गलत डिजाइनले भत्कियो सेल्फी रोड

  • साउन २९, २०७८
  • "गोविन्द बस्नेत"
alt

धरान/ भौगोलिक अवश्थाको परिक्षण नगरी बनाइएको विजयपुरको सेल्फी रोड सामान्य वर्षाले पनि भत्काइदिएको छ ।

धरान १ रेडक्रस देखि धरान १४ विजयपुर चौकसम्म पुग्ने सडक बुधबार राति आएको सामान्य बर्षाले भत्काएको हो । सडक निर्माणसंगै सेल्फी रोडले परिचितसडक रेडक्रसको घुम्तीदेखि माथिको सडक भत्किएको छ । भौगोलिक अवस्थाको परीक्षण नभई बनेको सडक भएका कारण भत्किएको हुन सक्ने स्थानीयहरु बताउँछन् ।

पाँच महिना अगाडि निर्माण सम्पन्न भएको सडकको भौगोलिक अवस्थालाई ख्याल नगरी निर्माण गरिएकाले पहिरो गएको धरान १३ का स्थानीय रमेश अधिकारी.बताउँछन् । उनले निर्माणसंगै अनुगमन नहुँदा समस्या आएको उनको भनाई छ ।

रेडक्रसदेखि आदिवासी जनजातिको संंग्राहालय, केन्द्रीय प्रविधि क्याम्पस हुदै विजयपुरचौक सम्मको करिब २ किलोमिटरको कालोपत्रे नै सम्पन्न भइसकेको पाच महिना अगाडि सम्पन्न भएको थियो । सडक छेउैमा भिरालो जमिन भएका कारण सडक गुणस्तरीय भएपनि भौगोलिक अवस्थालाई नबुझी सडकको तलतिर कुनै सपोर्ट नभएका कारण सामान्य बर्षाले पनि सडक भत्काउने जोखिम बढेर गएकोस्थानीय लक्ष्मण भट्टराईले बताए ।

आर्शिवाद निर्माण सेवा उदयपुरका ठेकेदार केशर बुढाथोकीले सडकको डिजाइननै गलत भएका बताए । उनले भौगोलिक अवस्थालाई नहेरी डिजाइन बनाएकोले डिजाइन सुधार्न पटक पटक आग्रह गरेको बताए । उनका अनुसार दुई बर्षभित्रमा करिब २ किलोमिटरको सडक निर्माण ५ महिना अगाडि नै सम्पन्न गरिसकेको बताए । निर्माणको क्रममा अवरोध धेरै आउँदा निर्माण सम्पन्न गर्न अझ ढिलो भएको उनको भनाई छ ।

विकासका नाममा भौतिक पूर्वाधार निर्माण गर्दा भौगोलिक अवस्थालाई धेरै स्थानीय तह तथा प्राविधिकहरुले विचार नपु¥याउने गरेकै कारण संरचनाहरु जोखिममा छन् । तीन करोडको लगानीमा निर्माण सम्पन्न भएको सडक भौगोलिक पूर्वाधार नहेरी बनाइएको ठेकेदार कम्पनी, स्थानीयहरुले आरोप लगाएका छन् । निर्माण सम्पन्नमात्र ठूलो कुरा होइन, निर्माणसंगै गुणस्तरीय छ कि छैन भन्ने कुरालाई पनि सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ ।

road road-1

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved