याइने औद्योगिक कच्चा पदार्थसमेत औद्योगिक क्षेत्रसम्म लग्ने गरिएको छ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले पुलको नाजुक अवस्थाका कारण कुनैपनि बेला ठूलै दुर्घटना हुनसक्ने खतरा भएको बताए । “कच्चा पदार्थ बेकेका लहरी आउने र उत्पादित वस्तुसमेत यतैबाट लग्नुपर्ने भएकोले पुलमा जुनबेला पनि दुर्घटना हुनसक्ने जोखिम बढेको छ,” मुन्दडाले भने ।

संघले पुलको यथाशीघ्र जिर्णोद्वार गरिनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल समक्ष ज्ञापन पत्र बुझाएर संघले पुल मर्मतको लागि ध्यानाकर्षण गराएको हो ।

विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली रोड सडक खण्डमा पर्ने विराटनगरको हाटखोला स्थित सिंघिया पुलको नाजुक अवस्थाका कारण कटहरी गाउँपालिका सहित आसपासका क्षेत्रमा संचालित सयौँ उद्योग, कल–कारखानाहरु तथा मोरङका पूर्वी भेगका अधिकांश बजारहरुलाई औद्योगिक नगरी एवं व्यवसायिक केन्द्र विन्दु विराटनगर शहर र विराटनगर भन्सार नाकासँग जोड्न तथा आवागमन गर्न पुलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोले यसको निर्माणमा चासो दिन संघले माग गरेको छ । हालैको बाढीका कारण पुल थप क्षतिग्रस्त भई जर्जर अवस्थामा पुगेको मुन्दडाले बताए ।

यो क्षेत्रमा औद्योगिक÷व्यवसायिक गतिविधिहरु र मालवाहक सवारी साधानहरुको आवागमन चाप अत्याधिक हुने गरेको जनाउँदै हालको जीर्ण अवस्थाको पुलको समयमै जिर्णोद्वार नगरिए निकट भविष्यमै पुल क्षतिग्रस्त हुन गई जनधनको ठूलो क्षति हुन सक्नेतर्फ संघले प्रशासनको ध्यानाकर्षण गरेको छ ।

संघका तर्फबाट शहरी विकास कार्यालय मोरङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,सडक डिभिजन कार्यालय विराटनगरलगायतलाई पनि समस्या अवगत गराइएको अध्यक्ष मुन्दडाले जानकारी दिए ।

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

कोशीको करिब ३७ अर्ब ...

विराटनगर/  नेपालका सातै प्रदेश सरकारले आज आर् ...

पाँचथरमा निर्माणाधीन ...

फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेल ...

एस.ई.ई. स्पिकर फाइनल ...

धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved