खोलाको धार परिवर्तन : फोक्लेन टापु जोड्ने झोलुङ्गे पुल जोखिममा

  • भदौ १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । मोरङको लाटि खोलामा आएको बाढिले फोक्लेन टापु जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ ।
केहि दिन यता परेको अविरल वर्षाका कारण खोलाले धार परिवर्तन गर्दै डिल भत्काउन थालेपछि फोक्लेन टापु जोडने झोलुङ्गे पुल जोखिममा परेको हो । खोलाले मोरङको सुन्दरहरैंचा ५ स्थित पुलको डिल भत्काउन थालिसकेको छ भने जोखिम पनि त्यतिकै बढाएको छ । पुलको बिषयमा थप अध्ययन गर्न सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्ण बहादुर घिमिरे सहितको टोलिले अनुगमन गरेको छ ।

स्थानीयबाट बहावले पुल तर्फ कटान गर्न थालेको स्थानीयले गुनासो गर्न थाले पछि रोकथामको काम सुरू गरिएको वडाध्यक्ष रामप्रसाद रिजालले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत डा. घिमिरेले तत्कालका लागि खोलाको बहाव परिवर्तन गर्ने काम गरिएकोमा पुलमा थप क्षति हुन नदिन तारजाली लगाउन आवश्यक रहेको देखिएकाले त्यसतर्फ अघि बढ्ने बताए । मोरङ क्षेत्र नम्बर ६ का सांसद् तथा पूवमन्त्री लालबाबु पण्डितको पहलमा निर्माण सम्पन्न भइ गतवर्ष फागुनदेखि मात्र पुल सञ्चालमा आएको थियो ।

पुल निर्माण भएपछि सुन्दरहरैंचा ५ फोक्लेन टापुका करिव ६० घरपरिवारलाई वडा कार्यालय र नगरपालिका पुग्न सहज भएको छ । यता स्थानीयबासीले समेत तत्काल पुल संरक्षण नगरिए पुल नै बगाउने अवस्था आउने गुनासो गरेका छन् । खोलामा पानीको बहाव बढेसंगै पुल जोखिममा परेको र तत्काल संरक्षणको निमित्त सम्बन्धित सरोकारवालाहरूले कुनै चासो नराखे भोलीको दिन ठुलो क्षति हुन सक्ने वडा सदस्य पर्शुराम घिमिरेले बताए । पुलमा क्षति पुगेको अवस्थामा एकातर्फ स्थानीयलाई आवत जावतमा समस्या हुन्छ भने अर्कोतर्फ राज्यको करोडौंको सम्पती खेर जाने अवस्था सिर्जना हुने देखिन्छ ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved