विवरण माग्दा सुपरिवेक्षकलाई गाली "तीनवटा पालिकामा १ सय २२ जना सुपरिवेक्षक परिचालन"

  • असोज १, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । पर्याप्त दक्ष जनशक्ति नभएकै कारण देशभर बुधबारदेखि सुरू भएको १२ औ राष्ट्रिय जनगणना प्रभावित बनेको छ ।
पहिलो चरण अन्तरर्गत घर तथा घरपरिवार सूचीकरण कार्यक्रम जनशक्ति अभावकै कारण सुनसरीमा प्रभावित बनेको हो ।
देशभर एकै साथ सुरू भएको जनगणनाको पहिलो चरणको कार्यक्रम घर तथा घर परिवारको सुचिकरण गर्न सुनसरीमा बुधबारदेखि नै सुपरिवेक्षकहरू घर घर परिचालित भइसकेका छन ।

राष्ट्रिय जनगणना २०७८ कालागि सुनसरीका तीन पालिकाहरूमा १ सय २२ जना सुपरिवेक्षकहरू खटाइएको छ । पालिका अन्तर्गत धरान उपमहानगरपालिकामा ४८ जना, इटहरीमा ४९ जना र बराहक्षेत्र नगरमा २५ जना गरी १ सय २२ जना सुपरिवेक्षक परिचालन गरिएको राष्ट्रिय जनगणनाको कार्यालय इटहरीका सहायक जनगणना अधिकारी जनक काफ्लेले बताए ।
उनका अनुसार खटिएका सुपरिवेक्षकहरू तोकिएको पालिकाको जनसख्याको तुलनामा ज्यादै न्यून हुन । उनीहरूले पहिलो चरणमा घर घर पुगेर घर तथा घर परिवारको सुचिकरण लिने र कार्यालयमा बुझाउने छन् । भदौ ३० गते देखि सुरू भएको पहिलो चरणको कार्यक्रम आगामी असोज १८ गतेसम्म चल्ने सहायक जनगणना अधिकारी काफ्लेले बताए ।

त्यस्तै पहिलो चरणको कार्यक्रम सकिएलगत्तै पुनःदोश्रो चरणमा गणकहरू नियुक्ति गरी तोकिएको स्थानमा पठाउने र घर परिवारको तथ्याक लिने बताइएको छ । यो कार्यक्रम कार्तिक २५ गते देखि मसिर ९ गते सम्म रहने छ ।

राष्ट्रिय जनगणना २०७८ लाइ सफल बनाउन केन्द्रीय तथ्याक विभागले सुनसरीको दुइ शहरमा जनगणनाको कार्यालय स्थापना गरी काम सुरू गरेको छ । सुनसरीको इटहरी र इनरूवामा कार्यालय स्थापना गरी पहिलो चरणको कार्यक्रम सुरू गरिसकेको सहायक जनगणना अधिकारी काफ्लेले बताए ।

जस अनुसार इटहरी उपमहानगरको २० वटा वार्डमा ४९ जना सुपरिवेक्षक खटाइएको छ भने बराहक्षेत्रको ११ वार्डमा २५ जना र धरान उपमहानगरमा ४८ जना सुपरिवेक्षकहरू खटाइएको छ ।

यो वर्ष इटहरीमा करिब ३६ हजार २ सय १७ धरानमा ३८ हजार ८सय ९३,र बराहक्षेत्रमा २० हजार ३ सय ४३ घर तथा घरपरिवार सूचिकरण हुने अनुमान लगाइएको छ ।

के के छन चुनौति ?

१२ औ राष्ट्रिय जनगणना कार्यक्रम २०७८ सफल पार्न विभागले मातहतका कार्यालयहरूमा पत्राचार गरेपनि समयमै काम सम्पन्न हुनेमा आशका उब्जिएको छ ।

बुधबारदेखि सुरू भएको भनिएको पहिलो चरणको कार्यक्रममा चुनातिहरू थपिएका छन । कम जनशक्तिले तोकिएको मितिभित्र निश्चित क्षेत्रमा रहेका घर तथा घर परिवारको सूचिकरण गरिसक्ने या नसक्ने केही भन्न सक्ने अवस्था नरहेको पाइएको छ । त्यस्तै शहरमा जनगणना सुरू भएको रेडियो तथा विभिन्न सञ्चारमाध्यमहरूबाट जानकारी भएपनि भित्रि गाउँहरूमा सूचना प्रवाह हुन नसक्दा धेरे जसो जनगणना बारे अनभिज्ञ देखिएका छन् ।

स्थानीय मात्र नभइ सुनसरीका जनप्रतिनिधिहरूपनि जनगणनाबारे अनभिज्ञ रहेको बताउँदै आएका छन । इटहरी उपमहानगर ४ का वडाध्यक्ष चन्द्रप्रशाद भट्टराइ जनगणना सुरू भएकोबारे जानकार नभएको बताउछन् । त्यस्तै इटहरी वार्ड न ९ का वडाध्यक्ष भुपेन्द्र बरालले पनि आफ्नो वडाबाट जनगणना सुरू भएपनि आफैलाइ केही जानकारी नै नभएको बताए ।
जनप्रतिनिधि तथा स्थानीय सरकारसँग समन्वय नै नगरी जनगणनाको काम गर्दा समयमा सम्पन्न नहुने हो कि भन्ने आशका उब्जिएको छ ।

सुपरिवेक्षकको आफ्नै गुनासो

यसै गरी सुनसरीको तीन पालिकामा खटिएका १ सय २२ जना सुपरिवेक्षकहरूमध्ये धेरे जसोले घर घर पुगेर घर तथा घर परिवारको सूचिकरण गर्न समस्या भइरहेको बताएका छन । इटहरीमा एउट घरमा तीन पटकसम्म जाँदा पनि सही विवरण दिन नमान्ने , कोरोना त्रास छ अहिले नआउ भनेर पठाउने गरेको सुपरवेक्षकहरु बताउँछन् । उनीहरुले हत्तपत्त ढोकै नखोल्ने, खोलिहाले हामी केही भन्दनौ भनेर बाहिरिने जस्ता समस्या देखिएको बताएका छन ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved