"एस.इ.इ. स्पिकर धरान-२०७८" काे फाइनलमा ७ जना पुगे
- साउन ११, २०७८
- "कोशीपत्र/संवाददाता"
माध्यमिक शिक्षा परीक्षा(एस.इ.इ.) दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर -याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको "एस.इ.इ. स्पिकर धरान-२०७८, सिजन-१" अन्तर्गत सनिबार भएको सेमिफाईनल बाट उत्कृष्ट ७ जना छनोट भएका छन।
धरान उप-महानगरपालिका १३ नम्बर वडा कार्यालय परिसरमा रहेको ज्येष्ठ नागरिक तथा वडा बाल सन्जालको हलमा भएको सेमिफाईनलबाट फाईनलमा प्रबेस गर्नेहरुमा चन्द्र सन्स्कृत मा.बि.का दिपेन भण्डारी, शारदा बालिका नमुना मा.बि.का रेजिना बि.क., शिक्षा सन्देस आवासिय मा.बि.का मौसम पराजुली, ज्वालामुखी मा.बि.का अन्कित ढुङ्गाना रहेका छन।त्यस्तै अन्य फाइनलमा प्रबेस गर्नेहरुमा सरस्वती मा.बि.का अभिषेक राई, पब्लिक मा.बि.फुश्रेका बिनोद काफ्ले र हिबिस्कस बोर्डिङ स्कुलका सदिक्षा राई रहेका छन।गत श्रावण २ गते भएको पहिलो चरणबाट २३ जना सहभागी मध्ये उत्कृष्ट १५ जना सेमिफाईनलमा प्रबेस गरेका थिए।
"सामाजिक सन्जालले बिद्यार्थीलाई पारेको प्रभाव" शिर्षकमा अधिकाम्स सहभागिहरुले सामाजिक सन्जालको सदुपयोग गर्दा धेरै राम्रो र सकारात्मक प्रभाव परे पनि आजभोली दुरुपयोग धेरै हुन थालेकोले बिद्यार्थीलाई नकारात्मक प्रभाव पारी गम्भीर प्रकारका दुर्घटना निम्त्याएको बताए।प्रा.लि.का प्रबन्धक हिमाल कार्कीको अध्यक्षतामा भएको प्रतियोगिताका निर्णायकहरुमा कोशिपत्र राष्ट्रीय दैनिकका सम्पादक एबम महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक राजेस बिद्रोही र समता स्कुल इटहरीका शिक्षक जे.पि.काफ्ले रहेका थिए।
प्रतियोगिताको बिजेताले नगद ८ हजार रुपैया सहित राजधानी स्थित जेभियर इन्टरनेसनल कलेजमा प्लस टु अध्ययनका लागि पुर्ण छात्रबृत्ती पाउने छ्न भने धरानमा अध्ययन गरेमा यु.एन.नबोदय कलेजमा पुर्ण छात्रबृत्ती पाउने छन।फष्ट रनर अपले ५ हजार रुपैया नगद सहित जीभियरमा ५०% छात्रबृत्ती पाउने छन भने धरानको धरान मेघा कलेजमा ५०% छात्रबृत्ती पाउने छन।त्यस्तै सीकेण्ड रनर अपले ३ हजार रुपैया नगद सहित जेभियर कलेजमा ३०% छात्रबृत्ती पाउने छन भने धरानमा अध्ययन गरेमा सुनाखरी एकेडेमिमा ३०% छात्रबृत्ती पाउने छन।यसैगरी बेष्ट डिडिप्लिन र बेस्ट पब्लिक चोइसको उपाधी प्राप्त गर्नेलाई सियोन स्कुलमा प्लस टु अध्ययनको लागि ४०% छात्रबृत्ती पाउने छन।
त्यस्तै पहिलो र सेमिफाइनलबाट बाहिरिएका सहभागिहरुलाई पनि प्लस टु अध्ययनका लागि धरानका कलेजमा २५% छात्रबृत्ती प्रदान गर्ने ब्यबस्था गरिएको कार्यक्रम सम्योजक एबम प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।महामारीको समयमा लामो समय देखि घरमा बसेका बिद्यार्थीको ब्यक्तित्व र नेतृत्व बिकास गराउने उद्येस्यले प्रतियोगिताको आयोजना गरेको कार्कीले जानकारी दिए।एस.इ.इ. दिएर बसेका विद्यार्थी लाई यश अघि ब्युटी प्याजेन्ट सम्बन्धी प्रतियोगिता आयोजना गरिए पनि "एस.इ.इ.स्पिकर" नाम दिएर यस्तो प्रकारको प्रतियोगिता भने नेपालमै पहिलो भएको प्रा.लि.का अध्यक्ष कार्कीले दाबी गरे।
प्रतियोगीताको फाईनल श्रावण तेश्रो हप्ता हुने आयोजकले जनाएको छ।फाईनल राउण्डका लागि १०० पुर्णान्क मध्ये दिइएको शिर्षकमा ७५ अन्क र फिल्ड भिजिट गरेर अवलोकन गरि २५ अन्क प्रदान गरिने समेत आयोजकले जनाएको छ। उत्कृष्ट ७ जनालाई जीवन उपयोगी शिक्षा,आधारभुत पत्रकारिता, ब्यक्तित्व बिकास, तनाब ब्यबस्थापन, करियर निर्माण, साइबर अपराध, डाइनिङ एटिकेट, पर्टन आदि सम्बन्धी बन्द प्रशिक्षण गराइने कार्कीले जानकारी दिए। समाजसेवी गङ्गा प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का अध्यक्ष एबम अध्यापक सुरेन्द्र घिमिरे, नेपाल बसोबास बस्ती सम्रक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की, पुर्वान्चल बागिना कलाकेन्द्र धरानका अध्यक्ष एबम गायक भक्तिराज राई, सुनाखरी एकेडेमिका प्रीन्सिपल मिलन राई लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा गरिमा राईले स्वागत मन्तब्य राखेकि थिइन।