इटहरी\ केही दिन अघिको बाढीले क्षति पु¥याएको स्थानमा अवलोकन गर्न आएका प्रधानमन्त्री शेर बहादुर देउवाले राहतको प्याकेज घोषणा गर्छन भनेर इटहरीवासी सहित अन्य स्थानका नागरिकहरु आश्वस्त थिए । प्रधानमन्त्री आउने चर्चा अघिल्लो दिन देखिनै चलेका कारण राहतको अपेक्षा गरेर बसेका थिए ।
आइतबार प्रधानमन्त्री आए, इटहरीको सशस्त्र प्रहरीको पुर्वी मुख्यालयमा उत्रिए, त्यहीबाट आश्वासन दिएर फर्के । राहतको अपेक्षा गरेका नागरिकलाई राहत त बाडेनन्, आश्वासन चै बाडे अनि हेलिकप्टरमा उडे । काठमाण्डौबाट हेलिकप्टर चार्टर गरेर सुनसरी लगायत पुर्वका विभिन्न जिल्लाहरू पुगे । तर उनले काठमाण्डौं पुगेर राहतका प्याकेज ल्याउने आश्वासन दिएर उनी उडे । प्याकेज घोषणा गर्छन भनेर पर्खिरहेका बाढी पिडितहरु भने उनको आश्वासन सुनेर हेलिकप्टरमा उडेको हेरिरहे ।
बाढी पिडितहरूलाइ प्रति परिवार २५ हजार दिने स्थानीय सरकारले घोषणा गरिसकेको छ तर केन्द्रिय सरकार काठमाण्डौं पुगेर राहतको प्याकेज ल्याउने भन्दै आश्वासन दिएर फर्किएको छ । प्रधानमन्त्री देउवाले बाढी पिडितहरूका लागि राहतको प्याकेज त परै जाओस वास्तविक पिडितहरूको पिडा नै नबुझि फर्किएको बाढीपिडितहरुले गुनासो गरे । प्रधानमन्त्री देउवा समक्ष प्रदेश एकका मुख्य सचिव, सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो क्षेत्रमा बाढिले पुर्याएको क्षतिबारे बिवरण पेस गरेका थिए । उनले सबै बिवरण अंगरक्षकलाइ थमाएर आफु काठमाण्डौ पुग्ने बित्तिकै पिडितहरूका लागि तत्काल राहतको प्याकेज ल्याउने आश्वासन दिएर इटहरीबाट बिदा भएका थिए ।
उनले सुनसरीको धरान उपमहानगर, कोशी गाउँपालिका, इनरूवा नगरपालीका र दुहबी नगरपालीकाले बुझाएको क्षति बिवरण सहितको ज्ञापनपत्र पनि हेर्दै नहेरी अंगरक्षकलाइ थमाएका थिए । प्रधानमन्त्रीको हतारोको ब्यवहार देखेर कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारी रूष्ट बनेका थिए । धरानका मेयर तिलक राइले भन्दै थिए, ‘बुझाएको ज्ञापनपत्र कमसेकम पढिदिएर पिडितहरूलाइ सम्बोधन गरिदिएको भए हुने तर कार्यब्यस्तताले भ्याउनु भएन भन्दै चित्त बुझाउँदै थिए । बाढीपिडितहरूकै लागि भनेर काठमाण्डौ देखि हेलिकप्टर चार्टर गरेर इटहरी स्थित सशस्त्र प्रहरी मुख्यालय आएका प्रधानमन्त्री देउवा वास्तविक पिडितहरूलाइ नै नभेटि फर्किएपछि ब्यारेक बाहिर बसेका पिडितहरू हेरेको हेर्यै बनेका थिए । प्रधानमन्त्रीसंग भेट नगरेपनि परैबाट आफ्नो पिडा सुनाउने धोको बोकेर प्रहरी कार्यालय बाहिर बसेका बाढी पिडित तथा कृषकहरूलाई सशस्त्र प्रहरीले गेटबाट छिर्नै दिएन ।
अघिल्लो सरकारले फजुल खर्चलाइ प्राथमिकता दिएको भनि चर्काे आलोचना गर्ने वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि आफै फजुल खर्च तर्फ अग्रसर देखिए । अघिल्लो सरकारका मन्त्रीहरूले फजुल खर्च बढाए भन्दै सदनमा बिरोध गर्ने प्रधानमन्त्री देउवा स्वयमले पनि त्यहि कुरा दोहो¥याएको भन्दै सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ । राहत प्याकेज ल्याउँछौं भनेर आश्वासन दिनकै लागि हेलिकप्टर चार्टर गरेर माथि माथि किन घुम्नु ? आश्वासन दिनकै लागि मात्र सरकारी ढुकुटीको प्रयोग गरेर फजुल खर्च किन ? जस्ता प्रश्नहरू सामाजिक सञ्जालमा आइरहेका छन् । प्रधानमन्त्री देउवा सँगै संघीय सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ र पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि आएका थिए । इटहरी कार्यक्रम सकेर प्रधानमन्त्री सहित अन्य मन्त्रीहरू हेलिकप्टरबाटै बाढी पहिरोबाट पुगेको क्षती अवलोकन गर्न इलाम र पाँचथर पुगेका थिए ।
इलाममा हवाई निरिक्षण
इलाम/ प्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र पाँचथरका बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरिक्षण गरेका छन । केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था निरीक्षण हेलिकप्टरबाट गरेका हुन । प्रधानमन्त्रीले इलामको फाकफोकथुम, माङ्सेबुङ गाउँपालिका र पाँथरको फाल्गुनन्द गाउँपालिकाको हेलिकप्टरबाट निरीक्षण गरेर इलाम र पाँचथर सीमाक्षेत्र राँकेमा संवोधन गरेका हुन । देउवाले माईनगरपालिकाको चिसापानीका पिडितसँग भेट गरेपनि अन्य क्षेत्रमा भने हेलिकप्टर भित्र बसेर निरिक्षण गरेका हुन ।
भेटघाट कार्यक्रममा प्रधानमन्त्रीले बाढीबाट प्रभावित भएका लाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गरेका छन् । उनले आगामी मन्त्रिपरिषदको बैठकमा पीडितका लागि विशेष राहतको कार्यक्रम ल्याउने बताए । ‘काठमाडौं गएर आगामी मन्त्रिपरिषदमा तपाईहरुको लागि दिर्घकालीन राहतको व्यवस्थापन गर्ने भन्दै सरकार तपाईहरुको साथमा रहेको बताए । बाढी पहिरोबाट इलाममा मृत्यु हुनेको संख्या १४ पुगेका छन् भने पाँचथरमा ३० जना रहेका छन् । बेपत्ता भएका इलामको माङसेबुङ गाउँपालिका दुई जना स्वास्थ्यकर्मी अझैभेटिएका छैनन् ।