‘मानवीय भावना जागृत गराएका छौं’

  • भदौ ८, २०७८
  • कोशीपत्र/संवाददाता
alt

होप धरान के हो ?

होप धरान मानवतालाई फर्काएर ल्याउनुपर्छ भनेर अभियान संचालन गरेको संस्था हो । ठुलो संस्था होइन्, कुनै जात, धर्म, दल विशेष छैन् । सबैको अनुहारमा मुस्कान ल्याउने प्रयत्न हो, असहाय, गरिब, दुखीको अनुहारमा खुशी ल्याउने कोशिष मात्रै हो । त्यही अभियान हो होप धरान । हामी संग करिब ४५ जना सदस्य हुनुहुन्छ । चाडै नै यसले आधिकारिक रुपमा टिम पाउने भएको छ । कोरोना महामारीका कारण दर्ता प्रक्रिया ढिलो भएको थियो । अहिले दर्ता भइसकेको छ ।

विगत तिन वर्ष देखि सामाजिक अभियानमा हुनुहुन्छ, कस्तो अनुभव रह्यो ?

सबै भन्दा ठुलो कुरा आत्मसन्तुष्टी छ । तिन वर्ष अघि सडक मानवलाई एक छाक खाना खुवाउन शुरु गरेको थियो । पछि लकडाउनमा धरान उपमहानगरपालिका सहित विभिन्न संघसंस्थाहरुको समन्वयमा सडक मानवहरुलाई क्वारेन्टाइनमा राख्न थाले पछि सबै खानेकुराको सहजीकरण गर्यौं । उनीहरुको आवश्यकता अनुसार सहयोगी हात सँग समन्वय गरेर काम गर्यौं । मानवता भन्ने के रहेछ भन्ने महशुष हुन थाल्यो, मरेर लानु केही छैन्, हरेर नागरिकलाई सामाजिक दायित्व भन्ने कुरा बुझाएको छ । होप धरान मार्फत धरानले सहयोगका लागि हात बढाउन प्रेरित गरेको छ । धेरै संस्थाहरु जन्मिएका छन, सामाजिक कार्यका लागि युवाहरु सकारात्मक रुपमा लागेका छन् । समाजमा अर्काको लागि केही गर्नुपर्छ, अरुलाई बचाऔं भन्ने भावना युवाहरुमा जागृत गराएको छ ।

महामारीको समयमा नागरिकको अवश्था कस्तो भेटियो ?

हामीले हेर्ने धरान र वास्तविक धरानमा धेरै फरक छ । धरानमा हाइलाइट हुने ठाउँलाई मात्रै हेरिएको छ । तर धरानमा गरिबीको रेखामुनी पनि बस्ने मान्छेको संख्या ठुलो रहेछ । उनीहरु महामारीले धेरै त्रसित छन् ।
गरिबीको रेखामुनि बसेका प्रतिशत ठुलो छ । नागरिकहरु ठुलो पिडा र समस्यामा बसेका छन् । जुन चै जनप्रतिनिधीलाई पनि थाहा नपाएको अवश्था छ । सुगुरको खोरमा, बाख्राको खोरमा जिवन यापन गरिरहेको छन् धरानकै वरिपरी । जनप्रतिनिधीलाई सुनाउदा उहाँहरु नै अचम्म मान्ने अवश्था छ । २५ वर्ष देखि बिजुली बत्ती नबालेको परिवार पनि धरानमै रैछन् ।

hope dharan sahayog

महामारीमा नागरिकले पाउने स्वास्थ्य उपचारमा पहुँच कस्तो पाउनु भयो ?

नागरिकहरुले सामान्य मास्क पनि नपाएको अवश्था छ । जनचेतनाको अभाव छ । आम मानिसमा कोरोना महामारीको विषयमा चेतना नै छैन् । मास्क नै लगाउनु पर्दैन भन्ने मानिसहरु पनि भेटिए । जबरजस्ती मास्क लगाउनु पर्छ भन्नु पर्ने अवश्था छ । हेल्थ पोष्टहरुमा स्वास्थ्य सुरक्षाका सामग्रीको समेत कमी भएको भेटियो ।

स्थानीय सरकारको भुमिका कस्तो थियो ?

स्थानीय सरकारको भुमिका एक दम कम नै हो । बजारमा त ठिकै छ, तर भित्रि ठाउँमा स्थानीय तहको उपस्थिती न्युन छ । मास्क नलाउने, भिडभाड हुने, स्वास्थ्य सुरक्षा नपनाएको भेटियो । वडाहरुको भुमिका पनि धेरै नै कम रहेको भेटिएको छ । जनचेतनाको अभाव धेरै ठाउँमा छ । जनप्रतिनिधीहरुको सक्रियता नभएको देखिन्छ । चुनावमा मात्रै उहाँहरु जनताको दुख सुन्ने तर निर्वाचित भइसके पछि पछाडि फर्केर नहेरेको अवस्था छ ।

कसरी सहयोग गरिरहनु भएको छ ?

दोस्रो कोरोना संक्रमण शुरु भए पछि विपन्न परिवारलाई अक्सिजन सिलिण्डर वितरणलाई प्राथमिकता दियौं । उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्न पनि नसक्ने परिवारलाई उनीहरुलाई निशुल्क घर घरमै पुर्याउने काम गरिरहेका छौं । प्रतिष्ठानमा निशुल्क उपचार हुन्छ भन्ने कुरा थाहा नपाउँदा खर्चको कारण जान नसक्ने अवश्थामा रहेका परिवारलाई घरमै अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिएका छौं । चौबिसै घण्टा अहिले पनि अक्सिजन सिलिण्डर दिइरहेका छौं । करिब २ सय घर परिवारलाई अक्सिजन सिलिण्डर घरमै पुर्याइदिएका छौं । अहिले ठुलो समस्या भनेको अक्सिजन सिलिण्डर पुर्याउनु छ, यत्तिका दिन सम्म पनि हामीले सहयोग गरिरहँदा स्थानीय सरकारले कुनै सहयोग पाइएको छैन् । बरु बाहिरका संस्थाहरुले अक्सिजन सिलिण्डर उपलब्ध गराईदिएका छन् ।

रिफिलिङको लागि पनि सहयोग आएको छ, कसैले सेवाग्राहीले आफै भरेर ल्याइदिने गर्नु भएको छ । त्यसमा अक्सिजन मास्क, रेगुलेटर लगायतका सामग्रीको चै पैसा लिने गरेका छौं, जतिमा किनेर ल्याउँछौं, त्यतीमै दिने गरेका छौं । तर गरिब दुखीहरुलाई चै पुरै निशुल्क दिएका छौं । अहिले सक्रिय रुपमा लागि रहेको भनेको ब्लड डोनेसनमा पनि छ । महामारीका कारण रक्तदान कार्यक्रमहरु हुन नसक्दा ब्लड बैंकहरुमा रगतको अभाव बढ्न थाले पछि सबै तिर समन्वय गरेर ब्लड डोनेसनका लागि सहजीकरण गरिरहेका छौं । डोनरहरुलाई काउन्सिलिङ गरेर ब्लड डोनेसन गर्न उत्प्रेरित गरिरहेका छौं । ब्लड बैंकमै गएर स्वयंसेवकको रुपमा पनि खटिरहेका छौं । विभिन्न आश्रमहरुमा खानाको व्यवस्थापन मात्रै नभई उनीहरुको आवश्यक्तालाई बढी प्राथमिकता दिएका छौं । अहिले धरान मात्रै नभई दुहबी, पकली, इटहरी सम्म सहयोगका लागि समन्वय गरिरहेका छौं ।

आर्थिक मेनेज कसरी भइरहेको छ ?

शुरु शुरुमा चै होप धरानका सदस्यहरुबाट संकलन गरेर चलायौं । विगत ३ वर्ष देखि निरन्तर अहिले सम्म गरिरहेका छौं । पछिल्लो समय संस्थाले गरेको कार्यबाट प्रभावित भएर देश विदेशबाट सहयोग आइरहेको छ । हामीले १ हजार र २ हजारको प्याकेज बनाएको छौं । कसैको स्मृतिमा वा खुशियालीमा सहयोग गर्न चाहनेहरुले राहत स्वरुप बजेट हेरेर प्याकेजको व्यवस्था गरेका छौं । दाताहरुको इच्छा अनुसारको प्याकेज बनाएर राहत वितरण गर्छौ ।

आर्थिक पारदर्शिता प्रश्न पनि उठ्ने गरेको छ ?

हामीलाई उपलब्ध हुने सहयोगहरु सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छौं । अहिले संस्था दर्ता गरिसकेका छौं, समाज कल्याणमा पनि दर्ता गर्दैछौं । अहिले सम्म आएका सहयोगहरु सामाजिक संजाल मार्फत सार्वजनिक गर्ने गरेका छौं । कुनै डोनरले दिएको सहयोग आउँदा पनि सार्वजनिक गरेका छौं, सहयोगबाट राहत दिइसके पछि सामाजिक संजालमा सार्वजनिक गरेका छौं ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved