बिरामीलाई झुक्याउने दश बिचौलिया पक्राउ

  • भदौ १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई राम्रो अस्पतालमा लगिदिने भन्दै बिचौलियाको काम गरेर ठगी गर्ने दश जना पक्राउ परेका छन् ।

“यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन” भन्ने अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्याएर आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि लग्ने बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसरी अस्पताल जान प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न बाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिने उनीहरुको विषयमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, “उनीहरुको सम्बन्धमा थप अनुसन्धान अघि बढाएका छौं ।”
पक्राउ पर्नेमा सुनसरी दुहवी ६ बस्ने बर्ष ५४ को श्रीराम चौधरी, सिरहा–२ बस्ने बर्ष २० को सुर्य नारायण यादव, मोरङ कटहरी गाउँपालिका वडा नं.–३ बस्ने बर्ष ४२ को मो.जलिद, मोरङ विराटनगर महानगरपालिका वडा नं.–७ बस्ने बर्ष १८ को विश्वास मण्डल, वडा नम्बर १४ बस्ने बर्ष २३ को रोशन गुप्ता, वडा नम्बर ४ बस्ने बर्ष १९ को सुजित यादव, वडा नम्बर ५ बस्ने बर्ष २२ को फिरोज रोय, वडा नम्बर ५ बस्ने बर्ष २१ को समिर खान, बर्ष १८ को सरोज खान र वडा नम्बर ३ बस्ने बर्ष १८ को अमित यादव छन् ।
विराटनगरको दुई ठूला हस्पिटल अगाडिबाट १० जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरको नोबेल मेडिकल कलेज र कोशी अस्पताल अगाडिदेखि १० जना विचौलियालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हो ।

नोवेल अगाडिदेखि ७ र कोशी अस्पताल अगाडिदेखि ३ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । नोबेल अगाडि देखि पक्राउ पर्नेमा कृपा फार्मेसीका मोहमद समिर, सुजित यादव, यूनि कियर फार्मेसीदेखि रोशन गुप्ता, दाजुभाइ फार्मेसीका अमित यादव, क्याटलाइसेस फार्मेसीका मोहमद सिराद, एपी फर्मेसीका फिरोज रोय र अलि फार्मेसीका विश्वास मण्डल रहेका छन् । नोबेल अगाडिदेखि पक्राउ परेका फार्मेसीमा काम गर्ने हुन् । यस्तै कोशी अस्पताल अगाडिदेखि श्रीराम चौधरी, सूर्यनारायण यादव र मो.जली रहेको प्रहरीले जनाएको छ । उनीहरू कुन फार्मेसीका हुन् भन्ने खुलेको छैन ।

ठूला हस्पिटल जान लागेका बिरामीलाई बीचमै विभिन्न आश्वासन देखाएर कमिसन पाउने लोभमा पक्राउ परेकाले क्लिनिक र अस्पतालमा लैजाने गरेको एसपी जिसीले बताए । ‘पक्राउ परेकाहरूले अस्पताल अगाडि बसेर विभिन्न बाहाना बनाउने आफू अनुकूलको अस्पताल पु¥याउने र औषधी किन्न पनि आफूले कमिसन पाउने फार्मेसी मै लैजाने गरेको देखिएको छ,’ एसपी जिसीले भने ।

प्रहरीले यसअघि पनि अस्पताल अगाडि बसेर बिरामीलाई विभिन्न आश्वासन देखाउँदै अस्पताल लैजान भूमिका खेल्ने विराटनगर–८ अमरटोलका १८ वर्षीय प्रधुम्न राय र सोही ठाउँका २३ वर्षीय आनन्दकुमार साहलाई पक्राउ गरेको थियो । पक्राउ परेका राय र साह विराटनगरस्थित न्यूरो हस्पिटल अगाडिको ज्ञानु फार्मेसीमा काम गर्ने हुन् । उनीहरूले ठूला अस्पताल आएका विरामीलाई विभिन्न प्रलोभन देखाएर आफू अनुकूलको अस्पताल लैजाने गरेको प्रहरीले जनाएको छ । ‘पक्राउ परेका विचौलियाले अस्पताल आएका बिरामी र आफन्तलाई यो अस्पताल राम्रो छैन । यहाँ कोभिड फैलिएको छ । राम्रो चिकित्सक अन्यन्त्र रहेको भन्दै क्लिनिकमा लैजान खोज्दा प्रहरीले पक्राउ गरेको हो,’ मोरङ प्ररीका प्रवक्ता डिएपी दिपक श्रेष्ठले भने, ‘यो गिरोहले कति बिरामीलाई ठगी गरेर क्लिनिक र सेटिङमा रहेका अस्पताल लग्ने रहेछ । अन्य थप विषय अनुसन्धानपछि प्रष्ट हुनेछ ।’
मंगलबार राती पक्राउ परेका १० जनालाई मोरङ प्रहरीले म्याद थप गर्न लैजाने तयारी गरेको छ । स्रोतले दिएको जानकारी अनुसार प्रहरीले पक्राउ परेका १० जनालाई अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरि अनुसन्धान गर्ने तयारी गरेको छ ।

यता नोबल अगाडिका फार्मेसीले औषधी पसलमा काम गर्नेहरूलाई के आरोपमा पक्राउ परेको प्रहरीले जानकारी नदिएको भन्दै विरोध जनाएका छन् । उनीहरू नोबेल बाहिर फार्मेसी र मोरङ प्रहरी कार्यालय बाहिर भेला भएर फार्मेसीमा काम गर्नेहरूलाई के कारणले पक्राउ गरेको प्रष्ट पार्न माग राखेका छन् ।
यता नोबल अगाडिको आरके क्यापिटल फार्मेसीका संचालक सम्भू मेहताले के कारणले पक्राउ गरेको अहिलेसम्म प्रहरीले कुनै जानकारी नदिएको बताए । ‘पक्राउ गरेको विषयमा जानकारी लिन जाँदा पनि हामीलाई प्रहरीले भन्न मानेको छैन । मंगलबार राती सादा पोशाकमा एक्कासी प्रहरी आयो र नोबेल अस्पतालअगाडि काम गरेर बसेका फार्मेसीका कर्मचारीलाई प्रहरीको भेनमा हालेर लगियो,’ उनले भने, ‘अहिलेसम्म के गरेको विषयमा पक्राउ गरियो त्यो हामीलाई जानकारी दिएकै छैन ।’

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved