सप्तकोशीको पानीबोट उपयोग विहीन

  • भदौ १५, २०७८
  • "संगम बिष्ट"
alt

बराहक्षेत्र/ पर्यटन प्रवद्र्धन गर्न सप्तकोशीमा पानीबोट संचालनका लागि प्रदेश नं १ सरकारले १३ लाख रुपैयाको लगानीमा बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ९ लाई पानीबोट दिएको थियो ।

सप्तकोशीमा पानीबोट संचालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य लिए पनि अहिले बोट कोशी नदिमा डुब्दै गएको छ । प्रदेश सरकारको अनुदानको बराहक्षेत्रले दुरुपयोग गरेको छ । बराहक्षेत्रले न त पानीबोटको सदुपयोग गर्न सक्यो, न त कुनै लाभ लिन सकेको छ । कोशी डुब्दै गए पनि स्थानीय सरकारले नदेखे झै गरिरहेको छ । पानीबोट अनुदानमा पाएको २ बर्ष बिति सक्यो तर अहिले सम्म संचालन हुन सकेको छैन् ।

स्थानीय सरकारले संरक्षण गर्न नसक्दा मेसिन सहित बोटनै नदीमा डुब्न थालेको छ ।
पानीबोट हस्तान्तरण सँगै संचालन कार्यविधि बनाएर उपयोग गर्ने भनिएको थियो तर अहिले सम्म बराहक्षेत्र नगरपालिकाले कार्यबिधि बनाउन सकेको छैन् । जसका कारण सन्चालमा आउन नसकेको वडा नं ९ का अध्यक्ष दिपक लिम्बु बताउँछन् । लिम्बूका अनुसार पानिबोट कसरी सचालन गर्ने, प्रकृया, सेवा शुल्क, चालकको नियुक्ति नहुँदा सन्चालनमा आउन नसकेको हो । नगरपालिकालाई पटक पटक जनाकारी र ध्यानआकर्षण गरिरहेको उनले वताए । चाडै नीति नियम र संचालन कार्यबिधि बनाएर समितिको मातहमा रहेर सञ्चालमा हुने वडाध्यक्ष लिम्बूले बताए ।

नेपालमै बनेको माउन्ट मकालु नाम गरेको पानीबोटमा ८ जनाको सिट क्षमता रहेको छ । पानीबोट नदीमा डुब्दै गएको छ तर स्थानीय भने अझै पनि कोशीमा असुरक्षित रुपमा डुङ्गाको माध्यमबाट यात्रा गर्न बाध्य छन् । बराहक्षेत्र नगरपालिकामा रहेको नेपालकै सबै भन्दा ठुलो नदि सप्तकोशीमा यात्रुहरु असुरक्षित भएर यात्रा गर्नु उनीहरुको बाध्यता नै छ । हाल वराहक्षेत्र ६ को शिशौली तारघाट र वडा नं ९ को राजाबास तारघाटबाट दैनिक रुपमा सयौ मानिसरु असुरक्षित यात्रा गर्ने गर्दछन् । डुङ्गामा बाहेक अन्य साधनबाट यात्रा गर्नु स्थानीयको बिकल्प पनि छैन् । वराहक्षेत्र नगरपालिका भित्र पर्ने श्रीलंका टापुका स्थानीयहरु प्रकासपुर, चक्रघट्टि आईपुग्न डुङ्गानै प्रयोग गर्नु पर्छ । उनिहरुको बिकल्पमा उदयपुरबाट घुमेर कोशी पुल हुँदै आउनु पर्छ जुन खर्चिलो छ ।

टप्पुका स्थानीय शम्भु चन्द्रवंसीका अनुसार बजार तथा प्रशासनिक कार्यका लागि डुङ्गानै चढेर चक्रघट्टि प्रकाशपुर आउनु पर्ने बाध्यता छ । नगरपालिकाको केन्द्र, बजार आउने माध्यमको रुपमा रहेको डुङ्गा बाहेक अन्य बिकल्प नभएको स्थानीय रुपचन्द्र चन्द्रवशीले बताए । उनले भने, “चक्रघटी, राजावास हाम्रो बजार हो, यहा उत्पादन भएका सामग्री बजारमा सम्म पु¥याएर बिक्रि गर्न समस्या छ, बिचमा कोशी छ, कोशी तर्न डुङ्गाको विकल्प छैन् जोखिम पुर्ण छ ।”

२०७६ भदौ २१ गते प्रदेश सरकारका तत्कालीन वन, वातावरण, पर्यटन तथा उद्योगमन्त्री जगदिश प्रसाद कुशियतले औपचारिक रुपमा उदघाटन गरेका थिए । मन्त्रीको उपस्थितिमा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिको सहभागीतामा वडा नं ९ को कार्यालयलाइ पानीबोट नगरसँग समन्वय गरि कार्यबिधि बनाएर संन्चालन गर्ने सर्तमा हस्तान्तरण गरिएको थियो ।

 

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved