यस वर्षपनि बोलबम मेला नलाग्ने

  • असार २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो : पिण्डेश्वर मन्दिरमा आएका भक्तजनहरु ।

धरान/ विगत दुई वर्ष देखिको कोरोना महामारीका कारण धरान स्थित पिण्डेश्वर मन्दिरमा बोलबंम धार्मिक मेला हुन सकेका छैनन् ।

यस वर्ष पनि कोरोना संक्रमण पुर्णरुपमा नियन्त्रण आउन नसके पछि मेला नलाग्ने भएको छ । विगत ४० वर्ष देखि साउन महिनामा बोलबंम मेला लाग्दै आएको धरान १४ स्थित विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा कोरोनाको महामारी शुरु भए सँगै मेला बन्द गरिएको छ ।

निषेधाज्ञा खुकुलो भए पनि संक्रमणको दर बढ्दै गएकाले यस वर्ष पनि बोलबंम मेला नलगाउने पिण्डेश्वर बाबाधाम समितीका अध्यक्ष विकाश बनेपालीले बताए ।

वनेपालीका अनुसार बोलबममा एकै दिन हजारौं भक्तजनहरु आउने र दुरी कायम गर्न नसकिने, पानीले भिजिने भएकोले मेला गर्नु स्वास्थ्यको हिसाबले जोखिमपुर्ण रहेकाले बन्द गरिएको हो । धरानमा पनि कोरोना कम नभएकाले बाहिरबाट आउने धर्मावालम्बीहरुमा संक्रमण हुन सक्ने भएकाले मेला जोखिम पुर्ण हुने भएकाले बन्द गरिएको उनको भनाई छ ।

अघिल्लो वर्ष असोज १ गते देखि लकडाउन केही खुकुलो भए पछि मन्दिर खुल्ला गरिएको थियो । पुनः दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्न थाले पछि यस वर्ष पनि वैशाख १७ गते देखि मन्दिर पुर्ण बन्द रहेको छ ।

प्रत्येक बर्ष साउनमा शिवालयहरुमा जल चढाउने भक्तजनहरुको घुँइचो लाग्ने गर्छ । धरानको पिण्डेश्वर मन्दिरमा एक महिनामा नै लाखौं भक्तजनहरु आउने गर्छन् । कोशी नदीबाट जल ल्याएर शिवलिंगमा चढाउन नेपालबाट मात्र नभै, भारत र भुटानबाट समेत गेरु वस्त्रधारी भक्तजनहरु आउने गर्छन् । बोलबंम मेला बन्द हुँदा मन्दिर परिषरमा फुलपाती व्यवसाय गर्ने साना व्यवसायीहरु प्रभावित भएका छन् भने मन्दिरको आयस्रोत पनि गुम्दै गएको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved