कानुनमन्त्री नै कानुन मिच्दै "प्रहरीकै संरक्षणमा सभा सम्मेलन"

  • भदौ १५, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी/ नेपाल सरकारको गृह मन्त्रालयले कोरोनाबाट जोखिम मानिएका जिल्लाहरूमा निषेधाज्ञा जारी गर्दै मानिसहरूलाइ भिडभाड एवम सभा सम्मेलन गर्न निषेधित गरे पनि सुनसरीमा भने प्रहरी प्रशासनकै संरक्षणमा दैनिक जसो सभा सम्मेलन हुदै आएको छ ।

सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ । सोमबार पुनः भदौ २२ गते सम्मलाई निषेधाज्ञा घोषणा गरेको छ । तर निषेधाज्ञाको अवज्ञा गर्दै बहालवाला मन्त्रीनै सभा सम्मेलनमा सक्रिय भइरहेको छन् । सरकारका प्रवक्ता एवम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की गत भदौ १० गते देखि आफ्नो निर्वाचन क्षेत्र रहेको सुनसरी क्षेत्र नम्बर ४ भित्र पर्ने विभिन्न स्थानमा भिडभाडका साथ कार्यक्रम गरिरहेका छन् । उनी भदौ १२ गते पनि सुनसरीको बिभिन्न स्थानमा भएको सभा सम्मेलनमा प्रत्यक्ष सरिक भएका थिए ।

प्रशासनले मातहतका स्थानीय तहहरुमा कुनै प्रकारको भिडभाड तथा सभा सम्मेलन नगर्न निर्देशन दिइरहेको बेला प्रवक्ता तथा कानुनमन्त्रीनै प्रहरी प्रशासनकै संरक्षणमा कानुन तथा निति नियम विपरित कार्यक्रमहरुमा सरिक हुदै आएका छन । भदौ १० गते मन्त्री कार्की सुनसरीको कोशि टप्पु बन्यजन्तु आरक्षण भित्र आयोजित सभामा सम्बोधन गर्न पुगेका थिए भने सोही कार्यक्रमबाट बिभिन्न स्थानीय तह अन्तर्गत पर्ने सडकहरू शिलान्यास गरेर फर्किएका थिए । उनले कोशी टप्पु बन्यजन्तु आरक्ष पुग्नु अघि बिराटनगर बिमानस्थलमै पत्रकारहरू सँग भेटघाट गरेका थिए ।

त्यसको दुइ दिन पश्चात १२ गते मन्त्री कार्की सुनसरी आएर पुनः सभा सम्मेलनमा सक्रिय रहेका थिए । १२ गते मन्त्री कार्कीले सुनसरीको इनरूवा नगरपालिका हुदै रामधुनि नगरपालिकाको वार्ड नम्बर ४ भित्र बैठार देखी ठाकुरबारी सम्मको कालोपत्रे १८ कि.मी सडकको सिलान्यास गरेका थिए । अघि पछि सुरक्षाकर्मी सहित लामवद्ध सवारीसाधनमा पुगेका उनले सयौ कार्याकर्ताहरू बिच सडक सिलान्यास कार्यक्रममा सहभागि जनाएका थिए ।

त्यस्तै सोहि दिन सरकारी गाडीमा झण्डा फहराउदै मन्त्री कार्की बराहक्षेत्र नगरपालिकाको वडा नं ८ मा निर्माण सम्पन्न भएको पुलको उदघाटन, बराहक्षेत्र ६ स्थित भानु आधारभुत विद्यालयको भवन सिलान्यास र बराहक्षेत्रकै ११ मा एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा समेत दलबल सहित सहभागी भएका थिए । यता नेपाल सरकारकै स्वास्थ्य मन्त्रालयले सुनसरी सहित प्रदेश एकको तिन जिल्लालाइ कोरोना संक्रमणका कारण रेड जोनमा राखेको छ । ५ सय जना सक्रिय संक्रमित रहेका जिल्लाहरूलाइ मन्त्रालयले रेडजोनमा राख्ने गरेको छ । सोहि अनुरूप सुनसरीलाइ पनि मन्त्रालयले खतराको सुचिमा राखेकै बेला सरकारका प्रवक्ता एवम कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की आफै कुनै सुरक्षा मापदण्ड नपनाई सभा सम्मेलनमा सरिक हुदै भएका थिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मन्त्री कार्की सुनसरी आएको जानकारी भएपनि कुनै सभा सम्मेलनबारे जानकारी नआएको बताए । जिल्ला प्रशासनले सोमबार निषेधाज्ञालाई कडाइ बनाउने निर्णय सहित एक साता थप गरेको छ । यस अघि १४ गते सम्म रहेको निषेधाज्ञालाइ थप गर्दै प्रशासनले भदौ २२ गते राति १२ बजे सम्म पूर्याएको छ । यो अवधिमा जिल्ला भित्र कुनै सभा सम्मेलन गर्न नपाइने, धार्मिक कार्यहरू गर्न नपाइने र भिडभाड गर्न नपाइने भएको छ बाँकी सबै यथावत रहेको जनाइएको छ ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved