समस्याले ग्रस्त इटहरी : आफ्नै तालमा जनप्रतिनिधि

  • भदौ ९, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी/ प्रदेश १ का मुख्य विकशित शहरको रुपमा अघि बढ्दै गरेको इटहरी उपमहानगरपालिका केही समय यता समस्यामा जकडिदै गएको छ । उपमहानगरले बनाएका योजनाहरु अलपत्र हुँदा इटहरीको विकाश उधोगतिमा गइरहेको छ । पछिल्लो एक दशक यता नसोचेको विकासले गति लिएको इटहरी हरेक महिना विभिन्न काण्डका कारण चर्चामा आउने गरेको छ । तीव्र रुपमा शहरीकरणमा विकाश भइरहेको इटहरी पछिल्लो समय पहाडी जिल्लाका सर्वसाधारण, व्यापारी र विद्यार्थीको रोजाइमा पर्दै गएको छ । तर अव्यवस्थीत बजार, कालोबजारी, जस्ता अवैधानिक कार्यलाई निरुत्साहित गर्न उपमहानगरपालिका नलाग्दा भविष्यनै विकराल बन्ने सम्भावना देखिएको छ ।

प्लास्टिकमुक्त शहर नारामै सीमित

दश वर्ष अघि प्लास्टिक झोलामुक्त शहरको रूपमा घोषणा भइसकेको इटहरी अहिले जताततै प्लास्टिक र फोहरमैलाले थुप्रिएको शहरको नाममा दैनिक बदनाम हुदै गएको छ । प्लास्टिकमुक्त घोषणा भएको एक वर्ष कडाइका साथ पालना भएपनि पछिका वर्षहरूमा निरन्तर कार्यान्यवन हुन नसक्दा अहिले खुलेआम प्लास्टिकका झोलाहरूको किनबेच हुने गरेको पाइएको छ ।

वातावरणमा नकारात्मक असर पर्नुका साथै मानव जीवनमा समेत घातक हुने निस्कर्ष सहित इटहरीलाई प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गरिएको थियो । तर, अहिले साना किराना पसलदेखि ठूला व्यवसायी सम्मले प्लास्टिकका झोला निर्वाध रुपमा बेचिरहेका छन् । बजार अनुगमनकै क्रममा पनि प्लास्टिकका झोलाहरू बरामद हुदै आएका छन । त्यस्तै सार्वजनिक स्थल र कार्यालयहरूमा समेत प्लास्टिकका सामग्रीहरुको खुलेआम प्रयोग भइरहेको छ । स्थानीय सरकारले पटक पटक बजार अनुगमनमा कडाइ गरेपनि प्लाष्टिकका झोला प्रयोगमा रोक भने लगाउन सकेको छैन ।

मौलायो कालोबजारी
अहिले इटहरी बजारमा खाद्यान्न तथा लत्ता कपडा एवम जुनसुकै व्यवसायमा हेर्ने हो भने कालोबजारी व्यापक समस्याको रूपमा देखा
परेको छ । हालै भएको इटहरी बजार अनुगमनमा पनि एउटै खाद्यान्नको मुल्य पसलै पिच्छे फरक फरक भेटिएको थियो भने म्याद सकिएको बस्तुमा नयाँ रेटको स्टिकर टासेर बिक्रि गरेको समेत फेला परेको थियो । एउटै खाद्यान्नको मूल्य पसलै पिच्छे फरक फरक भेटिने गरेपनि सम्बन्धित निकायले मूल्य निर्धारणका लागि कुनै कदम चालेको छैन । इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बजार अनुगमनको क्रममा यो बिषयप्रति व्यवसायीहरुलाई सचेत गराइएको दावी गरेकीछिन् ।

खाना पकाउने ग्यास भण्डारणमा बेथिती
इटहरीको अर्को समस्या भनेको अव्यवस्थित ग्यास भण्डारण पनि हो । पटक पटक बजार अनुगमन त हुन्छ तर, अहिलेसम्म एक पटक पनि आवाज उठ्न सकेको छैन । ग्यास उद्योगहरूले भण्डारण नीति बनाएका हुन्छन् । तर, व्यपारीहरूले त्यो नीति अझै व्यवहारमा उतार्न सकेका छैनन् । ग्यास भण्डारण गर्दा मानव बस्ती नजिकै गर्न पाँइदैन । तर, नगरपालिकाको फितलो अनुगमनका कारण व्यवसायीहरुले जथाभावी ग्यास भण्डारण गरीरहेकै छन् । हरेकजसो पसलले सडक पेटीमै ग्यास सिलिण्डर राखेर बिक्रि गरीरहेका छन । व्यवसायीहरूले मुख्य राजमार्गकै अघि भरिएका सिलिण्डरहरू बिक्रिका लागि राख्ने गरेका छन । कारणवस कुनै दिन एउटा मात्र ग्यास लिक भए इटहरीले ठुलो क्षति बेहोर्नुपर्ने खतरनाक अवस्थालाइ स्थानीय सरकारले मध्यनजर गर्न सकेको छैन ।

अव्यवस्थित बजार
इटहरीमा दर्ता नगरी व्यवसाय सञ्चालन भइरहेका छन् । २० वटा वडाहरूमा झण्डै ३० हजारको हाराहारीमा व्यापार व्यवसाय सञ्चालन हुँदै आएका छन् । तर, उपमहानगरमा भने ७ हजार मात्रै व्यवसाय दर्तामा रहेका छन । करिब २ लाख २० हजारको हाराहारीमा जनसंख्या रहेको इटहरीमा ३५ हजार ८ शय ६५ घरधुरी रहेका छन् त्यसमध्ये पनि अधिकांस एउटा न एउटा ब्यवसाय गरिरहेकै भेटिन्छन । यसरी व्यवसाय दर्ता नै नगरी सञ्चालन भइरहँदा राज्यलाई करोडौंको नोक्सानी भइरहेको छ । राज्यलाई कर नतिरी, व्यवसाय दर्ता नगरी सञ्चालन हुँदा पनि सरोकारवाला निकायले व्यवसायीलाई कानूनी दायरामा ल्याउन चासो देखाएको छैन ।

सडक बालबालिका व्यवस्थापन
बिगतमा सडकमा भेटिएका प्लाष्टिक र पुनः प्रयोग गर्न सकिने सामान संकलन गरेर जिविकोपार्जन गर्ने सडक बालबालिका अहिले चोरी र अपराधिक गतिविधिमा संलग्न हुन थालेका छन् । अहिले उनीहरुको संख्या पनि दिन प्रतिदिन थपिने क्रममा छ । बजार क्षेत्रमा दिउँसै सर्वसाधारणको हातबाट पैसा खोस्ने, राति चोरी गर्नु सडक बालबालिकाको सामान्य दैनिकी बनेको छ । यिनीहरूको व्यवस्थापन गर्ने सरकारी तथा गैर सरकारी संस्था इटहरीमा भएपनि उनीहरुको प्रभावकारी ब्यवस्थापन हुन सकेको छैन ।
अघिल्लो वर्ष नेपाल सरकारको सामाजिक बिकास मन्त्रालयले देशभर सडक मानवमुक्त देश बनाउने भनि घोषणा गरेपनि कार्यान्वयन पक्ष फितलो देखिदा समस्या ज्युँका त्युँ रहेको छ ।

सुस्त मनस्थितिको समस्या पनि उत्तिकै
पछिल्लो समय इटहरी प्रदेश एकको ब्यापारी केन्द्र मात्रै नभइ सुस्त मनस्थिति भएका व्यक्तिको गन्तब्य बन्न थालेको छ । मुख्य सडक र बजार क्षेत्रमा सुस्त मनस्थिति भएकाहरुका विभिन्न गतिविधिका कारण सर्वसाधारणलाई हिडडुल गर्न समस्या हुने गरेको छ । सरकारले अघिल्लो वर्ष नै सडकमानव मुक्त बनाउने भनि केहिलाइ ब्यवस्थापन गरेपनि इटहरीमा दैनिक १० देखि १५ जना सुस्त मनस्थिति भएकाहरू भेटिने गरेका छन । इटहरी उपमहानगरका प्रमुख मेयर द्वारिकलाल चौधरीले समस्या केहि महिना पछि सबै समाधान हुने बताए । कोरोना संक्रमणको कारण सिंगो शहर ग्रस्त बनेको कारण बनाइएका महत्वपुर्ण योजनाहरू तोकिएको समयमा सम्पन्न हुन नसकेको बताए । सडक मानवलाइ ब्यवस्थापन, प्लास्टिक झोला नियन्त्रण र सडक बालक ब्यवस्थापनमा उपमहानगर तत्पर रहेको उनले बताए ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved