पहिरोको जोखिममा प्रसारण लाईन टावर र एड्भेञ्चर पार्क (भिडियो सहित)

  • असार २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । केहि दिन अघिको वर्षाले विष्णुपादुका क्षेत्रका डाँडाहरु भासिन थाले पछि राष्ट्रिय गौरबका योजनाहरु सहित पर्यटकीय पुर्वाधार पनि जोखिममा परेको छ ।
विष्णुपादुका २० हुँदै विस्तार गरिएको २ सय २० केभि प्रसारण लाईन अन्तर्गतको चिण्डेडाँडा हुँदै सुलिकोट र तामाखाम जाने चोकमा रहेको टावर जोखिममा परेको हो । टावर राखिएको क्षेत्र भासिनुका साथै पहिरोको जोखिममा परेको छ भने पर्यटक प्रवद्र्धनका लागि निर्माण गरिएको सेक्ष एडभेञ्चर पार्क पनि जोखिममा परेको छ ।
पार्कका संचालन बासुदेव बरालका अनुसार टावर राखिएको स्थान भासिदै गएको छ भने कच्ची सडक पनि चिरा परेर पहिरो जान लागेको छ । त्यसकै तल्लो भागमा रहेको पार्क जोखिममा रहेको छ । वरालका अनुसार उक्त स्थानमा टावर निर्माण गर्दा एउटा डाँडा काटिएको थियो । डाँडा काटेर ठड्याइएको प्रसारण लाइनको टावरलाई जोगाउन पक्की वाल निर्माण गरिएको छ । उक्त वाललाई पनि जोगाउनको लागि ग्याबिङ वाल बनाइएको छ ।
ग्याबिङ वालको छेउमा रहेको माटोको थुप्रो भारलाई ग्याबिङ वालले थेग्न नसकेर भत्कन शुरु गरेको उनले बताए । उनले भने, ‘बाटो चिरा चिरा परेको छ भने ग्याबिङ वालले ठाउँ छोडेर खस्नै लागेको छ, यो पुरै खस्यो भने तल रहेको सेक्ष एड्भेञ्चर पार्कलाई क्षतविक्षत बनाउने जोखिम छ, । तुरुन्त रोकथाम गर्न सकिएन भने टावरको संरचना, कम्पाउण्ड वाल सबै भत्किन्छ र ठुलो क्षति हुने उनले बताए । बर्षाको समय भएकोले ठुलो पानी पर्दा ग्याबिङ वाल भत्किएर खस्ने खतरा रहेको भन्दै उनले सम्बन्धित निकायहरुले चाडो ध्यान दिन पनि आग्रह गरे ।
सेक्ष एड्भेञ्चरले जोखिम न्युनीकरणको लागि उपमहानगरपालिकामा निवेदन दिएपनि हालसम्म कुनै प्रयास नभएको उनी बताउँछन् । केही दिनअघि वडाअध्यक्ष, सदस्यहरु अवलोकन गर्न आउदा जालीको ढुंगाहरु निकालेर भार कम गर्ने भनेपनि थप पहल नभएको उनले गुनासो गरेका छन् ।

 

park1

तस्करीको प्रयास असफल ...

इलाम/भारततर्फ तस्करी गर्न लागिएको झण्डै ३२ लाख रुपैयाँभ ...

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved